No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बालबालिकामा इन्टरनेट दुरुपयोगको भयावह परिणाम


बालबालिकामा इन्टरनेट दुरुपयोगको भयावह परिणाम

काठमाडौं । कोरोना महामारीका कारण सबै क्षेत्र, वर्ग प्रभावित छन् । विद्यार्थी वर्ग यसबाट जोगिने कुरै भएन । कोरोना महामारी नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि बालबालिकाले इन्टरनेटमा सहज पहुँच पाए ।

अभिभावकले आवश्यक निगरानी र नियन्त्रण नगर्दा उनीहरुले यसैमा दिन बिताउन थाले । त्यसले विस्तारै लतको रुप लियो । विद्यालय खुल्न थालेसँगै बालबालिका फसेको यो समस्या बाहिर आउन थालेको छ ।

अहिले आफ्ना बालबालिकाकाले अस्वाभाविक व्यवहार देखाउने समस्या लिएर आउने अभिभावकको संख्या बढेको मनोविद्हरु बताउँछन् । उनीहरुका अनुसार, अहिले धेरै बालबालिकाका इन्टरनेट एडिक्सन, डिजिटल एडिक्सन, गेमिङ डिसअर्डर र डिप्रेसनमा समेत परेका छन् ।

उदाहरण १

कक्षा ४ मा अध्ययनरत निरोज खड्का निकै चुलबुले स्वभावका थिए । जत्तिबेला पनि साथीसँग खेल्न चाहने, साइकल कुदाउन घर बाहिर निस्किरहने उनलाई लकडाउनमा कोठामै राख्न हम्मे पर्‍यो । त्यसका लागि अभिभावकले इन्टरनेटमा भुलाउन जुक्ति निकाले ।

साउनमा दोस्रो चरणको लकडाउन सुरु भएपछि निरोजको विद्यालयले अनलाइन कक्षा सुरु गर्‍यो । त्यसपछि उनको अधिकांश समय इन्टरनेटमा बित्न थाल्यो । उनी मोबाइल गेममा एडिक्ट बने ।

माघ पहिलो हप्तादेखि विद्यालय खुल्यो, तर निरोज जानै मानेन् । विद्यालय जान नमान्ने, मोबाइल चलाइरहन खोज्ने, नदिँदा धेरै रिसाउने, समान फ्याँक्ने, फुटाउने गरे । त्यसपछि अभिभावकले विद्यालयसँग सम्पर्क गरेर अहिले उनलाई मनोपरामर्श दिने काम भइरहेको छ ।

उदाहरण २

कक्षा ९ मा अध्ययनरत रोशन आचार्य जेहेन्दार विद्यार्थी हुन् । लकडाउनमा पनि उनी किताब पढ्थे । फुर्सदको समयमा मोबाइलमा गेम खेल्थे । दोस्रो चरणको लकडाउनपछि विद्यालयले अनलाइन कक्षा चलाउन थाल्यो । उनले पढ्न–खेल्नको लागि ल्यापटप किनि मागे । पढ्ने र खेल्ने समय आफैं मिलाइरहेकाले अभिभावकले ल्यापटप किनिदिए । विस्तारै उनी गेममा मात्रै भुल्न थाले ।

रोशनको व्यवहार पनि परिवर्तन हुन थाल्यो । राम्ररी नबोल्ने, रिसाउने गर्न थाले । इन्टरनेट नचल्दा समेत रिसाउने, चिच्याउने गर्न थालेपछि अभिभावकले डाक्टरसँग परामर्श गरे । ‘अनि छोरालाई इन्टरनेट एडिक्सन भएको थाह पायौं’, बाबु राजीव आचार्य भन्छन्, ‘अहिले मनोचिकित्सकबाट उपचार गराइरहेका छौं, सुधार पनि भइरहेको छ ।’

उदाहरण ३

अहिले ६ वर्ष पुगेकी रिना महतलाई अभिभावकले खुवाउने बेला विभिन्न किसिमको भिडियोहरु देखाउँथे । उनमा खाने बेला, पढ्नु अघि भिडियो हेर्ने बानी नै बस्यो । त्यसलाई अभिभावकले सामान्य माने ।

बिस्तारै उनी मोबाइलमा गेम पनि खेल्न थालिन् । त्यो देखेर अभिभावक खुशी हुन्थे । रिनाको गेमप्रति लगाव बढ्दै गयो । त्यसपछि त रिना जत्तिबेला पनि मोबाइल खोज्न थालिन् । गत माघ पहिलो हप्ता प्राविधिक कारणले एक हप्ता इन्टरनेट नआउँदा उनले धेरै रिसाहा व्यवहार देखाइन् । अनलाइन हुन नपाउँदा आमाको फोन फ्याँकेर फुटाइदिइन् । त्यसबीचमा नबोल्ने, रुने पहिले नभएका स्वभाव पनि देखाइन् । त्यसपछि झस्केका अभिभावकले छोरीलाई मनोचिकित्सकबाट उपचार गराइरहेका छन् ।

उदाहरण ४

राजीव लामा कक्षा ११ का विद्यार्थी हुन् । उनको कलेज खुलेको तीन महिना भयो । तर उनी जम्माजम्मी १५ दिन कक्षामा उपस्थित भए । उनी आमा र बहिनीसँग बस्छन् । बुवा बैदेशिक रोजगारीमा छन् ।

एसईईमा ‘ए’ ग्रेड पाएका उनको पढाइ राम्रै थियो । मिजासिला स्वभावका उनी नियमित विद्यालय जाने, समयमा खाना खाने, आमा बहिनीसँग कुरा गर्ने गर्थे ।

कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि परीक्षा पनि अनिश्चित भयो । त्यसपछि मोबाइलमा बढी समय बिताउन थालेका राजीव रातभर गेम खेल्ने, विहानभर सुत्ने गर्न थाले । कलेज बन्द नभएको र बाहिर पनि जान नपाउने भएकाले आमाले बेवास्ता गरिनन् । त्यो क्रम बढ्दै गयो । उनी कोठाबाट निस्कनै छोडे । सुत्ने, खाना खाने समय पुरै बिग्रियो । बोलाउँदा सोधेको कुरा मात्रै जवाफ दिने, दोहोर्याएर बोलाउँदा रिसाउने गर्न थाले ।

उनको व्यवहारमा सुधार भएन । त्यसपछि चिन्तित बनेकी आमाले कलेजमा सम्पर्क गरिन् । अहिले राजीवलाई शिक्षकहरुको सहयोगमा मनोपरामर्श दिन थालिएको छ ।

लापरवाह अभिभावक

कोरोना महामारीपछि इन्टरनेटमा बालबालिकाको पहुँच एकाएक बढ्यो । त्योसँगै उनीहरुलाई प्रविधि प्रयोग र त्यसको उपयोगिताबारे आवश्यक सुझाव दिने, निगरानी गर्ने गरिएन । परिणाम्, उनीहरु साइबर संसारमा हराउँदै गए ।

बालमनोविद् मधुविलास खनाल अभिभावकको लापरवाहीकै कारण धेरै बालबालिका इन्टरनेटको लतमा फस्न पुगेको बताउँछन् । ‘बालबालिकालाई इन्टरनेट सुविधा दिइयो, तर त्यसको उपयोगबारे आवश्यक सुझाव दिइएन’, उनी भन्छन्, ‘निगरानी समेत नहुँदा अहिले ठूलो समस्या देखिएको छ ।’

यसमा विद्यालयहरु पनि जिम्मेवार रहेको खनाल बताउँछन् । उनका अनुसार, विद्यालयहरुले अनलाइन कक्षा शुरु गर्दा नै विद्यार्थीलाई कति समय इन्टरनेटमा बस्न दिने भनेर विचार पुर्याउनु पथ्र्यो । त्यो नहुँदा बालबालिकाकाहरु पढाइको नाममा अनावश्यक साइट र गेममा गएर ‘एडिक्सन’को तहमा पुगेको उनी बताउँछन् ।

समस्यामा परेका अभिभावकहरुको अनुभव बालमनोविद् खनालको भनाइसँग ठ्याक्क मिल्छ । रोशन आचार्यका बुवा रमेश भन्छन् ‘छोरा बुझ्ने छ, पढाइमा पनि राम्रै छ, स्कुल नभएको बेला खेलिरहोस् भनेर छोडिदियौं । डिजिटल गेममा यस्तो लत बस्छ भन्ने ज्ञान नै भएन ।’

छोराको बानी–व्यवहारमा किन परिवर्तन आयो भनेर शुरुमा थाहा पाउनै नसकेको बताउँदै उनी भन्छन्, ‘डाक्टरलाई नै भेटेपछि मात्र इन्टरनेट एडिक्सन भएको थाहा पायौं ।’

हिजोआज धेरै अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरदेखि मोबाइल सेटमा भिडियो देखाएर अल्मलाउने गरेका छन् । त्यस्तो बानी नपार्न बालमनोविद् खनाल सुझाउँछन् ।

‘मोबाइल या प्याडमा भिडियो देखाएर खाना खुवाउने, सुताउने, उठेपछि पनि मोबाइल देखाउने, रुँदा फकाउन भिडियो देखाउने बानी पछि गएर निकै घातक हुन्छ’, उनी भन्छन्, ‘बालबालिकालाई सकेसम्म तरकारी केलाउने, हातखुट्टा धुने, गीत गाउने, नाच्ने जस्ता ‘अफलाइन एक्टिभिटी’ मा व्यस्त राख्नु पर्छ ।

६ वर्षकी रिनाका बुवा दीपेश छोरीलाई आफूले नै सानैबाट भिडियोमा बानी पारेको सकार्छन् । ‘शुरुमा त यत्ति सानै उमेरमा हामीले नजानेको कुरा जानी भन्ने लाग्थ्यो । अझ थप हौसाउँथ्यौं’, उनी भन्छन्, ‘मोबाइलले यतिसम्म खराब गर्छ भनेर सोचिएकै थिएन ।’

मनोविद् डा. नरेन्द्र ठगुन्ना अहिले विद्यालयहरु खुलेसँगै बालबालिकामा इन्टरनेट एडिक्सनको गम्भिर अवस्था देखिन थालेको बताउँछन् । उनका अनुसार, डिजिटल एडिक्सन, इन्टरनेट एडिक्सन, गेमिङ डिसअर्डर र डिप्रेसन अहिले देखिएका मुख्य समस्या हुन् ।

आफ्ना बालबालिकाको स्वभावमा परिवर्तन आएको छ भने यीमध्ये कुनै मानसिक समस्या छ भनेर बुझ्दा हुने डा. ठगुन्ना बताउँछन् । उनी भन्छन्, ‘यसमा हरेक अभिभावक र शिक्षक–शिक्षिका समेत सचेत हुन अत्यावश्यक छ ।’

(समाचारमा प्रयोग भएका सबै नाम परिवर्तित हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
कार्बन उत्सर्जन कटौतीबापत नेपाललाई ५ अर्ब

कार्बन उत्सर्जन कटौतीबापत नेपाललाई ५ अर्ब

अनलाइन ठगी गर्ने दुईजना पक्राउ

अनलाइन ठगी गर्ने दुईजना पक्राउ

साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति

साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .