No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राजनीतिक भविष्य जोगाउन प्रचण्डले सूर्य चिन्हमा आँखा गाडे : महेश बस्नेत

राजनीतिक भविष्य जोगाउन प्रचण्डले सूर्य चिन्हमा आँखा गाडे : महेश बस्नेत

चितवन । नेकपा ओली समूहका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आफ्नो राजनीतिक भविष्य जोगाउन पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्हमा आँखा गाडेको बताएका छन् ।

भरतपुरमा बुधबार आयोजित ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले पहिचान गुमाएका प्रचण्डले अब सूर्य चिन्हभन्दा बाहेकबाट निर्वाचन लड्दा नजित्ने निष्कर्ष निकालेर त्यसका लागि मरिहत्ते गरिरहेको बताए ।

‘हिजो सूर्य चिन्हबाट चुनाव लडौं भनेर सहमति गर्दा उहाँले नै पछाडि हटेर गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्न जानु भो, त्यसले गर्दा १० लाख मत बदर भए,’ नेता बस्नेतले भने, ‘हिजो सूर्य चिन्हका उम्मेदवार सिध्याउने र सूर्यका मतपत्र च्यात्नेलाई आज किन त्यही सूर्य चिन्ह चाहिएको हो ? आगामी निर्वाचनमा सूर्य चिन्हविना प्रचण्ड र माधव कुमार नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन । त्यही माया हो प्रचण्डलाई सूर्य चिन्हको । काट्ने बेलाको खसी बोका र राँगालाई गरेको माया जस्तै हो । यो मायाबाट मुक्त हुनुहोस् ।’

प्रचण्ड–माधव नेपालले नेकपा फुटाए पनि त्यसको घोषणा गर्न नसकेको नेता बस्तेनले बताए । प्रचण्डले नेपालको कन्फर्टेबलको लागि नभई विदेशीको कन्फर्टेबलको लागि पार्टी विभाजन गराउन खोजेको पुष्टि उनका गतिविधि र अभिव्यक्तिले गरेको आरोप बस्नेतले लगाए । धोकेबाज प्रचण्डले कांग्रेसलाई पनि पटकपटक धोका दिएकाले शेरबहादुर देउवाको साथ नपाएको उनले तर्क गरे ।

‘पहिचान गुमाएका प्रचण्ड–माधव अब संसदमा कुन लाइनमा बस्नुहुन्छ ?,’ उनले प्रश्न गर्दे भने, ‘सत्तापक्षको लाइनमा बस्नुहुन्छ की प्रतिपक्ष अरु दलका लाइनमा ?’ कुनै पनि लाइनमा बस्न प्रचण्ड–माधवलाई राजनीतिक नैतिकताले नदिने बस्नतेको भनाइ छ । प्रचण्ड–माधवको पक्षमा नलाग्न नेकपा सांसदलाई आग्रह गर्दै नेता बस्नेतले ओलीकै लाइनमा बस्न आग्रह गरेका छन् । संसद खुलेपछि नेकपा ओली पक्ष झन् सशक्त भएर अगाडि बढ्ने बताउँदै उनले प्रचण्ड–माधवसँग अघि गुड्न गेयर नभएको बस्नेतको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
श्रद्धाञ्जली सभामै देउवा र पौडेलको घोचपेच

श्रद्धाञ्जली सभामै देउवा र पौडेलको घोचपेच

प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही

प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव : केन्द्रपछि मात्रै प्रदेशको छिनोफानो

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव : केन्द्रपछि मात्रै प्रदेशको छिनोफानो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .