• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनमाथि बाइडेन प्रशासनको दबाबसँगै ‘साउथ चाइना सी’मा भियतनाम र फिलिपिन्सको सक्रियता


चीनमाथि बाइडेन प्रशासनको दबाबसँगै ‘साउथ चाइना सी’मा भियतनाम र फिलिपिन्सको सक्रियता

काठमाडौं । ताइनवान स्ट्रेट र दक्षिण चीन सागर (साउथ चाइना सी)मा जल सेना तैनाथ गर्दै जो बाइडेन प्रशासनले पछिल्ला केही साता यता बेइजिङमाथि दबाब बढाएको छ ।दक्षिण चीन सागरको ९० प्रतिशत जल सागर चीनले आफ्नो दाबी गर्दै आएको छ । बेइजिङमाथि बाइडेन प्रशासनको दबाब सँगै चीनका मुख्य दुई प्रतिद्वन्द्वी फिलिपिन्स र भियतनामले पनि यो क्षेत्रमा सक्रियता बढाएका छन् ।

चीन भने यो क्षेत्रमा पहिलेदेखि नै आफ्नो पकड बलियो बनाएको छ । विवादित जल क्षेत्रमा दाबी गर्ने अन्य ६ मुलुक र अमेरिकालाई टक्कर दिँदै चीनले त्यहाँ आफ्नो प्रशासनिक क्षेत्र नै बनाइसकेको छ ।

चिनियाँ विस्तार
अमेरिकी ‘नौ सेना युद्ध कलेज’को एक रिपोर्ट अनुसार चीनले दक्षिण चीन सागरको उत्तरी क्षेत्रमा क्षेत्रफलका आधारमा विश्वको सबैभन्दा ठुलो शहर निर्माण गरेको छ ।

एक दशक अघि फेला परेको ‘सान्सा सिटी’को क्षेत्रफल चिनियाँ रिपोर्टहरूमा उल्लेख भए अनुसार २० लाख वर्ग किलोमिटर छ । यसले २८० भन्दा बढी टापुहरू समेट्छ । विश्वको सबैभन्दा ठुलो शहर मानिने टोकियोको क्षेत्रफल करिब ९ हजार किलोमिटर मात्रै छ ।

दक्षिण चीन सागरको प्यारासेल आइसल्याण्ड क्षेत्रमा रहेको सान्सा सिटीमा चीनले बन्दरगाह सम्बन्धी पूर्वाधार, ढल निकास, नयाँ वस्ती निर्माण, ५जी विस्तार, स्कुल समेत निर्माण गरेको छ । हाल चीनबाट सान्सा र सान्साबाट चीन दैनिक उडान पनि हुने गरेको छ ।

सैन्य विस्तार एवं अन्य सुरक्षाका गतिविधिहरूसँगै चीनले कोरोना महामारीकै बेला यहाँ दुई नयाँ प्रशासनिक क्षेत्र घोषणा गरेको थियो ।

राज्य परिषद्बाट स्वीकृति लिँदै चीनले सन् २०२० को अप्रिलमा सान्सा सिटीमा ‘जीशा’ र ‘नन्शा’ दुई नयाँ जिल्लाको घोषणा गरेको हो ।

बाइडेनले कार्यालय सम्हाल्नुभन्दा केही दिन अघि मात्रै चीनले आफ्नो सेनालाई यो क्षेत्रमा आफ्नो कब्जाका लागि व्यापक गतिविधि चाल्न सक्ने किसिमको ‘कोस्ट गार्ड कानुन’ अघि सारेको थियो ।

अन्तर्राष्ट्रिय कानुन विपरीत जलीय सागरमा चीनले व्यापक कब्जा र विस्तार गरिरहेका बेला आफ्नो समुद्री हितको रक्षाका लागि साना शक्तिहरू पनि बल विस्तारमा लागेका छन् ।

वासिंगटन आधारित ‘समुद्री पारदर्शिता पहल’ले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार भियतनामले पनि स्प्राट्ली आइसल्याण्डमा आफ्नो हवाई एवं जल सेना सुदृढीकरण गरेका छ ।

भियतनामी रक्षा सुदृढीकरण
चिनियाँ तुलनामा भियतनामी सैन्य क्षमता निकै कम हो । तर, आवश्यक परेको खण्डमा स्प्राट्ली नजिकको वेस्ट रिफमा रहेका हतियारले चिनियाँ सैन्य सुविधाहरूलाई स्ट्राइक गर्ने क्षमता राख्छ ।

यो क्षेत्रमा भियतनामले नागरिक एवं सैन्य सुविधाका लागि विभिन्न किसिमका पूर्वाधारहरू निर्माण गरेको छ ।
खासमा चिनियाँ सेनाको गतिविधिलाई टक्कर दिनका लागि  भियतनामले विभिन्न किसिमका अत्याधुनिक सैन्य उपकरणहरू पनि यो क्षेत्रमा जडान गरेको छ ।

सन् १९८८ मा ‘साउथ चाइना सी’ कै स्प्राट्ली आइसल्याण्डमा भियतनामी र चिनियाँ सैन्यबीच झडप भएको थियो । जसमा भियतनामका दजर्नाैं सैनिकले ज्यान गुमाएका थिए ।

विवादित जलिय सागरमा आफ्नो दाबीसँगै चीनले पछिल्लो समय आक्रामक गतिविधिहरू अघि सारेका छ । तर, चीनलाई टक्कर दिन भियतनामसँगै फिलिपिन्सले सक्रियता बढाउन खोजेको छ ।

फिलिपिनी सेना प्रमुख सिरिलिटो सोबेजानाले चिनियाँ सेनाबाट हुनसक्ने सम्भावित खतरा र फिलिपिनी मछुवा (माछा मार्ने) हरूलाई जोगाउन थप सेना तैनाथ गर्न निर्देशन दिएका थिए ।

अमेरिकी सहकार्य खोज्दै फिलिपिन्स 
फिलिपिन्सकै समुद्री तटमा आएर कथित चिनियाँ सैन्य ‘भेसल’ले सन् २०१९ मा २२ फिलिपिनी मछुवाको हत्या गरेको थियो ।
सन् १९९९ मा सुरु भएको फिलिपिन्सले अमेरिकासँग ‘फिलिपिनी–अमेरिकी भ्रमण बल सम्झौता’लाई केही समयका लागि राष्ट्रपति रोड्रिगो दुतेर्तेले स्थगनमा राखेका थिए ।

तर, केही दिनअघि (फेब्रुबरी १४) फिलिपिन्सको विदेश मामिलाका सचिव टेओडोरो लोक्सिनले दुवैपक्षले भेटवार्ता गर्ने बताएका छन् । उनका अनुसार यसै महिना (फेब्रुअरी)को अन्त्यसम्म दुवै पक्षले वार्ता गर्ने असमझदारीलाई समाधान गर्ने बताएका छन् ।
यो सम्झौताले दक्षिण चीन सागरमा फिलिपिन्स र अमेरिकी नौसेनाको सैन्य अभ्यास एवं अन्य गतिविधिहरू गर्न दिन्छ । चिनियाँ विस्तारवादलाई नियन्त्रण गर्ने एक उपाय यो पनि हो ।

यसबाहेक फिलिपिन्सका सेना प्रवक्ता एवं मेजर जनरल एडगार्ड अरेभालोल  दक्षिण चीन सागरमा चीनको बढ्दो विस्तारवाद र प्रभुत्वविरुद्ध जनादेश र संविधान अनुरूप अघि बढ्ने बताएका छन् । फेब्रुअरी २० मा उनले एक सम्बोधनका क्रममा आफ्नो देशको हित, संरक्षण र जनताको चासो समर्थन गर्न सेना तयार रहेको र यो नै प्राथमिक विषय रहने बताएका छन् ।

अमेरिकी दबाब
हालै ‘फ्रिडम अफ नेभिगेसन अपरेशन’ अन्तर्गत अमेरिकी रक्षा विभाग पे.न्टागनले स्प्राट्ली आइसल्याण्डको चिनियाँ दाबी जल क्षेत्रमा निर्देशित मिसाइल विनाशक ‘युएसएस रसल’ युद्धतोप तैनाथ गरेको छ ।

त्यस्तै, प्यारासेल आइसल्याण्डमा पनि अमेरिकी अर्को ‘मिसाइल डिस्ट्रोयर’ ‘युएसएस जोन एस म्याककेन’ पनि पठाएको थियो ।
यसबाहेक बाइडेन प्रशासनले ‘निमित्ज’ र ‘थियोडोर रुजवेल्ट’ युद्धपोत पनि यहाँ पठाएको थियो । अन्तर्राष्ट्रिय कानुन अनुसार स्वतन्त्र जलिय क्षेत्रमा चीनको दाबीलाई चुनौती दिँदै अमेरिकाले यी ‘अपरेशन’ गरेका हो । चीनले भने ‘अमेरिकी कदमले अस्थिरता निम्त्याउन खोजेको भन्दै’आक्रामक प्रतिक्रिया दिएको थियो ।

बाइडेनको कार्यकालको पहिलो महिनामै चीनले दाबी गर्दै आएको जल क्षेत्रमा अमेरिकाले कम्तीमा तीन वटा विशेष नाभल अपरेसनहरु गरेको हो ।अमेरिकी रक्षा विभागले चीनको विवादास्पद कोस्ट गार्ड कानुनको समेत विरोध गरेको छ । hamrakura

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साउथ चाइना सीमा बेइजिङको दाबी मलेसियाद्वारा अस्वीकार
  • २०७७ फाल्गुन १३, बिहीबार १२:१८
  • In "अन्तराष्ट्रिय"
  • जहाँ जहाँ सीमा त्यहाँ चिनियाँ कब्जा
  • २०७७ फाल्गुन १३, बिहीबार १२:१८
  • In "अन्तराष्ट्रिय"
  • चीनको सेनाले दक्षिण चीन सागरमा रहेको टापु कब्जा गर्‍यो
  • २०७७ फाल्गुन १३, बिहीबार १२:१८
  • In "BannerNews 2"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post

जसपालाई प्रचण्ड–माधवको प्रस्ताव : मिलेर जाऔं

मिलोमतोमै नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी

चीनकाे खतरनाक ऋण जाल: ‘हम्बानटोटा पोर्ट चीनले १९८ वर्ष भाडामा लिन सक्छ’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version