No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

कालिकोट : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले जिल्लाको रास्कोट नरपालिका–९ फुगाडमा भत्किएको कच्ची पुल निर्माण गरेका छन् ।

गत साउन १३ गतेको बाढीले फुगाडमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज सहित झोलुङ्गे पुल बगाएको ठाउँमा विप्लवका नेता तथा कार्यकर्ताहरुले जनश्रमदान गरी पुल मर्मत सम्भार गरेका हुन् ।

गत साउन १३ गते अविरल वर्षासँगै फुगाडमा आएको बाढीले कर्णाली करिडोरको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिका जोड्ने बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिकादेखि बाजुरासम्म जाने स्थानीय नागरिकहरुलाई खोलो तर्न समस्या परेको थियो ।

खोला आसपासका मानिसहरुले फलामे रडले मान्छे तारेको तीन सय र भारी तारेको ५ सय रुपैयाँ तिरेर ज्यानै जोखिममा राखेर खोलो तर्नु पर्ने बाध्यता थियो । विप्लवका कार्यकर्ताले पुलबाट बगाएका फलामको डण्डा र आसपासमा ढुंगाको गड बनाइ डोरीले अड्काएर कच्ची पुल निर्माण गरिदिएपछि अब बाटोमा हिँड्ने पैदल यात्रीहरुले सहजै खोलो तर्नसक्ने भएका छन् ।

स्थानीय सुजन बोहोराका अनुसार फुगाडमा बाढीले पुल बगाइदिएपछि पानीको भेलमा फलामको लडाको सहारामा खोला तर्दा ज्यानै जोखिम हुन्थ्यो । विप्लवका नेता तथा कार्यकर्ताहरु आएर कामचलाउ पुल बनाइदिएपछि सहजै खोलो तर्न सकिने भएको हो ।

नेकपाका जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारीको नेतृत्वमा जिल्ला सेक्रेटरी मनीला ऐडी रणदीप, विप्लवका जनबर्गीय संगठनका प्रमुखहरु लगायत नेता तथा कार्यकर्ताहरुको जनश्रमदानमा नागरिकको सहजताका लागि पुल निर्माण गरिएको नेकपाले जनाएको छ ।

नेकपा जिल्ला सेक्रेटरी ऐडीले आफ्नो पार्टी गाउँ गाउँमा जनश्रमदान सहित बाढी पहिरो पीडितहरुको उद्धारमा निरन्तर खटिने बताए । ‘जनतालाई सास्ती भइरहेका बेला कथित जनप्रतिनिधिहरु गाउँ छाडेर सहरतिर मस्ती गरिरहेका छन् । हामी नागरिकको साथमा गाउँ गाउँमा खटिएका छौँ । फुगाडमा पुल बगेको महिना दिन बित्दा पनि कुनै सरकारले चासो देखाएनन्,’ उनले भने । annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post
 जम्मु कश्मीर

जम्मु-काश्‍मीरमा मुस्लिमद्वारा गैर-मुस्लिममाथि विभेद !

भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

‘मन की बात’ गरेको सराहनामा काश्‍मीरका नागरिकले प्रधानमन्त्रीलाई धन्यवाद दिए

'मन की बात' गरेको सराहनामा काश्‍मीरका नागरिकले प्रधानमन्त्रीलाई धन्यवाद दिए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .