No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘सरकारमा जानुपर्छ, तर ओलीलाई साथ दिन सकिन्न’

‘सरकारमा जानुपर्छ, तर ओलीलाई साथ दिन सकिन्न’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट सांसदहरुले नै सरकारमा जानुपर्ने बताएका छन् । तर असंवैधानिक रुपमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन नसकिने प्रष्ट मत राखेका छन् ।

पर्ख र हेरेको अवस्थामा रहेका सभापति देउवाले ल्होत्से हल, नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा फागुन २३ गते सुरु हुने संसदमा कसरी प्रस्तुत हुने भनेर राय मागेका थिए । त्यसपछि २९ सांसदले धारणा राखेका छन् ।

देउवा निकट मानिएका सांसदहरु भरतकुमार शाह, देवेन्द्रराज कँडेल, डिला संग्रौलालगायतले सरकारमा जानुपर्ने मत राखेका छन् । प्रतिपक्षमा बस्नुपर्छ भन्ने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको तर्कतर्फ संकेत गर्दै उनीहरुले अहिले सरकारमा नजाने हो भने पार्टीको एकल बहुमत आउँदा बाहेक कुनै पनि सरकारमा नजाने निर्णय गर्न सक्नुपर्ने बताएका छन् ।

आम चुनाव आउन अझै २ वर्ष बाँकी रहेको र यो अवधिमा राम्रो काम गर्न सकिने भन्दै उनीहरुले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने धारणा राखेका छन् ।

कतिपयले त कांग्रेसले नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने धारणाा राखेका छन् । उनीहरुमध्ये एक नवलपरासीका सांसद कँडेलले भन्छन्, ‘कांग्रेसले नै अविश्वास प्रस्ताव लैजानुपर्छ र आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्छ । नेकपाको कुनै पक्षको नेतालाई प्रधानमन्त्री मान्नुहुन्न ।’

सांसद शाहले पनि शुक्रबारको बैठकमा बोल्नेमध्ये अधिकांशको मत ओलीलाई हटाउनैपर्छ भन्ने रहेको बताए । उनले अघि भने, ‘नेकपा एकै रहेर उनीहरुकै सरकार बनाउँछन् भने ठीकै छ । होइन, फुट्छ भने ओलीलाई हटाएर उसैसँग जान हुन्न ।’

संसदीय दलको बैठकमा सांसद गगनकुमार थापाले भने संसदीय दलको बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने बताए । अहिलेको मुख्य मुद्धा सरकार बदल्नु भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ, राजीनामा नदिए हटाउन अग्रसरता लिन्छ भनेर जाऊँ र अग्रसरता लिन नेताहरुलाई छाडौं ।’

यद्यपि आफ्नो व्यक्तिगत राय भने राजनीतिक निकास दिने तर, सरकारमा नजाने भएको थापाले सुनाए ।

थापाले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छ भनिरहँदा सभापति देउवाले भने ‘राजीनामा त प्रचण्डहरुले मागिरहेका छन्, हामी पनि तिनका पछाडि लाग्ने ?’ भनेका थिए ।

हतार नगरौं : देउवा

एक सांसदका अनुसार सबैको धारणा सुनेका सभापति एवं संसदीय दलका नेता देउवाले अन्तिममा बोलेका थिए । उनले धेरै विषय प्रष्ट नभइसकेको भन्दै (सरकार गठनका लागि) हतार गर्न नहुने बताए । नेकपा कानूनी रुपमा फुटिनसकेको भन्दै उनले भने, ‘अविश्वासको प्रस्ताव लैजाउँला, उनीहरु मिले भने के गर्ने ?’

सर्वोच्च अदालतमा विचाराधीन नेकपाको नाम विवादमा ऋषि कट्टेलको मुद्दामा छिट्टै फैसला आउने सुनेको भन्दै देउवाले भने, ‘त्यसपछि सिनारियो फरक हुनसक्छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक बालकृष्ण खाँडले उचित समयमा उचित निर्णय लिने बताए । उनले भने, ‘संसदमा नेकपाका साथीहरुले कसरी आफूलाई प्रस्तुत हुनुहुन्छ, सबैको समीक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ ।’

बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ ।

त्यसैगरी कोभिड-१९ को खोप सबैलाई दिलाउने गरी बन्दोबन्द मिलाउन र कोभिडको समयदेखि बन्द भएका सीमा नाकाहरु स्वास्थ्य सर्तकताको मापदण्ड अपनाएर अबिलम्ब सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा के छ ?

निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र : अविलम्ब नेकपाको विवाद निरुपण गरी पाऊँ

निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र : अविलम्ब नेकपाको विवाद निरुपण गरी पाऊँ

म प्रधानमन्त्रीको दौडमा छैन : देउवा

म प्रधानमन्त्रीको दौडमा छैन : देउवा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .