No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

परिस्थिति बदलिँदा कम्युनिस्टहरु शान्तिदूत बन्छन्


परिस्थिति बदलिँदा कम्युनिस्टहरु शान्तिदूत बन्छन्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

तर, ६ वर्षअघि लिएको एकीकृत जनक्रान्तिको कार्यक्रम भने कायमै रहेको पनि उनले बताए । वर्तमान संसदीय प्रणालीमा रहेको कमजोरीको व्याख्या गर्दै वैज्ञानिक समाजवादबारे जनमत संग्रहको माग पनि राखेका छन् ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले अहिलेको व्यवस्थाप्रति असहमत भएरै विद्रोहमा गएको सम्झिए ।

तर, सरकारसँग सहमतिमा आएपछि परिस्थिति बदलिएको संकेत गरेका उनले भने, ‘कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, जब परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन् ।’

सरकारसँग भएको सहमतिप्रति कार्यान्वयन गर्नेमा विशेष जोड दिएका विप्लवले आफ्नो माग पूरा हुने वातावरण बनाउन पनि माग गरे । ‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौं’, उनले भने ।

जनताले कहिल्यै स्वतन्त्रतापूवर्क ‘स्टेप’ चाल्न नपाएको र कहिलेकाहीँ राज्य–सरकारले चाल्न खोज्दा पनि नहुने परिस्थिति रहेको उनले बताए ।

विप्लवले भने, ‘हाम्रो अहिले पनि भनाइ छ, नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेताहरुलाई, पार्टीहरुलाई र जनतालाई आफ्नो जीवनमाथि आफैं हावी भएको/नेतृत्व गरिरहेको अनुभूति भएको छैन । हरेक घटनाक्रममा एउटा ठूलो तरंग नेपाली जनताको बीचमा छ, अहिले पनि छ ।’

विप्लवको सम्बोधनको पूर्णपाठ

आदरणीय यहाँ सहभागी मित्रहरु,

यो नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन हो । जो हाम्रो अगाडि उपस्थित छ । यसलाई सफल पार्नका निम्ति यो तीन बुँदे सहमतिपत्र तयार पार्ने र सहमति कायम गर्न सफल वार्ता टोलीका मित्रहरु र कमरेडहरुलाई म हार्दिक धन्यवाद र बधाई भन्न चाहन्छु ।

सँगसँगै, यो पहल गर्ने, हाम्रो पार्टी, नेपाल सरकार र यसलाई सफलतातर्फ अग्रसर गराउनका निम्ति भूमिका निर्वाह गर्ने कानूनविद्, मानवअधिकारवादी, पत्रकार, वुद्धिजीवि र सुरक्षा निकायका मित्रहरु, विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने कम्युनिष्ट पार्टीका हाम्रा मित्रहरु/कमरेडहरु, विभिन्न तरिकाले हाम्रो नजिक रहेर सहयोग गर्ने मित्रहरु सबैलाई म यो अवसरमा सम्मान गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु ।

किनकी, यो सहमति नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्रै होइन र केही नेताहरुको मात्र होइन । यो सहमतिमा हामीभित्र लुकेको महान् आकांक्षा छ । नेपाल देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपना यो भित्र छ । यो भित्र देशमा दीर्घ शान्ति, स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको आकांक्षा, नेपाली युवाहरुभित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा गर्न हामीले सम्पूर्ण क्षेत्रबाट एउटा सकारात्मक सहयोग प्राप्त गर्‍यौं । हामी खुशी छौं र हामी धन्यवाद दिन चाहन्छौं ।

आदरणीय मित्रहरु !

आज फेरि अर्को सन्दर्भ पनि छ । अघि उद्घोषक कमरेड राजन भट्टराईले पनि स्मरण गर्नुभयो । एउटा अँध्यारो समयमा, अँध्यारो परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानीको जंगलमा हाम्रा पाँच जना अग्रजहरुले रगत दिएका थिए । उनीहरुले सहर्ष आफ्नो जीवनलाई नेपाली जनता र नेपाल देशलाई समर्पण गरेका थिए ।

त्यो दिनसँग संयोग जोडिएको छ । त्यसकारण, आजको दिनमा जो सहिदहरुले निश्चल सपना देख्दै एउटा उत्कृष्ट आकांक्षा राख्दै नयाँ भविष्यका निम्ति नेपाली जनताको सुखद् भविष्यका निम्ति आफ्नो जीवन दिनुभएको थियो । जसलाई हामीले सहिद सप्ताह भनेर मनाउने गरेका छौं । जनयुद्धमा बलिदान गर्ने दिलबहादुर रम्तेल फागुन १४ बाट झापाको जंगलमा झुण्डिन तयार र गोली खान तयार पाँच अग्रजहरुको सहित जोडेर नेपाली सहिदहरु, नेपाली परिवर्तनकारी सहिदहरुको स्मरणमा सहिद सप्ताह मनाउने गर्छौ । संयोग भन्नुपर्छ, आज त्यही दिन परेको छ ।

आज विहानै अवसर पनि जुट्यो र हामी एउटा गाउँमा बस्दै गर्दा सहिदकी आमाले टीका लगाइदिनुभयो र एउटा भन्नुभयो– आजसम्म धेरैका इच्छा पूरा भए । तर, सहिदको चाहना पूरा भइसकेको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । हामी दुख गरी खाने नेपालीको चाहना पूरा भएको छैन । तपाईंहरु त्यहाँ हस्ताक्षर गर्न जाँदा यो सम्झेर गर्नुहोला ।

र, हामीलाई के अनुभूति भएको छ कमरेडहरु र मित्रहरु,

उहाँको कुरा सुन्दा हामीभित्र एउटा भावना उम्लने गर्छ । जुन उद्देश्य लिएर कम्युनिष्ट आन्दोलनमा सहभागी बन्यौं । हाम्रा अग्रजहरु सहभागी बन्नुभयो । दुख नपाउने कम्युनिष्ट नेता छैनन् । मृत्युको नजिक नपुगेर फर्किएको नेता पनि छैनन् । सबैभन्दा कठिन समय, सबैभन्दा कठिन परिस्थिति नझेलेको हामीसँग कोही पनि नेता छैनन् । हामी यो परिवेशमा छौं ।

त्यसैले यो अवसरमा सबै आदरणीय सहिदहरुलाई सम्मान गरौँ । सहिद परिवारहरुलाई विश्वस दिलाऔ कि हामी जे सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं । हाम्रो जीवन यहाँ बलिदान गर्छौ, तर सहिदका सपना मर्न दिदैनौं । हाम्रो प्रतिबद्धता छ मित्रहरु । त्यो लिएर म यहाँ उभिएको छु । बेपत्ता योद्धा, घाइतेहरु र नेपालको परिवर्तनकारी आन्दोलनमा अहिलेसम्म अपाङ्ग बनेर बसेका हाम्रा योद्धाहरु सबैलाई सम्झनुपर्छ र सम्मान गर्नुपर्छ । हामीले त्यो चाहना पूरा गर्ने प्रतिवद्धता गर्नुपर्छ ।

अहिले पनि हाम्रा डेढ सय भन्दा बढी कमरेडहरु जेलमा हुनुहुन्छ । छुटेर पनि आउनुभएको छ । कमरेड कञ्चन (धर्मेन्द्र बास्तोला)  संयोगले यहाँ आइपुग्नु भएको छ । उहाँलाई यहीँबाट स्वागत गर्न चाहन्छु । सायद, हाम्रा सबै कमरेडहरु छुट्नु हुनेछ र एउटा मुक्त आकाशमा फेरि मिलन हुनेछौं । हाम्रो विश्वास छ– यो वातावरण बनेको छ । यसका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी दुवैले एउटा जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।

मित्रहरु !

समाजमा चारथरि मान्छेहरु देखिन्छन् । एकथरी शोसक छन् र उत्पीडक छन् । एकथरि श्रमिक छन्, उत्पीडित छन् । तर, उनीहरु बोल्न सक्दैनन् । तेस्रोथरि मान्छेहरु अलिअलि गुनगुन त गर्छन् । गुनासो त राख्छन्, तर उठ्न सक्दैनन् । जाग्न सक्दैनन् । तर, हामी कम्युनिष्ट जतिबेला अन्याय हुन्छ, जतिबेला आफ्नो मान्यताहरुमाथि हमला भएको महसुस हुन्छ, हाम्रो आकांक्षाहरुमाथि हमला हुँदा, हाम्रो देशमाथि हमला हुँदा, देशमाथि कसैले अलिकति गिद्धे दृष्टि लगाउँदा हामी विद्रोह गर्छौं । हामी विद्रोह गर्ने मान्छेहरु हौं, र विद्रोह गर्दै आएका छौं ।

तर, कम्युनिष्टहरु विद्रोह मात्रै गर्दैनन् । जब परिस्थिति बदलिन्छ, परिस्थिति बदलिएर राज्यले आफ्नो भूमिका पूरा गरेको स्थितिमा कम्युनिष्टहरु भनेका शान्तिका दूत पनि हुन् । विद्रोहका योद्धा मात्रै होइनन्, शान्तिका दूत पनि यो संसारमा कोही छन् भने कम्युनिष्ट नै छन् ।

सम्पूर्ण उत्पीडनलाई मिल्काएर समाजमा दीर्घकालीन ढंगले न्यायपूर्ण समाज स्थापित गर्ने विचार, आकांक्षा छ भने त्यो कम्युनिष्ट आन्दोलनसँग छ । त्यो आकांक्षासहित हामीले संघर्ष गरेका छौं । र परिवेश बदलिए पछि हामीले भनेका छौं– तीन बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ । यसलाई पालना गर्छौं । यसलाई दृढतापूर्वक भन्छौं । यहाँ कसैले पनि कोही माथि पनि आशंका या विभिन्न ढंगले उत्तेजना र अर्को ढंगले कूतर्क गर्न जरुरी छैन । हामी प्रतिबद्ध छौं, यसलाई पालना गर्छौं ।

हामीलाई के लागेको छ भने नेपाली समाज रुपान्तरणको प्रक्रियामा अगाडि बढिरहेको छ । लामो प्रक्रियामा यहाँसम्म आउँदा हामीले देखेका छौं– सामाजिक रुपान्तरण, राज्यको रुपान्तरण र जीवनको रुपान्तरण पुगेको छैन ।

हामी कुराकानी गर्ने गर्थ्यौं – कर्णालीतिर एउटा गीत गाउने गरिन्छ । ‘यो कस्तो प्रेम भयो, जुन र घाम जस्तो ।’ कहिल्यै भेट नहुने जस्तो । जुन र घामको भेट हुँदैन भन्ने देउडामा गाइने गर्छ । त्यस्तै त्यस्तै हुन थालेको मान्छेहरु अनुमान गर्थे । तर, जुन र घामको पनि भेट हुन्छ ।

अगाडि पनि हाम्रो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्रीज्यूसँग कुरा भएको थियो । मैले राखेको थिएँ– तपाईंहरुले नेतृत्व गर्नुहोस् । हामी कसैलाई पीडा दिएर होइन, कसैको भाग खोसेर होइन, कसैमाथि हमला गरेर होइन, हामी नेपाली जनताको श्रममाथि उभिएर आफ्नो देश बनाउन चाहन्छौं । त्यो बनाउने नेतृत्व गरौं ।

छलफल चल्ने गरेको थियो । त्यहाँ नयाँ परिवेशबाट हामीले भन्यौं– नेपाली समाजको रुपान्तरण हुँदै आएको छ । सात सालदेखि आजसम्म खण्डखण्डमा नेपाली समाजको रुपान्तरण हुँदै आएको छ । तर, त्यो पूर्ण भएको छैन ।

आज पनि नेपाली मजदुरहरुको स्थान कमजोर छ । किसानहरुको स्थिति बेहाल छ । आज पनि दलित, महिला, जनजाति, उत्पीडित, मधेसी सन्तुष्ट छैनन् । हामी त्यो देख्छौं । त्यो परिवेशमा हाम्रो भनाइ के छ भने जनताको प्रतिनिधि अथवा श्रमजीविको प्रतिनिधि हुनुको हिसाबले जहाँ–जहाँ हाम्रो असहमति रह्यो, त्यहाँ दृढतापूर्वक राख्यौं ।

संविधान बन्दाको प्रक्रियाको कुरा भन्नुहोस् या नेपालमा व्याख्या गरिएको संसदीय व्यवस्था या पूँजीवादी बहुदलीय व्यवस्थाको व्याख्या भयो । यसमा हामी सहमत भएनौं । आजको सरकारसँगको कुरा होइन, यो । होल नेपालको राजीतिक रुपान्तरणको प्रक्रियामा जेजति छलफल र बहसहरुमा सहमत हुन सकेनौं भएनौं र हामीले आफ्नो तर्फबाट विद्रोह गर्‍यौं ।

हामी अगाडि बढेकै हो । हाम्रो अहिले पनि भनाइ छ– नेपालमा कसैले पनि सुरक्षित महसुस गर्ने स्थिति छैन । सबै नेताहरुलाई, सबै पार्टीहरुलाई, सबै जनतालाई आफ्नो जीवनमाथि आफैं हाबी भएको, आफै नेतृत्व गरिरहेको जस्तो अनुभूति भइरहेको छैन । अहिलेकै भन्नुहोस् या जहिल्यैको पनि । हरेक घटनाक्रममा ठूलो तरंग नेपाली जनताको बीचमा छ । अहिले पनि छ । सायद, तपाईंहरु सबैले बुझिसक्नुभएको छ ।

हामी त झुपडीमा बसेर आयौं । झुपडीमा पनि छ, शहरमा पनि छ, गाउँमा पनि छ । मेरो विचारमा अन्तर्राष्ट्रमा पनि छ । नेपाली युवा जहाँजहाँ बेचिएको छ । जहाँजहाँ फालिएको छ । सडकमा पुगेको छ, मजदुरको रुपमा परिणत भएको छ । त्यहाँ पनि नेपालीको अनुभूति छ ।

एकचोटी देश फर्किएपछि फेरि फर्कनु नपरोस् भन्ने चाहना हामी त्यहाँ भेट्छौं । यसको अर्थ अहिले हामी जे प्रयोग गर्दै आएका छौं, यो प्रयोग ठीकै होला । तर, नयाँ प्रयोग नेपाली राजनीतिक इतिहासमा आवश्यक बन्न गएको छ ।

हामीले भनेका छौं– जनमत । छलफल हुने पनि गरेको छ, जनमत । सार्वभौमिक सत्ता सम्पन्न नेपाली जनता । जनतालाई एकचोटी नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चाहन्छन् जनताले ? के यो दलाल पूँजीपतिहरुको चक्रमा सधैं घुम्नुपर्ने नियति हो  ? के नेपाली जनताले स्वतन्त्रपूर्वक ‘स्टेप’ चाल्न नपाउने ? नेपाली राज्यले, सरकारले चाल्न खोज्दा पनि नपाउने परिस्थिति त बन्यो नि त ! यो छर्लङ्गै देखेका छौं नि ।

जनताले त सोच्न पाउने ठाउँ नै छैन । कसैले नेपालको बारेमा आफ्नो ठानेर निर्णय गर्छु भन्दा नपाउने स्थिति छ । यो परिवेशलाई अन्त्य गर्न नेपाली जनतालाई एकचोटी अधिकार प्रयोग गर्न दिनुपर्छ । अहिले पनि हाम्रो दृष्टिकोण छ । नेपाली जनताले अधिकार प्रयोग गर्न पाउनुपर्छ । नेता दल सबैलाई हामीले चुन्यौं । आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको बारेमा जनमत दिने, फैसला दिने अधिकार जनताले पाउनुपर्छ । हामी यहाँबाट हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छौं– हामी तयार छौं ।

युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ । कम्युनिष्ट विजयी भएपछि संसारमा सम्पूर्ण हतियार र युद्धको अन्त्य हुनेछ । किनकी, उत्पीडित र उत्पीडकहरुको अवस्था अन्त्य हुनेबेला युद्धको कुनैपनि अवस्था रहनेछैन ।

त्यसको लागि हाम्रो विश्वास छ– एकचोटी नेपाली जनतामा जाने आँट गर्नुपर्छ । यसो भनेर उत्ताउलो तरिकाले जाऔं, यसो होइन । एकचोटी गम्भीरतापूर्वक छलफल गर्नैपर्छ । घुम्दैघुम्दै रुम्जाटार पुर्‍याउने र रुम्जाटार पुर्‍याएर घोडामा चढ्नेखाले परिस्थिति नेपाली राजनीतिमा देखिन खोज्यो । यसलाई बदल्न हामी खुला हुनुपर्छ ।

हाम्रो नेपाल कम्युनिष्ट पार्टी सहकार्य गर्न, हातेमालो गरेर अगाडि बढ्न तयार छ । तर, यो पनि भन्छौं– कसैले हामीलाई हस्तक्षेप गर्‍यो भने कुनै पनि विदेशीले हमला गर्न खोज्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यो धरतीमा गाडिन्छ, तर झुक्नेछैन । यो प्रतिबद्धता छ ।

त्यसैले कमरेडहरु सबैलाई एकचोटी फेरि विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– जुन अवसर आज हामीलाई प्राप्त छ । यसलाई सार्थक पारौं, नेपाली जनताको हितमा, नेपाल राष्ट्रको हितमा । उहाँहरुको स्वर्णिम भविष्यका लागि सफल पारौं ।

अवश्य पनि हामी सफल हुनेछौं । हाम्रो पार्टीका तर्फबाट हामी पालना गर्ने कुरा नेपाल सरकारलाई, वार्ता टोलीलाई, अग्रजहरुलाई, मित्रहरुलाई, सबै सबैलाई आश्वस्त पार्दै आफ्नो कुरा टुंग्याउन चाहन्छु । धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
कांग्रेसले जसलाई छान्छ उसकै सरकार बन्छ : शशांक कोइराला

कांग्रेसले जसलाई छान्छ उसकै सरकार बन्छ : शशांक कोइराला

प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउँछौं : प्रचण्ड

प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउँछौं : प्रचण्ड

‘सरकारमा जानुपर्छ, तर ओलीलाई साथ दिन सकिन्न’

‘सरकारमा जानुपर्छ, तर ओलीलाई साथ दिन सकिन्न’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .