• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?


प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली यति एयरलाइन्सको एटीआर–७२ विमानबाट पोखरा गए । त्यसक्रममा उनी जहाजको अन्तिम सिटमा बसेको तस्वीर भाइरल भएको छ ।

कतिपयले जनतालाई अगाडि राखेर अन्तिम सिटमा बसेको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरिरहेका छन् भने कतिपयले चर्चाका लागि प्रधानमन्त्रीले त्यस्तो गरेको भन्दै ब्यंग्य गरेका छन् ।

के साँच्चिकै सर्वसाधारणलाई अगाडि राखेर प्रधानमन्त्रीले स्वेच्छिक रुपमा अन्तिम सिटमा बसेका हुन् ? उड्डयन र सुरक्षा मामिलाका जानकारहरुका अनुसार त्यसो होइन ।  सुरक्षाका कारण नै प्रधानमन्त्रीलाई अन्तिम सिटमा राखिएको हो ।

बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार एटीआर जस्ता मध्यम आकारका जहाजमा ढोका पछाडि हुन्छ । जहाजमा विशिष्ट तथा अतिविशिष्ट व्यक्तिले यात्रा गर्दैछन् भने पहिले सर्वसाधारण यात्रुलाई चढाइन्छ । सबै यात्रु चढिसकेपछि विमानस्थलको विशिष्ट कक्षमा बसेका पाहुनालाई बोलाइन्छ र जहाज चढाइन्छ ।

उनीहरुका लागि जहाजको अन्तिम भागमा सिट व्यवस्थापन गरिएको हुन्छ । यसो गर्दा जहाज अवतरण भएपछि सुरुमै विशिष्ट तथा अतिविशिष्ट यात्रु विमानबाट ओर्लने सुविधा हुन्छ । यसले गर्दा सुरक्षाको चुनौती कम हुन्छ । प्रधानमन्त्री तथा मन्त्रीहरुको सवारीका बेला सुरक्षा चुनौती नहुने गरी सिट व्यवस्थापन मिलाइने निर्देशक जोशीले जानकारी दिए ।

उनका अनुसार एटीआर र बम्बाडियर जहाजमा धेरैजसो अवस्थामा मन्त्री र प्रधानमन्त्री अन्तिम सिटमै बस्ने गर्छन् । ठूला जहाजमा अन्तिममा चढ्न र अवतरणपछि अन्य यात्रुभन्दा छिटो ओर्लन सजिलो होस् भनी अन्तिमतिरका सिट मै अतिविशिष्ट र विशिष्ट पाहुनाहरुको व्यवस्थापन गरिएको हुन्छ ।

बीचक्राफ्ट वा ट्विनअर्टर जस्ता साना जहाजका हकमा भने यो भन्दा फरक तरिकाले विशिष्ट र अतिविशिष्ट व्यक्तिको सिट व्यवस्थापन गरिन्छ । यस्ता विमानमा अगाडि वा बीचमा ढोका हुन्छ ।

त्यस्तो जहाजमा अतिविशिष्ट तथा विशिष्ट यात्रुलाई सर्वसाधारण भन्दा अगाडि नै जहाजमा चढाइन्छ । यस्ता विमानमा विशिष्ट र अतिविशिष्ट व्यक्तिलाई अगाडिको सिटमा व्यवस्थापन गरिएको हुन्छ । त्यसभन्दा पछाडि मात्रै यात्रु बस्छन् । सबै यात्रु झरिसकेपछि विशिष्ट र अतिविशिष्ट यात्रु ओर्लने व्यवस्था हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कीर्तिमानी जित’सहित गुजरातमा ७औं पटक सरकार बनाउँदै भाजपा
  • २०७७ फाल्गुन १८, मंगलवार १९:००
  • In "अन्तराष्ट्रिय"
  • सरकारले यातायात व्यवसायीलाई राहत नदिँदा गाडीभाडा घटेन
  • २०७७ फाल्गुन १८, मंगलवार १९:००
  • In "समाचार"
  • बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु
  • २०७७ फाल्गुन १८, मंगलवार १९:००
  • In "BannerNews"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

Next Post

‘कम्युनिस्ट कार्यकर्ता हुँ भन्दा लाज हुने स्थिति आइसक्यो’

प्रधानमन्त्री ओलीबाट नैतिकताको अपेक्षा गर्ने कि नगर्ने ?

ज्यानमाथि खतरा छ भन्ने प्रधानमन्त्री चाहिँदैन : गगन थापा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version