No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरमा प्रचण्ड-नेपाल समूहको विजय जुलुस, ओलीलाई इज्जतको लागि भए पनि राजीनामा दिन सुझाव

जनकपुरधाम ।  जनकपुरधाममा नेकपा प्रचण्ड-माधव समूहले विजय जुलुस निकाएको छ । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा विजय र्‍याली निकालिएको हो ।

जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको विजय जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी जनकचोकमा पुगेको कोणसभामा परिणत भएको थियो ।

बुधबार निकालेको विजय जुलुसमा नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् ।

कोण्सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री झाले प्रधानमन्त्री ओलीलाई इज्जत जोगाउनका लागि पनि राजीनामा दिन सुझाव दिएका हुन् ।

नेता झाले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरि परास्त गरेर देखाएकाले प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । उनले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकाले राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव समेत दिए ।

झाले भने, ‘पार्टीले तपाईंलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । इज्जत जोगाउन भए पनि राजीनामा दिनुस्, बालकोट गएर भुजा फाँक्नुस् ।’ उनले ओली जस्तो नेताको नेपाली राजनीतिमा कुनै काम नरहेको समेत बताएका छन् ।

नेता झाले पार्टीमा चोर डाँका तथा फटाहाहरुको कुनै काम नरहेकाले त्यस्ताहरुलाई पार्टीमा स्थान दिन नहुने बताए । उनले भने, ‘नेपाली जनताको यो जितपछि अब पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउनु पर्छ, त्यसैले पार्टीबाट चोर, डाँका, फटाहाहरुलाई बाहिरको बाटो देखाउनु पर्छ ।’

नेता झाले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई समेत दुई दिनभित्र जनकपुरधाम छोड्न चेतावनी दिएका छन् । ‘दुई दिनभित्र तपाईं स्वयं जनकपुरधाम छोडेर गइहाल्नुस्, नभए हामी कालोमोसो लगाएर लखेटेर भगाउने छौं,’ उनले भने ।

केपी शर्मा ओलीको गत पुस ५ गते संसद विघटन गरेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद पुन:स्थापना गर्ने फैसला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
मूल पार्टीमा फर्किएर जिम्मेवारी लिन नेकपाकाे आह्वान

‘धम्की खबरदारीकाे पछाडि लाग्नु हुँदैन, कानूनी प्रकृया पूरा गर्नुपर्छ’

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

धनुषामा एक किशोरी झुन्डिएर आत्महत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .