No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खोप लगाउने ज्येष्ठ नागरिक भन्छन् : अब ढुक्क भयौं

खोप लगाउने ज्येष्ठ नागरिक भन्छन् : अब ढुक्क भयौं

काठमाडौं । काठमाडौं रानीबारीका सलबहादुर गुरुङ र बाटुली गुरुङ आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना भाइरसविरुद्धको खोप लगाउन आए ।

८० वर्ष नाघिसकेका यी दम्पत्ति आधा घण्टा लाइनमा बसे । टेलिभिजनमा खोप लगाउनुपर्छ भनेको सुनेर खोप लगाउन आएको बताउने बाटुलीलाई खोपदेखि डर लागेको छैन । खोप लगाएपछि कोरोनाले छुँदैन भन्ने दृढ विश्वास छ यो दम्पत्तिमा । ‘हामी त झन् कोरोनाको जोखिममा छौं, खोप त लाउनैपर्‍यो नि !’

यी दम्पत्तिले ठट्यौली पारामा भने, ‘दुई चार वर्ष बढी बाँच्ने लोभले खोप लाउन आ’को ।’

विभिन्न दीर्घरोगको औषधि खाइरहेकी बाटुलीलाई खोप लगाएपछि देखिने असर सहन सक्छु भन्ने आत्मविश्वास छ ।

७३ वर्षीया चमेली पनि त्रिवि शिक्षण अस्पतालमा खोप लगाउन पाइने जानकारी पाएपछि एक्लै आइन् ।  ‘डर लागेको आउने नै थिइन, ढुक्क भएर आको छु’ उनले भनिन् । खोपले केही असर गर्न सक्ने अनुमान उनलाई छ तर कोरोना भाइरस संक्रमणबाट जोगिन खोप लगाउनैपर्ने बुझाइ पनि छ । उनी भन्छिन्, ‘कोरोनाबाट बच्नलाई लगाउनैपर्‍यो नि ।’

कपनका हरिप्रसाद पोखरेललाई (६९) कोभिड १९ विरुद्धको भ्याक्सिनको विज्ञान थाहा छैन । यो नलगाउँदा हुनसक्ने जोखिम मात्रै थाहा भएको कारण आज लाइनमा उभिएका छन् । ‘मैले यो विषयमा कसैको केही सुनेको छैन, आज खोप अभियान सुरु हुने जानकारी पाएर आएको हुँ’ पोखरेलले भने ।

बालुवाटारका शुभदर्शन आचार्य (७४) ले टोल छिमेकका खोपबारे नकारात्मक टिप्पणी पनि सुनेका छन् । युवा उमेरमै कलेराविरुद्धको खोप लगाएका उनी त्यतिबेला खोप लगाएपछि ४ दिन सुतेको सम्झन्छन् । ‘त्यस्तो त भोगिसकेको मान्छे के को डर ?’ उनी आत्मविश्वासी देखिए ।

७० वर्षीय चन्द्रबहादुर गुरुङ ‘जे पर्ला त्यही टर्ला’ भनेर खोप लाउन आएको सुनाउँछन् । अनेकथरि मानिसको अनेकथरि कुरा सुनेपनि आफैं निर्णय गरेका उनी अन्यौलमा छैनन् । ‘हिजोसम्म लाउने कि नलाउने भनेर अन्यौलमा थिएँ, तर आज प्रधानमन्त्रीले नै लाउने भनेपछि ढुक्क भएर आएँ’ उनी भन्छन्, ‘उहाँले नै लगाएपछि त हामीलाई लगाउन के को डर ?’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले खोप लगाएपछि खोपमा विश्वास बढेको ७० वर्षीय भरत कार्की सुनाउँछन् । कोरोनाबाट बच्नको लागि खोप नै अन्तिम विकल्प हो भन्ने सुनेपछि परिवारका अरु सदस्यलाई पनि खोप लगाउन सल्लाह दिएको भन्दै कार्की, ‘ राजादेखि रंक सबैले खोप लगाइसके, हाम्ले नलगाएर भो त ?’

उनको कुरामा सहमति जनाउँदै लाइनमा रहेका ७४ वर्षीय बद्री रिसाल थप्छन्, ‘दुई चार वर्ष बढी बाँच्ने लोभ त जसलाई पनि हुन्छ नि ।’

सरकारले आइतबारदेखि ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई कोरोना खोप दिएको छ । त्रिवि शिक्षण अस्पतालमा खोप लगाउन लाइन बसेका धेरै ज्येष्ठ नागरिक खोपतर्फ विश्वस्त देखिन्थे ।

बिना डर खोप लगाउन सरिक भएका उनीहरु अस्पतालको व्यवस्थापनसंग भने रुष्ट देखिए । किनकी, जेष्ठ नागरिकले खोप लगाउनका लागि लाइन बस्नुपर्ने थियो । ‘६५ वर्षमाथिका मानिसलाई बोलाएपछि लाइनमा उभ्याएर दु:ख दिन मिल्छ ?’ ७० वर्षका भरत कार्कीले भने । त्यसमै चन्द्रबहादुरले थपे, ‘बुढाबुढी मान्छे फेन्ट होलान्, यति त सोच्नुपर्छ नि ।’

धुम्बाराहीका नवराज रिमाल पनि चर्को घाममा आधा घण्टा भन्दा बढी लाइनमा उभिँदा गाह्रो भएको बताउँछन् । ‘हामी जेष्ठ नागरिकलाई उभिन गाह्रो हुन्छ भन्ने कुरा त अस्पतालले बुझ्नु पर्थ्यो नि’ दिक्क मान्दै उनी सुनाउँछन् ।

गत माघ २४ गते नेपालमा कोभिड-१९  विरुद्धको खोप अभियान सुरु हुँदा टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक खोपबारे अफवाह नफैलियोस् भन्नेमा सचेत थिए । खोप लगाउने पहिलो पालो आउँदा उनीहरु खुशी त थिए तर आम मानिस खोप अभियानमा सरिक नहुने हुन् कि भन्ने आशंकामा चिन्तित पनि थिए । त्यो बेला अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाको एउटै स्वर थियो, ‘हरेक खोपले केही न केही असर गर्छ, त्यसो भयो भने गलत प्रचार नगरियोस् ।’

महामारीमा खटिएका स्वास्थ्यकर्मी, अस्पतालका सफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी,  बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी र सार्वजानिक सेवामा रहेका नागरिकले खोप लगाइसकेका छन् । केही दिनअघि सांसद र नेताहरुले खोप लगाएका छन् भने आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप लगाएका छन् ।

पहिलो चरणको खोप अभियानमा ४ लाख २९ हजार ७ सय ५ जना नागरिकले खोप लगाएका थिए । यो संख्या सरकारी लक्ष्यभन्दा कम भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पहिलो भन्दा दोस्रो चरणको खोप अभियानमा मानिसको विश्वास बढेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक गौतम बताउँछन् । उनका अनुसार धेरै मानिसले खोप लगाउँदा गम्भीर असर नदेखिएकाले ज्येष्ठ नागरिकले खोप लगाउन अप्ठेरो मानेका छैनन् । खोप अभियानमा सहभागी ज्येष्ठ नागरिकको संख्याले पनि राम्रो सन्देश दिएको उनको भनाइ छ ।

‘अहिले त विश्व स्वास्थ्य संगठनले खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ, यसले पनि मानिसलाई विश्वास बढाएको छ’ डा. गौतम भन्छन् ।

आइतबार नै प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा खोप लगाएकाले त्यसको सन्देश राम्रो गएको डा. गौतम बताउँछन् । दोस्रो चरणको खोप अभियानमा १५ वटा हिमाली जिल्लामा ५५ वर्ष माथिका र अन्य जिल्लामा ६५ वर्षमाथिका करिब १६ लाख जेष्ठ नागरिकले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अनुमान छ । देशभर ६ हजार भन्दा बढी खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुँदैछ ।

खोप केन्द्र अझै बढाउन सकिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी बताउँछन् । उनका अनुसार जनघनत्व धेरै भएका जिल्लाहरुमा खोप केन्द्र बढाउने तयारी भइरहेको छ । ‘मानिसहरुको उपस्थिति, पायक र सम्भव हुने ठाउँमा अझै खोप केन्द्र थप्छौं’ त्रिपाठीले अनलाइनखबरसंग भने, ‘५० हजार डोज खोप खरिद प्रकिया सुरु भइसकेकाले अब खोप अभियान रोकिदैन ।’

भारतको सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारत सरकारले ८ माघमा १० लाख डोज अनुदानमा दिएको थियो । त्यसपछि सरकारले भारतसंगै २० लाख डोज खरिद गरेको छ । हालसम्मको अनुसन्धानले यो खोपको प्रभावकारिता ७१ प्रतिशत देखाएको छ ।

खोप विज्ञ डा. श्यामराज उप्रेतीका अनुसार कोभिड-१९ संक्रमण निको भएको ४ हप्ता ननाघेका र प्लाज्माथेरापी दिएको ९० दिन नपुगेका व्यक्तिले खोप लगाउन मिल्दैन । त्यसैगरी कुनै पनि गम्भीर रोग लागेका मानिसले पनि खोप लिन नमिल्ने उनी बताउँछन् ।

खोप लगाइसकेपछि असर देखिने सम्भवनाहरुलाई मध्यनजर गरेर हरेक खोप केन्द्रमा तालिमप्राप्त स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । भौगोलिक विकटता भएको ठाउँमा समेत उद्धार गर्ने टोली खटाइएको खोप महाशाखाको प्रमुख डा. गौतम सुनाउँछन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
२० मिनेटमै बिक्यो एलन मस्ककी प्रेमिका डिजिटल कलाकृति, मूल्य ६८ करोड

२० मिनेटमै बिक्यो एलन मस्ककी प्रेमिका डिजिटल कलाकृति, मूल्य ६८ करोड

युवा पुस्तामा स्मार्टफोनको बढ्दो लत, दीर्घकालीन स्वास्थ्य समस्याको खतरा

युवा पुस्तामा स्मार्टफोनको बढ्दो लत, दीर्घकालीन स्वास्थ्य समस्याको खतरा

अनिश्‍चयका बीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस

अनिश्‍चयका बीच भएको भारत-पाकिस्तान युद्धविरामले नयाँ आशालाई पुनर्जीवित गर्‍यो : ईएफएसएएस

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...