• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भागरथी हत्या प्रकरण : ‘प्रधानमन्त्रीबाट निर्देशन जारी होस्, दोषी पत्ता लगाउन नसके गृहमन्त्रीले राजीनामा दिउन्’


भागरथी हत्या प्रकरण : ‘प्रधानमन्त्रीबाट निर्देशन जारी होस्, दोषी पत्ता लगाउन नसके गृहमन्त्रीले राजीनामा दिउन्’

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले डोटीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

हत्यामा संलग्नलाई कडा कारबाहीका लागि प्रधानमन्त्रीबाट तुरुन्त निर्देशन जारी गर्न पनि उनले माग गरेकी छन् । हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्ने हो भने गृहमन्त्री रामबहादुर थापा (बादल)ले राजीनामा दिनुपर्ने उनको मत छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै संग्रौलाले भनेकी छन्, ‘भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा नल्याउन्जेल हाम्रो संघर्ष जारी रहने छ । यस घटनाका बारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी संवन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहिकालागि निर्देशन गरियोस् । यदि तुरुन्तै दोषी पत्ता लगाउन नसक्ने हो भने अविलम्व गृहमन्त्रीले राजिनामा दिनु पर्दछ ।’

घटना भएको धेरै दिन बितिसक्दा पनि सरकारले दोषीलाई कानुनीमा दायरामा ल्याउन नसक्दा सरकारले नै दोषीलाई संरक्षण गरिरहेको त छैन भनेर आशंका पैदा भएको उनको भनाइ छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘देशमा राजनैतिक संकट गहिरिदै जाँदा समाजमा बलात्कार पश्चात् हत्याका घटनाक्रम बढ्दै जानुले देशमा शान्ति सुरक्षा र नागरिकको जनधनको सुरक्षा गर्ने सरकारको दायित्व उदाङ्गिएको छ । घटना घटेको यतिका दिन वितिसक्दा पनि दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारप्रति गम्भिर प्रश्न उब्जिएको छ । निर्मला पन्त लगायतका बलात्कारका घटनालाई सरकारले आजसम्म पनि कानूनी दायरामा ल्याई न्याय दिन नसकेको वर्तमान अवस्थामा कतै सरकारले दोषीलाई संरक्षण गरिरहेको त छैन ? भनी आम नागरिकले आशंका व्यक्त गरिरहेका छन् ।’

नेतृ संग्रौलाले सुदूरपश्चिम सरकारले तदारुकताका साथ उच्चस्तरीय छानविन समिति गठन गरी दोषी पत्ता लगाउने कार्यमा कदम चाल्नुपर्ने पनि बताएकी छन् । अपराधीलाई न्यायको कठघरामा उभ्याउन र भागरथी भट्टको परिवारलाई न्याय दिलाउन उनले सरकार लगायत सम्बद्घ सबै पक्षमा अनुरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निर्मला पन्तको हत्यामा दोषी पत्ता लगाउन प्रधानमन्त्रीको निर्देशन
  • २०७७ फाल्गुन १, शनिबार १२:४९
  • In "देश"
  • निर्मला प्रकरणका दोषी कानुनको पञ्जा नजिक आइसके : गृहमन्त्री बादल
  • २०७७ फाल्गुन १, शनिबार १२:४९
  • In "देश"
  • प्रचण्ड-माधव भन्छन् : निर्मला पन्त प्रकरणमा जस्तो नहोस्
  • २०७७ फाल्गुन १, शनिबार १२:४९
  • In "थप"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या

जनयुद्ध सम्झिँदै प्रचण्डले भने– बलिदान दिन तयार छौं भनेर संकल्प गरौं

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version