• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महोत्तरीकी शिलादेवीको बोक्सी निहुमा देवरले नै हथौडाले हानेर हत्या गरेको खुलासा


महोत्तरीकी शिलादेवीको बोक्सी निहुमा देवरले नै हथौडाले हानेर हत्या गरेको खुलासा

काठमाडौं । महोत्तरीकी ४२ वर्षीया शिलादेवी झाको हत्या बोक्सीको निहुमा आफ्नै देवरले गरेको खुलेको छ । बोक्सी निहुमा देवर ४२ वर्षीय संजयकुमार झाले नै हथौडा प्रहार गरी शिलादेवीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

महोत्तरी गाउँपालिका ३ मडै निवासी स्वर्गीय लालकिशोर झाकी श्रीमती शिलादेवीको घरमा सुतेकै स्थाममा बिहीबार बिहान टाउकोमा हथौडा प्रहार गरी हत्या भएको थियो ।

श्रीमती रिंकु झालाई टुनामुना गरेको अन्ध विश्वासको निहुमा संजयले भाउजू शिलादेवीको हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी शिलादेवी हत्या प्रकरण र आरोपी संजयलाई सार्वजनिक गरेको हो । संजय हाल जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका छन् ।

एसपी आचार्यका अनुसार संजय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेर बिहीबार बिहान ३ बजेको समयमा भाउजू शिलादेवीलाई सुतिरहेकै स्थानमा हथौडाले टाउकोमा हानेर हत्या गरेका थिए । र पुनः जनकपुर साइकलमै फर्किएका थिए ।

शिलादेवीले दिएको केरा खाँदा श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आउँदा विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठीक नभएकाले बोक्सी नै रहेको निहुमा संजयले भाउजूको हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी आचार्यको भनाइ छ । शिलादेवीको पति लालकिशोर झा र माहिलो छोरा कृष्णा झाको मृत्यु भइसकेको छ ।

यस्तो छ घटनाको कारण

प्रहरीका अनुसार गएको असाढमा संजयको विवाह भएको थियो । त्यस पश्चात शिलादेवीसंगै संगोलमा संजय र उनकी पत्नी रिंकी बस्ने गरेका थिए । शिलादेवीले देवरानी रिंकुलाई केरा खान दिएकी थिइन् । त्यस रात रिंकुको गर्भ तुहिएको थियो । पछि रिंकुको मुखबाट बेला बेला फिज निकाली बिरामी हुन थालिन् ।

रिंकुलाई संजयले विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारबाट निको नहुँदा डेढ महिना अघि झाँक्री लगाएका थिए । झाँक्रीले लगाएपछि रिंकुले काम्दै शिलादेवीको माहिलो छारा म कृष्ण कुमार झा हुँ भनि बताएको, श्रीमान लालकिशोर झा र मलाई शिलादेवीले टुनामुना गरी मारेको, अब रिंकु झालाई पनि टुनामुना गरी मार्न लागेको । त्यसकारण केरा खान दिँदा गर्भ तुहिएको बताएकी थिइन् ।

शिलादेवी झालाई संजयले १२ लाख ३९ हजार सापटी समेत दिएका थिए । श्रीमातीलाई टुनामुना गरेको , लिएको सापटी ताकेता गर्दा समेत फिर्ता नगरेकाले भाउजू शिलादेवीको हत्या नगरे परिवार सुखसंग बस्न नसक्ने निष्कर्षमा संजय पुगेका थिए । अन्ततः अन्ध विश्वासको कारण संजयले भाउजूको हत्या गरेको एसपी आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मेलामा भएको विवादको निहुमा महोत्तरीमा छुरा प्रहार गरी एक युवकको हत्या
  • २०७८ आश्विन ३१, आईतवार २०:१०
  • In "BannerNews"
  • महोत्तरीमा राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरी महिलाको हत्या
  • २०७८ आश्विन ३१, आईतवार २०:१०
  • In "मधेश प्रदेश"
  • सुजिता हत्या प्रकरण : बाबु कामेश्वरसहित थप तीनजना पक्राउ, यस्तो छ हत्याको कारण !
  • २०७८ आश्विन ३१, आईतवार २०:१०
  • In "देश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post

भारतमा नेपाली सम्पदा : बिर्सियो काठमाडौंले

एकै साथ तीन तहको चुनाव गराउने काङ्ग्रेसको तयारी

बाँके प्रहरीद्वारा तस्करी गरि ल्याईदै गरिएको ९ सय थान मोबाइल बरामद

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version