No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बाबुको बिँडो थाम्दै आन्दोलनमा

बाबुको बिँडो थाम्दै आन्दोलनमा

काठमाडौं । १४ फागुन यता बालाजुकी शोभा शाही दिनहुँ जसो सडकमा चर्को नारा लगाइरहेकी छिन् । शुक्रबार वृहत् नागरिक आन्दोलनद्वारा माइतीघर मण्डलामा आयोजित ‘विकासको नाममा जारी प्रतिगमन विरुद्ध प्रतिरोध’ कार्यक्रममा सहभागी उनी आइतबार काठमाडौं महानगरपालिका घेर्न गर्न पुगिन् ।

सोमबार फेरि माइतीघर मण्डलामा आएर प्रश्न गरिन्, ‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’

बालाजु, वाइपासवासीले सडक विस्तार विभेदपूर्ण भएको भन्दै आन्दोलन गरेको पाँच वर्ष भइसकेको छ । यसबीचमा उनीहरूले बालाजु, माइतीघर, नयाँबानेश्वर, सिंहदरबार, बालुवाटार लगायतका स्थानमा पटक–पटक प्रदर्शन गरिसकेका छन् ।

ती प्रदर्शनहरूमा विरलै देखिने शोभा अहिले दिनहुँ जस्तो सडकमा किन आइरहेकी छन् त ? ‘सधैं आन्दोलनमा हिँड्ने बाबालाई प्रहरीले थुनेर राखेपछि आन्दोलनमा आएकी हुँ’, शोभा भन्छिन्, ‘पहिला–पहिला साथीहरूले कर गर्दा आक्कल–झुक्कल नारा लगाउन जान्थे, अहिले बाध्यता आइपर्‍यो ।’

शोभाका बुबा मीन शाहीलाई १२ फागुनमा प्रहरीले पक्राउ गरेको हो । बालाजु, वाइपासमा निर्माणाधीन सूचना केन्द्रको जस्ताको बार भत्काएको आरोपमा मीन सहित भीमदेव श्रेष्ठ, महेश्वर मानन्धर, संजय तामाङ, रुक्षित श्रेष्ठ र दिपेन श्रेष्ठलाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरूलाई छुटाउन गएका उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी र विरोचन श्रेष्ठ पनि पक्राउ परे ।

प्रहरीले पक्राउ गरेका बुबासहित आठै जनाको निःशर्त रिहा गर्नुपर्ने उनको पहिलो माग हो । तीन दिदीबहिनी र दुई दाजुभाइमध्ये सबैभन्दा जेठी उनी भन्छिन्, ‘बाबा पक्राउ पर्नु भएपछि सबैभन्दा ठूलो छोरीको हिसाबले आन्दोलनमा आएकी हुँ ।’

बुबा रिहा हुनु भएपछि तपाईँ आन्दोलनमा आउन छाड्नुहुन्छ ? प्रश्नमा भईँमा खस्न नपाउँदै उनले भनिन्, ‘छाड्दिन, हाम्रो हक नपाउँदासम्म सडकमा आउँछु ।’

बालाजु वाइपास क्षेत्रमा सडक विस्तारका क्रममा शोभा जस्तै ३९ परिवार घरविहीन भएका छन् । आफूहरूलाई विभेद गरेर बेघर बनाएको उनीहरुको भनाइ छ ।

बालाजुचक्रपथ क्रसिङदेखि बालाजु बजार हुँदै महानगरपालिका सीमासम्मको सडक प्रशाखा (कनेक्ट) सडक हो । काठमाडौं उपत्यकाका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड ०६४ अनुसार प्रशाखा सडकको १४ मिटरभित्र निजी संरचना बनाउन पाइँदैन ।

यही मापदण्ड अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक मध्यविन्दुबाट दुबैतर्फ सात–सात मिटरभित्र पर्ने संरचना भत्काउन सुरु ग¥यो । ‘हामी ३९ घरका सबैले सडक विस्तारमा सहयोग गर्‍यौं’ शोभा भन्छिन्, ‘सडक निर्माण गर्दा क्षति पुगेको हाम्रो घर पनि बाबाले ऋण खोजेर टालटुल पार्नुभयो ।’

त्यसो भए अहिले विरोध किन त ? ‘पहिला मेरो पुरा कुरा सुन्नुस्’ शोभा भन्छिन्, ‘हाम्रोतर्फ घर भत्काएपछि अर्कोपट्टी (सडक पारी) चिह्न लागिसकेका एउटै घर पनि भत्काइएन ।’ छिमेकीहरूका घर सग्लो रहेकोमा उनको आपत्ति भने होइन । उनी भन्छिन्, ‘टालटुल पारेर राखेको घरमा अचानक डोजर चलेपछि बल्ल अर्कोपट्टीको घर नभत्काउनुको कारण थाहा पायौं ।’

विस्तार अघि शोभाको घर अगाडिको सडक ८ मिटर चौडा थियो । सडक किनाराबाट दुबै तिर ३–३ मिटर विस्तार गर्दा मापदण्डले तोकेअनुसार १४ मिटर पुग्थ्यो । तर एकातर्फ चिह्न लगाइसकेको संरचना पनि नभत्काएर एकतर्फमात्रै भत्काउनु नै आफूहरू बेघर हुनुको कारण भएको शोभा बताउँछिन् ।

पहुँचवालाको घर भएकाले सडकको अर्को किनारमा चिह्न लगाएर पनि पछि नभत्काएको उनको भनाइ छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको चलचित्र भवन जोगाउन खोज्दा वाइपासवासीको उठिवास लगाएको शोभाको आरोप छ ।

सडकमा बृहत् नागरिक आन्दोलन, उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, लगनखेल गोदावरी मूल सडक पीडित संघर्ष समिति लगायतको साथ पाएका उनी भन्छिन्, ‘बाहिरकाले साथ दिइरहेका छन्, तर आफ्नै छिमेकीले ढोका दिँदा घरविहीन भयौं ।’

अदालतको आदेश समेत उपत्यका विकास प्राधिकरणले पालना नगरेको शोभाको गुनासो छ ।

उनका बाबुसँगै थुनामा रहेका भीमदेव श्रेष्ठले सर्वोच्च अदालत दर्ता गरेको रिटमा सुनुवाई गर्दै १३ चैत २०७३ मा ‘छलफलबाट टुङ्गो नलागेसम्म निवेदकहरूको घर आगनमा प्रवेश गर्ने, भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु’ भन्ने आदेश दिएको थियो । अदालतको आदेश विपरीत आफूहरूको घर भत्काएर सार्वजनिक शौचालय र सूचना केन्द्र बनाउनु नै गलत भएको शोभाको बुझाइ छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल सार्वजनिक शौचालय र फोहोर बोकेर सिसडोल जाने गाडीको अनुगमन गर्न सूचना केन्द्र बनाउन लागेको बताउँछन् । त्यही निर्माणाधीन सूचना केन्द्रको जस्ताको बार भत्काए वापत पक्राउ परेका शोभाका बाबासहित ८ जना अझै थुनामुक्त भएका छैनन् ।

‘सडक साँगुरो भयो भनेर हाम्रो घर भत्काएको ठाउँमा सूचना केन्द्र बन्दैछ’ उनी भन्छिन्, ‘हाम्रो घरले बाटो साँगुरो भयो रे, सूचना केन्द्रले चाहिँ सडक साँगुरो हुँदैन ?’

तस्वीर/: आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन

जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन

पेट्रोलियम पदार्थमा एक सातामै दुई पटक मूल्यवृद्धि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...