• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दैनिक उपभोग्य खाद्यवस्तुमा अस्वभाविक मूल्यवृद्धि


दैनिक उपभोग्य खाद्यवस्तुमा अस्वभाविक मूल्यवृद्धि

top view fresh vegetables with greens on the dark-blue background salad snack vegetable food

काठमाडौं । गत एक हप्तामा बजारमा धेरै प्रकारका खाद्य वस्तुको मूल्य बढेको छ । हरियो तरकारी, तयारी कुखुराको मासु, खाने तेल, दाललगायतका खाद्यन्नको मूल्य खुद्रा विक्रेताले बताएका छन् ।

खाने तेलको भाउ यो साता पनि बढेको छ । कुखुराको मासु तथा हरियो तरकारीको भाउ वृद्धि भएको छ । तर, नियामक निकायबाट भने कुनै अनुगमन भएको छैन ।

यो साता बजारमा तोरी, सोयबिन, सूर्यमूखी गरी तीनै प्रकारका तेलको मूल्य बढेको छ । गत साता प्रतिलिटरमा १० रुपैयाँले बढेको सूर्यमुखी तेलको थोक मूल्य पुनः १० रुपैयाँले बढेर २२५ रुपैयाँ प्रतिलिटरमा पुगेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

सोयबिनको तेलको भाउ प्रतिलिटर २०० सय रुपैयाँबाट बढेर २१० पुगेको छ भने २७३ रुपैयाँ प्रतिलिटरबाट ७ रुपैयाँले बढाएर तोरीको तेलको प्रतिलिटर मूल्य २८० रुपैयाँ पगेको संघका सदस्य ध्रुब अधिकारीले  जानकारी दिए । अस्वभाविक रूपमा मूल्यवृद्धि हुन थालेको उनले बताए ।

यो साता मासको दालको भाउ पनि सामान्य वृद्धि भएको छ ।

बर्डफ्लुका कारण बजारमा मासुको अभाव भएको भन्दै व्यवसायीहरुले कुखुराको मासुको भाउ प्रतिकिलो ४ सय रुपैयाँ नघाएका छन् । गत साता ३९० देखि ४०० रुपैयाँसम्म कारोबार भएको तयारी मासुको भाउ ४१० रुपैयाँ पुगेको राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले जानकारी दिए ।

दुई साताको अवधिमा झण्डै ६० रुपैयाँले प्रतिकिलोमा मासुको मूल्य बढेको उनको भनाइ छ । यो साता राँगाको मासु र बंगुरको मासु भाउ स्थिर छ ।

यस्तै यो साता मसलाजन्य तरकारीको भाउ ५ देखि २० रुपैयाँसम्मले घटेकोे छ । लसुनको भाउ प्रतिकिलोमा २० रुपैयाँसम्मले सस्तिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यो साता केराको भाउ दर्जनमा १० रुपैयाँले बढ्दा अन्य फलफूलहरुको मूल्य स्थिरजस्तै छ ।

हरियो तरकारीहरुमा काउली, च्याउ, गोलभेडा लगायतको भाउ बढेको छ । तराई र स्थानीय काउलीको भाउ किलोमा २५ रुपैयाँसम्म थोकमै बढेको छ भने गोलभेडाको भाउ प्रतिकिलो १० रुपैयाँसम्म बढेको छ ।

कन्य च्याउको मूल्य किलोमा ५० रुपैयाँसम्मले बढ्दा ब्रो-काउलीको भाउ १० रुपैया थोकमै महँगो भएको छ ।

राजनीतिक संक्रमणका कारण देखाएर बजार अनुगमन नहुँदा ब्यापारीहरु खाद्य वस्तुमा मनलादी भाउ बढाइएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

थोकमै बढेको भाउ खुद्रामा झन पसलपिच्छे फरक हुने र उपभोक्ताको ढाड सेक्ने काम भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि
  • २०७७ फाल्गुन २८, शुक्रबार २०:१८
  • In "आर्थिक"
  • पेट्रोलियम पदार्थको भाउ अझै बढाउने सोचमा निगम
  • २०७७ फाल्गुन २८, शुक्रबार २०:१८
  • In "देश"
  • तेलको मनपरी मूल्यवृद्धि हुँदा सरकारी निकाय मुकदर्शक
  • २०७७ फाल्गुन २८, शुक्रबार २०:१८
  • In "थप"
Tags: #आर्थिक#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध

केपी ओलीले दिए भृकुटीमण्डपबाटै निम्तो, के गर्छ माधव नेपाल समूह ?

श्रीलंकामा बुर्कामाथि प्रतिबन्ध एक हजार इस्लामिक स्कूल बन्द

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version