No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

काठमाडौं : नेपाली सेनाका सहायकरथी प्रयोगजंग राणा र महासेनानी नवीन सिलवाल बर्खास्त भएका छन् । सैनिक प्रहरीले राणा र सिलवाललाई भ्रष्टाचार अभियोगमा गत जेठ पहिलो साता पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । जंगी अड्डाले गठन गरेको समरी जनरल सैनिक अदालतले उनीहरूलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको हो ।

उपरथी सीताराम खड्काको अध्यक्षतामा उक्त अदालत गठन गरिएको थियो । अदालतले राणाले १ करोड ५२ लाख २७ हजार ३ सय रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७८ हजार ४ सय रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ । उक्त रकम राणा र सिलवालबाट असुल गर्न भनिएको छ ।

उनीहरूले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको ठहर अदालतले गरेको छ । सोही प्रकरणमा सैनिक अदालतले प्रमुख सुबेदार मिठुराम विश्वकर्मालाई पनि बर्खास्त गर्ने फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सहसेनानी लक्ष्मीकान्त खनाल, सुबेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने फैसला सुनाइएको छ । प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिन भनिएको छ । महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार नवराज पाण्डे (अवकाश प्राप्त) ले सफाइ पाएका छन् ।

जंगी अड्डाले विभिन्न सैनिक अड्डाभित्र भइरहेका आर्थिक अनियमितता छानबिन गर्न गठन गरेको निगरानी संयन्त्र (ओभर साइट सेल)को गोप्य प्रतिवेदनका आधारमा राणा र सिलवाल अनुसन्धानमा तानिएका थिए । गोप्य भनिएको उक्त प्रतिवेदनले औंल्याएका अन्य सैनिक उच्च अधिकारीबारे छानबिन भइरहेको सैनिक उच्च स्रोतले जनाएको छ । भ्रष्टाचार छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा संयन्त्र गठन गरिएको थियो । प्रधानसेनापति कमान्ड मार्ग निर्देशन २०७५ अनुसार आकस्मिक रूपमा छानबिन गर्न संयन्त्र गठन भएको थियो ।

संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजन भएका दुई दर्जनभन्दा बढी अड्डामाथि छानबिन गरेको थियो । संयन्त्रले ती निकायमा आकस्मिक भ्रमण गरी विनियोजित रकम के कसरी खर्च भइरहेको छ भन्नेबारे अध्ययन र छानबिन गरेको थियो ।

उसले दिएको प्रतिवेदन कार्यान्वयन गर्दै प्रधानसेनापति थापाले अनियमिततामा संलग्न सैनिक अधिकारीलाई कारबाही थालेका हुन् । उपरथीको नेतृत्वमा गठित संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापतिलाई दिएको थियो । जंगी अड्डाले सैनिक उच्च अधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो । annapurnapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

Next Post
‘मन की बात’ गरेको सराहनामा काश्‍मीरका नागरिकले प्रधानमन्त्रीलाई धन्यवाद दिए

'मन की बात' गरेको सराहनामा काश्‍मीरका नागरिकले प्रधानमन्त्रीलाई धन्यवाद दिए

चीन हङकङ

हङकङमा सुरक्षा कानुन देखाएर गैरकानुनी गिरफ्तारी बढ्यो, स्वतन्त्रता पक्षधर धमाधम पक्राउ

नेपालमा थप ५८१ जनामा कोरोना, संक्रमितकाे संख्या २७ हजार नाघ्यो

१६८ संक्रमित थपिए २४ घण्टामैं उपत्यकामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .