No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

युट्युबमा नयाँ फिचर, आफ्ना बच्चाबच्चीको निगरानी गर्न सकिने

युट्युबमा नयाँ फिचर, आफ्ना बच्चाबच्चीको निगरानी गर्न सकिने

काठमाडौं । आफ्ना बच्चाबच्चीले युट्युबमा के के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी गर्न सक्ने गरी युट्युबमा एक नयाँ फिचर ल्याउँदैछ ।

युट्युब किड्स एप प्रयोग गर्न नचाहने र युट्युबको मुख्य एपकै प्रयोग गर्ने किशोरावस्थाका बच्चाबच्चीहरुलाई लक्षित गर्दै युट्युबले उक्त नयाँ फिचर ल्याएको बताइएको छ ।

बच्चाबच्चीलाई लक्षित गरिएको युट्युब किड्स एपका सामाग्रीबाट पनि चित्त नबुझाउने र परिपक्व भैनसकेका कारण मुख्य एपका सबै सामाग्री समेत हेर्न दिनु उपयुक्त नहुने अवस्थाका हुर्केका केटाकेटीहरुका लागि उक्त फिचर उपयोगी हुने बताइएको छ ।

स्मरण रहोस् युट्युबको मुख्य एप प्रयोगका लागि १३ वर्षको उमेर पुगेको हुनु पर्दछ र त्यसभन्दा कम उमेरका बच्चाबच्चीको लागि युट्युब किड्स नामक छुट्टै एप उपलब्ध छ ।
आफ्नो पछिल्लो घोषणामा युट्युबले जनाए अनुसार आगामी दिनमा युट्युबले एक नयाँ फिचर सुरु गर्नेछ । जसले सुपरभाइज्ड गुगल अकाउन्टको माध्यमबाट अभिभावकहरुले आफ्ना बच्चाबच्चीलाई युट्युबमा पहुँच उपलब्ध गराउन तथा हेर्ने सामाग्रीमाथि नियन्त्रण र निगरानी गर्न पाउनेछन् ।

यसमा अभिभावकलाई ३ वटा भिन्नाभिन्नै कन्टेन्ट सेटिंग्स उपलब्ध गराइनेछ । ती निम्न छन्–

१. एक्सप्लोर : युट्युब किड्सबाट बाहिर निस्किएर युट्युबमा विभिन्न थप सामाग्रीहरु खोज्ने र हेर्ने उमेरका बालबालिकाका लागि यो सेटिंग्स उपयुक्त हुनेछ । खासगरी ९ वर्ष र त्यसभन्दा माथिका बालबालिकाका लागि यो लक्षित छ । यसमा अभिभावकले भ्लग्स, ट्युटोरियल, गेमिंग भिडियो, म्युजिक क्लिप्स, समाचार, शैक्षिक सामाग्रीहरु लगायतका सामाग्रीहरु खोजेर आफ्ना बालबालिकाले हेर्न पाउने गरी सेटिंग गर्न सक्दछन् ।

२. एक्सप्लोर मोर : यो फिचर खासगरी १३ वर्षभन्दा माथिका बालबालिकाका लागि उपयुक्त हुनेछ । यसमा बालबालिकाले अझै व्यापक प्रकारका भिडियोहरु हेर्न पाउँछन् भने युट्युबमा लाइभ स्ट्रिम समेत हेर्न पाउनेछन् ।

३. मस्ट अफ युट्युब : यो सेटिंग्समा चाहिँ बालबालिकाले युट्युबमा लगभग सबै खाले भिडियोहरु हेर्न पाउँदछन् । यद्यपि उमेरगत बन्देज रहेका भिडियोहरु चाहिँ हेर्न पाइनेछैन । यसका साथै अलि बढी उमेरका किशोर किशोरीका लागि उपयुक्त हुने संवेदनशील विषयवस्तुका सामाग्रीहरुमा समेत नियन्त्रण गर्न सकिनेछ ।

युट्युबका अनुसार आफ्ना बच्चाबच्चीहरु युट्युबको वृहत संसारमा आफूलाई मन पर्ने र उपयोगी सामाग्रीहरु खोज्न र हेर्न सक्षम भैसकेका छन् भन्ने निष्कर्षमा पुगेका अभिभावकहरुका लागि यो फिचर डिजाइन गरिएको हो ।

यस्तो फिचरमा कुन–कुन भिडियोहरु राख्ने भन्ने कुरा निधो गर्नका लागि प्रयोगकर्ताहरुको पृष्ठपोषण, मेसिन लर्निंग तथा समीक्षाहरुलाई आधार लिइने युट्युबले आफ्नो ब्लग पोष्टमा जनाएको छ । उक्त फिचरमा युट्युबबाट गरिने किनमेल, क्रिएसन र कमेन्ट्स जस्ता अप्सनहरु निस्क्रिय पारिनेछ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
अवहेलना मुद्दामा प्रचण्डले सर्वोच्च पुगेर बुझाए लिखित जवाफ

अवहेलना मुद्दामा प्रचण्डले सर्वोच्च पुगेर बुझाए लिखित जवाफ

धनुषामा अत्यधिक मदिरा सेवन गरी नालामा डुबेर एकजनाको मृत्यु

धनुषामा अत्यधिक मदिरा सेवन गरी नालामा डुबेर एकजनाको मृत्यु

कर्णाली सरकार सदन छलेर अध्यादेश ल्याउँदै

कर्णाली सरकार सदन छलेर अध्यादेश ल्याउँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .