No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन

जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन

काठमाडौं । नागरिक सम्पत्ति कब्जाको विरोधमा सोमबार काठमाडौंको माइतीघर र न्युरोडमा प्रदर्शन भयो ।

सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका अभियन्ता पक्राउ परेपछि पीडित र नागरिक अभियन्ताले सोमबार प्रदर्शन गरेका हुन् ।

न्युरोड विशालबजारस्थित जुद्धशमशेरको शालिकमुनि नागरिक समाज, सम्पदा संरक्षणकर्मी तथा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अधिकारकर्मीले सरकारी कदमलाई ‘गैरन्यायिक सडक विस्तार’ भन्दै विरोध गरे ।

गैरन्यायिक सडक विस्तारको विरोधमा उत्रिँदा पक्राउ परेका नागरिक अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ, भीमदेव श्रेष्ठ, मिन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठलाई लगायतलाई रिहा गर्ने उनीहरूको मुख्य माग रहेको छ । साथै उपत्यकामा भएका सबै गैरन्यायिक सडक विस्तार बन्द गर्नुपर्ने उनीहरूको साझा माग रहेको छ ।

गत बुधबार बालाजुबाट पक्राउ परेका अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ अहिले सोह्रखुट्टे प्रहरी हिरासतमा छन् । अविलम्ब अधिकारकर्मीहरु रिहा हुनुपर्ने माग राख्दै अधिकारकर्मीले एक घन्टासम्म जुद्धशमशेरको शालिकमुनि प्रदर्शन गरे ।

१९९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पनि सडक विस्तारको नाममा न्युरोडमा जनताको जग्गा अधिग्रहण गरेको इतिहास छ । त्यही स्थानमा सोमबार उपत्यकाका स्थानीयबासी तथा नागरिक अभियन्ताले सडक विस्तारको नाममा पीडित बनेका जनताको पक्षमा आन्दोलन गरे ।

जुद्धशमशेरको शालिकमुनि गरिएको आन्दोलनले सरकारी पक्षबाट भएको गैरन्यायिक सडक विस्तारको प्रतीकात्मक विरोध गरिरहेको थियो । उक्त प्रदर्शनमा बृहत् नागरिक आन्दोलनले पनि ऐक्यबद्धता जनाउँदै अभियन्ताहरू नारायण वाग्ले, युग पाठक, संगीत, प्रणेता, राजेन्द्र महर्जनसहभागी थिए । यस्तै कालीमाटी, लगनखेल, बालाजु सडक विस्तार पीडित संघर्ष समतिको पनि साथ रहेको थियो ।

प्रदर्शनमा बोल्दै अधिकारकर्मी राजेश मानन्धरले सरकारले विकास र समृद्धिको नाम दिएर उपत्यकाबासीमाथि सधैं दमन गर्ने गरेको बताए । उनले भने, ‘नेपाल भाषा बोलेकै कारण सडक विस्तार पीडित अधिकारकर्मी पक्राउ परेका छन् । यो भूमिमाथि मात्र नभएर संस्कृति र सम्पदामाथिको पनि आक्रमण हो ।’

सोमबार बिहान पनि माइतीघर मण्डलामा यही समूहले कमलपोखरीमा कंक्रिट प्रयोग गर्न नपाउने र मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग राख्दै प्रदर्शन गरेका थिए ।

उनीहरूले ‘गैरन्यायिक सडक विस्तार बन्द गर !’, ‘सुमन सायमीजस्ता अभियन्तालाई रिहा गर’, ‘मातृभाषाको सम्मान गर’ जस्ता नारा लेखिएको प्लेकार्डसहित धर्ना दिँदै आएका छन् ।

सडक विस्तारबाट पीडित बनेका नागरिकको पक्षमा भएको यो आन्दोलन पछिल्लो एकसातादेखि निरन्तर चलिरहेको छ । बालाजुबाट बुधबार अभियन्ता सुमन सायमीलगायत आठजनालाई प्रहरीले प्रकाउ गरेपछि सडक विस्तार संघर्षको आन्दोलन फेरि ब्युँतिएको हो ।

यसअघि २०७४ चैतमा पनि ‘काठमाडौं उपत्यका विकास प्राधिकरण’का प्रमुख भाइकाजी तिवारीको पुत्ला दहनसहित पीडितहरूले आन्दोलन गरेका थिए । यस्तै २०७५ साउनमा सरकारसँग उचित क्षतिपूर्तिको माग गर्दै काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले १५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

त्यतिबेला भएका सहमति सडक विस्तारको क्रममा राज्यपक्षबाट तोडिँदै आएको पीडितहरूको गुनासो छ । बारम्बार सहमति तोड्दै उपत्यका विकास प्राधिकरण तथा बागमति सभ्यता एकीकृत समितिले बिना मुआब्जा जनताको घरजग्गा अधिग्रहण गरेपछि अधिकारकर्मीहरूले संगठन नै बनाएर विरोधमा उत्रिएका थिए ।

यस्तै खोकनामा फास्ट ट्र्याकको नाममा भएका जग्गा अधिग्रहण, गुठी विधेयकलगायत मुद्दालाई अधिकारकर्मीहरूले ‘विकासको नाममा भएको प्रतिगमन’ मान्दै आएका छन् ।

पछिल्लो एक सातादेखि भएको सडक विस्तार पीडितहरूको यो आन्दोलनले ऐतिहासिक कमलपोखरी बचाउको पनि माग उठाउँदै आएको छ ।

तस्वीरहरू : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post
पेट्रोलियम पदार्थमा एक सातामै दुई पटक मूल्यवृद्धि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

स्थानीयको ३५ प्रतिशत जग्गा लिएर उपत्यकामा तीन स्मार्ट सिटी

स्थानीयको ३५ प्रतिशत जग्गा लिएर उपत्यकामा तीन स्मार्ट सिटी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...