• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?


प्रचण्डको आशंका : संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने हो कि भन्ने संशय पैदा भएको बताएका छन् ।

२६ औं जनयुद्ध दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिकाले प्रकाशत गरेको ‘जीवनगाथा’ पुस्तक आज काठमाडौंमा विमोचन गर्दै प्रचण्डले हजारौं सहिदको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा पैदा भएको बताएका हुन् ।

‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ शहीदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ,’ प्रचण्डले भने ।

जनयुद्धमा शहीद, बेपत्ता पारिएका तथा घाइतेहरुको विवरण समेटर तयार पारिएको ‘जीवनगाथा’ पुस्तकको विशेष अर्थ र महत्व रहेको भन्दै प्रचण्डले यसबाट समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको रक्षाका निम्ति पनि प्रेरणा मिल्नेसमेत बताए ।

‘नयाँ परिघटना’

पुस्तक विमोचनपछि पार्टी कार्यालय पेरिसडाँडामा ‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममा सहभागी भएका प्रचण्डले सरकारको तर्फबाट आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा आफू सहभागी हुनु नयाँ परिघटना भएको अनुभूति सुनाए ।

‘पार्टीको तर्फबाट राखिएको होइन रहेछ त्यो विमोचन कार्यक्रम, सरकारको तर्फबाट । यो एउटा पहिलो र नयाँ परिघटना भयो,’ प्रचण्डले भने । विमोचन कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता छानविन आयोग र सरकारका प्रतिनिधिहरुसमेत सहभागी रहेको प्रचण्डले सुनाए ।

बर्दिया जिल्ला जनयुद्धको क्रममा सबैभन्दा धेरै नागरिक बेपत्ता भएको जिल्ला हो । जिल्लाको बारबर्दिया नगरपालिकाले प्रकाशित गरेको ‘जीवनगाथा’ पुस्तकमा ६ सय ८० जनाको जीवनी समेटिएको छ । तीमध्ये ३ सय २८ शहीद, २ सय ५० जना बेपत्ता र १ सय २ जना घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवनी समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मध्यावधि निर्वाचनको घोषणा जनताको ध्यान भड्काउन फालिएको तुरुप हो : उपेन्द्र यादव
  • २०७७ फाल्गुन १, शनिबार १२:५१
  • In "थप"
  • ओलीले समृद्धिको सपना देखाएर संविधान नै धरापमा पारे : विष्ट
  • २०७७ फाल्गुन १, शनिबार १२:५१
  • In "देश"
  • आलोपालो सरकारः शुरुको प्रधानमन्त्रीमा प्रचण्डको दाबी
  • २०७७ फाल्गुन १, शनिबार १२:५१
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या

जनयुद्ध सम्झिँदै प्रचण्डले भने– बलिदान दिन तयार छौं भनेर संकल्प गरौं

सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन पूर्वजनमुक्ति सेनाको माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version