काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहले संसदीय दलको प्रमुख सचेतक परिवर्तनको निर्णय संसद सचिवालयलाई जानकारी गराएको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सचिवालयलाई पत्र लेखी प्रमुख सचेतक परिवर्तन भएको जानकारी गराएका हुन् ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले उक्त पत्र बुझेका छन् । गत शुक्रबार नेकपा ओली समूहका अध्यक्ष तथा संसदीय दलका नेता ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका थिए ।
नेकपा प्रचण्ड– माधव समूहले भने नेकपा संसदीय दलको नेताबाट ओलीलाई हटाइसकेको बताउँदै आएको छ ।














