संजय यादव, सिरहा
३१ चैत्र, २०७७
सिरहामा दिनदहाडै हत्या, हिंसा र डकैतीका घटनाहरु घटीरहदा नागरिक त्रसित भएकोबेला सिरहाका प्रहरी प्रमुख एसपी सुदिप राजभण्डारी भन्छन् नागरिकको सुरक्षा दिने काम हाम्रो हो । लहानमा शनिबार सुनचाँदी व्यवसायीको घरमा लुटपाट र हत्या भएको ३६ घण्टा नबित्दै सोमबार साँझ फेरि सुनचाँदी पसलमा फिल्मी स्टाइलले डकैती गरी पिडितकै कारमा चढीे भागेका डकैतहरुको खोज तलासी तीब्र भईरहेको एसपी राजभण्डारीले बताए । एसपी राजभण्डारी भन्छन्, सिरहाकोे शान्तिसुरक्षा अत्यन्तै मजबुत रहेको बताए । घटना नघट्ने होइन, जहाँ पनि घटना घटिन्छ, अमेरिकामा पनि घट्ने गरिन्छ । सिरहामा मैले चमत्कार नै गरेको जस्तो छ, अपहरण भएको ४६ घण्टामा मान्छे पत्ता लगाए, १५ दिनमा अपहरणकारीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याए । मिर्चैयामा पनि जघन्य अपराध हत्या भएको ४ दिन भित्रमै मान्छे समाते र कानूनी दायरामा ल्याए । लहानमा बम विस्फोट भएको १२ दिनभित्रमै मान्छे निकालेर कानुन बमोजिम अगाडि बढाए । अस्ति भर्खर लहानमा लुटपाट पछि सुनचाँदी व्यवसायीको हत्या भयो त्यसमा पनि ३ जनालाई समाती सके । प्रहरीले अत्यन्तैै लगनशीलताका साथ काम गरिरहेको बताए । एसपी राजभण्डारीले भने, सुनचाँदी पसलमा भएको डकैतीकोे घटनामा पनि प्राय सबै सामानहरु सुनचाँदी र गाडी पनि फेला पारीसके र आवश्यक कार्यवाहीकोलागि ईलाका प्रहरी कार्यालय लहानमा पठाएको । एसपी राजभण्डारीले थपे, हामी हत्यारा नजिक करिब करिब पुगिसकेका छौं । रातको समय भएको कारणले अलिकठिनाइ भएको बताए, होइन भने मान्छे पनि पक्राउ परी सक्ने थिए । डकैतहरुलाई पक्राउ गर्न हामीले मुख्य नाकाहरुलार्ई कडा निगरानीमा राखे पनि धेरै चोरबाटो हरु भएर नै बेल्हासम्म पुगे र हामीलाई देख्नेबित्तिकै गाडी छोडेर भागेको । चाँडै नैै हत्यारालाई पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने र ढुक्क भएर बस्न सिरहाबासीलाई अनुरोध गर्दै भने, नागरिकको सुरक्षा दिने काम हाम्रो हो । हत्यारा र डकैतीको विरोधमा सिरहा जिल्लाका सम्पुर्ण सुनचाँदी पसलहरु मंगलबार पनि बन्द रहेका छन् ।