• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तेलको मनपरी मूल्यवृद्धि हुँदा सरकारी निकाय मुकदर्शक


तेलको मनपरी मूल्यवृद्धि हुँदा सरकारी निकाय मुकदर्शक

काठमाडौं । तिहार लगत्तैदेखि बजारमा खानेतेलको मूल्य बढेको छ । बजारमा भटमास र सूर्यमुखीको विभिन्न ब्राण्डका तेलको मूल्य मनपरी ढंगले बढ्दा पनि अनुगमनकारी निकायले चासो दिएको छैन ।

खुद्रा बिक्रेताहरुका अनुसार पछिल्लो डेढ महिनामा भटमास र सुर्यमूखी तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको हो । तिहारसम्म १३० देखि १४० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको सोयबिन तेल १९० देखि ९५ रुपैयाँ पुगेको छ । यस्तै १६० रुपैयाँमा कारोबार भएको सनफ्लावर तेलको भाउ दुई सय रुपैयाँ भन्दामाथि पुर्‍याइएको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

होलसेलमै मूल्य बढ्दा उपभोक्ता मूल्य भने पसलैपिच्छे फरक रहेको उपभोक्ताहरु बताउँछन् । डेढ महिनामा तेलको भाउ लिटरमा ५० रुपैयाँसम्मले बढेको खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

यसरी भाउ अचाक्ली बढेपनि सरकारी अनुगमन भने शून्य छ । तेलको भाउ बढेको विषयमा सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर छलफल गरेको अनुगमनकारी सरकारी निकाय वाणिज्य, आपूति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ । अनुगमन गरेर कारबाही भने कसैलाई नगरीएको विभागका प्रवक्ता शिव सेंढाइले बताए ।

‘हामीले अध्ययन गर्दा मूल्य बढेको पायौं,’ उनले थपे ‘उत्पादक, बितरक र बिक्रेतालाई बोलाएर छलफल गर्दा अन्तर्राष्ट्रिय बजार मूल्य नै बढेको बताए ।’

अन्तर्राष्ट्रिय बजारबाट ब्लकमा तेल नेपाल भित्रिने र यहाँ प्याकेजिङ गरेर बिक्री गरिने सेंढाइको भनाइ छ । अन्तर्राष्ट्रिय कारणले नै मूल्य बढेको विभागको प्रारम्भिक ठहर छ । बजार अध्ययन गरिरहेको र अब अनुगमन पनि बढाइने विभागले जनाएको छ ।

भारततर्फ निर्यात बढ्यो

नेपालबाट चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै निर्यात हुने वस्तु भटमासको तेल रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच महिनामा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको भटमास तेल भारततर्फ निर्यात भयो । व्यवसायीहरूले तेस्रो मुलुकबाट भटमासको कच्चा पदार्थ आयात गरेर नेपालमा पुनः रिफाइन गरी भारत पठाउँदै आएका छन् ।

भारतमा नगदमा र महँगोमा तेल बिक्री हुने भएपछि बिक्री भारततर्फ केन्द्रित गरिएको र नेपालतर्फ मूल्य बढाइएको आरोप उपभोक्ता अधिकारकर्मीहरुको छ । यस विषयमा सरकारी निकायले छानबिन र अध्ययन नै नगरेको उपभोक्ता अधिकारी अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमिल्सना बताउँछन् ।

सरकारी निकाय र व्यापारीको मिलोमतोमा तेलको बजार मूल्यमा चलखेल भएको उनको आरोप छ । नेपाल चामल, तेल, दाल उद्योग संघले भने तेलको मूल्य बढ्नुको एकमात्र कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भएको मूल्यबृद्धि रहको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दैनिक उपभोग्य खाद्यवस्तुमा अस्वभाविक मूल्यवृद्धि
  • २०७७ पुष १०, शुक्रबार २०:४०
  • In "देश"
  • पेट्रोलियम पदार्थको भाउ अझै बढाउने सोचमा निगम
  • २०७७ पुष १०, शुक्रबार २०:४०
  • In "देश"
  • रुस-युक्रेन तनावको बहानामा उच्च मूल्यवृद्धि
  • २०७७ पुष १०, शुक्रबार २०:४०
  • In "आर्थिक"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

प्रचण्डलाई कमल थापाले भने-राप्रपाकै नियति भोग्न नपरोस्

राष्ट्रिय बिमा कम्पनीमा चरम बेथिति : न साधारणसभा न लेखा परीक्षण

संसद विघटन विरुद्ध राजविराजमा ओली र भण्डारीको पुतला दहन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version