No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

८ लाख घुस लिएका बटेश्वर गापा अध्यक्ष राउत अख्तियारको पञ्जाबाट कसरी उम्के ?

८ लाख घुस लिएका बटेश्वर गापा अध्यक्ष राउत अख्तियारको पञ्जाबाट कसरी उम्के ?

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत ८ लाख रुपैयाँ घुस रकम फालेर भागेको विषयले अहिले बटेश्वर गाउँपालिका तरंगित भएको छ । अध्यक्ष राउत के प्रयोजनमा कसरी घुस लिए ?, कसरी अख्तियारले रकम बरामद गर्यो ? अथवा उ गाडीबाट हाम फालेर कसरी उम्किन सफल भए ? लगायतको प्रश्न गाउँबासी लगायतमा चाँसोको विषय बन्नु स्वभाविक हो ।

उनी धनुषा जिल्ला भरिकै १८ स्थानीय तह मध्येकै बोल्नमा पोख्त बक्ता भएका पालिका प्रमुख हुन् । तार्किक रुपमा जवाफ दिएर आफ्नो व्यक्तित्व उच्च कोटिको रहेकोमा जो सुकैलाई झुक्याउन सक्ने कला भएकै कारणले राउत गएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट विजयी भएका थिए ।

निर्वाचित भएका बेलादेखि उनको हाउभाउ र बोलिवचन तथा सर्वसाधारणलाई गर्ने व्यवहार अस्वभाविक रुपमा परिवर्तन हुँदै गयो । पछिल्लो समय उनी राणकालिन जस्तै सर्वसाधारणसंग हेपेर कुरा गर्ने, कतिपय जेष्ठनागरिकलाई तँ तिमी भन्ने, प्रायः जसो सार्वजनिक स्थलमा पनि अपशब्द प्रयोग गर्ने जस्ता छुद्र व्यवहारको कारण उनको आलोचना हुँदै आएको थियो ।

जसको उदाहरण हो एकवर्ष अघि गाउँभित्रकै बडहडी खोला कमिसनको सेटिंगमा अवैध उत्खनन गराएर वडा नं. १ को विजयपुर गाउँलाई धरापमा पारेपछि गाउँपालिकामा ज्ञापन पत्र बुझाउन आएका गाउँलेलाई त्यति बेला उनले फटहा, उच्सृंखलको सज्ञा दिएका थिए । त्यसको केहिदिन नबित्दै पालिकाकै एकजना युवकले आफ्नो आमाको एकल महिला भत्ता बुझ्नो कार्ड नविकरण विषयमा फोन गरी जानकारी लिन खोज्दा एकल महिलाले ५० जना केटा लिएर हड्छन्, यो गाराउँछन्, त्यो गराउँछन् जस्ता अपशब्द बोलेर सम्पूर्ण एकल महिलाको अपमान गरेका थिए ।

गाउँपालिका कार्यालय भित्र पनि उनले कर्मचारीहरुलाई त तिमी गरेर बोलाउने, पेल्ने, धम्काउने जस्ता गतिविधिले कर्मचारीहरु समेत अध्यक्ष राउतबाट पीडित हुँदै आएका छन् । विकासे योजनामा कमिसन लेनदेनको कुरा उनको लागि समान्य भएको उपभोक्ता समितिहरुकै गुनासो रहँदै आएको छ ।
श्रोतका अनुसार सोहि क्रममा बटेश्वर गाउँपालिका कार्यालयकै प्रांगणमा निर्मित नयाँ भवनको भुक्तानीको लागि उनले मोटो कमिसन मागेका थिए । झण्डै एकसातादेखि भवन निर्माण सम्पन्न गरेका ठेकेदारलाई भुक्तानीको स्वीकृति दिन अध्यक्ष राउत आनाकानी गर्दै कामहरु बाँकी नै रहेको बाहानाबाजी गर्दै आएका थिए ।

तर ठेकेदारले भने सम्झौता अनुसारको भवन निर्माणको काम भने सम्पन्न गरेपनि उनी कमिसनकै लागि काम अधुरै भएको निहु बनाएर बार्गेनिंगमा उत्रेका थिए । यसै क्रममा अन्ततः ठेकेदार आफ्नो भुक्तानी लिन बाध्य भएर अध्यक्ष राउतलाई मोटो रकम कमिसन दिन तयार भए । अख्तियारले यो विषयमा जानकारी पायो ।

सोमबार अपराहन्न ४ बजे सोहि रकम लिन गाउँपालिका अध्यक्ष राउत चढ्ने गाउँपालिकाको प्रदेश २–००२–००१ झ ०००२ नम्बरको गाडीमा सबार भएर धनुषाको महेन्द्रनगर पुगे । ठेकेदारबाट ८ लाख कमिसन लिए । कमिसन रकम लिएर गाडीमा सेपछि उनले आफुलाई अख्तियारले पछ्याएको सुइको पाए । चालकलाई इशारा गर्दै तिव्रगतिमा गाडी चलाएर खोला हुँदै गाउँपालिका तिर भाग्न निर्देशन दिए ।

चालकले तिव्रगतिमा गाडी कुदाउँदै पुलबाट नभएर चौरको बाटो खोला हुँदै भागे । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलिले पछ्यायो । भाग्ने क्रममा अध्यक्ष राउतले आठ लाख घुस रकम भएको झोला औरही खोलाकै पारी पुगेर झाडीमा फाले । अख्तियारले झोला फेला पारे । अध्यक्ष राउत चढेको गाडी १२० को गतिमा कुदाएर चालक वीरबहादुर मगरले बाटोमा गएर अध्यक्षलाई हाम फालेर भाग्न सघाए । अध्यक्ष फरार भए । त्यहाँबाट चालकले झनै गतिमा गाडी चलाएर बटेश्वर बजार तर्फ भागे र गाउँपालिका कार्यालयको पछाडिमा अख्तियारले उनलाई नियन्त्रणमा लियो ।

फरार अध्यक्ष राउतलाई खोज्न अख्तियारले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय सुखवा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलिको समेत सहयोग लियो । व्यापक खोजतलास गर्दा समेत राउत फेला परेन । अख्तियार टोलिले राति बटेश्वर बजारको टावर होटेल नजिक पक्राउ गरेको गाडी र चालक भएकै ठाउँमा मुचुल्का बनाउन सुरु गरे ।

राति झण्डै १ बजे स्थानीय र जनप्रतिनिधको रोहबरबमा सम्पूर्ण प्रमाणसहित मुचुल्का गर्यो । नियन्त्रणमा लिएको गाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादवलाई जिम्मामा दियो । अख्तियारको टोलि चालक र बरामद रकमसहित बर्दिबास फर्केको थियो । फरार अध्यक्ष राउतको खोजी कार्य भइरहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए ।

यधपि अध्यक्ष राउत गाडीबाट हामफालेर भागेपछि स्थानीयमा अख्तियारप्रति विभिन्न शंका उब्जेको छ । उनी आफुले गरेको भ्रष्टाचार तथा घुसखोरीबाट संरक्षण पाउन नेपका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको स्थानीयहरु बताउँछन् । अहिले ओलिकै सरकार रहेकाले कतै उनलाई अख्तियारले उन्मुक्ति दिने त होइन भन्ने शंकाउपशंका भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
सडक विस्तारको विरोध गर्दा पक्राउ परेकाहरुलाई छाड्न सर्वोच्चको आदेश

सडक विस्तारको विरोध गर्दा पक्राउ परेकाहरुलाई छाड्न सर्वोच्चको आदेश

उपचार गराएर स्वदेश फर्किए बाबुराम भट्टराई

उपचार गराएर स्वदेश फर्किए बाबुराम भट्टराई

महाधिवेशनका लागि राप्रपाले गठन गर्‍याे केन्द्रीय निर्वाचन समिति

महाधिवेशनका लागि राप्रपाले गठन गर्‍याे केन्द्रीय निर्वाचन समिति

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...