• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धार्मिक स्थल पनि छैनन् सुरक्षित, हुन्छन् महिला बलात्कृत


धार्मिक स्थल पनि छैनन् सुरक्षित, हुन्छन् महिला बलात्कृत

सिन्धुली : मन्दिर आस्था र विश्वासको पुजा स्थल हो । मन्दिरमा विभिन्न देवी देवताहरुका मुर्तिहरुको स्थापना गरेर पूजा गरिन्छ । मन्दिरमा देवताहरुको वास भएको विश्वास गरिन्छ । जसलाई पवित्र स्थलको रुपमा लिईन्छ ।

तर, यिनै मन्दिर,मश्जित,गुफा लगायतका धार्मिक स्थलहरुमासमेत महिला असुरक्षित हुने गरेका छन् । भगवानको दर्शन गर्न पूजाको थाली लिएर मन्दिर गएका महिला बलात्कृत भएर पिडाको थैली बोकेर फर्किन बाध्य छन् । यस्तै एउटा घटना सिन्धुलीमा पनि भयो ।

जिल्लाको हरिहरपुरढी गाउँपालिका वडा नम्बर–८, क्यानेश्वरको भित्रि जमुने र काँस बगर खोलाको विचमा जलेश्वर महादेवस्थान छ । जहाँ सोही ठाउँका ३७ बर्षिय वडा सदस्य जंग बहादुर माझी पुजारी छन् । उनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित वडा सदस्य हुन् ।

यस महादेव स्थानमा गएका मानिसमा कुनै पनि प्रकारको ग्रह एवं नक्षत्रको नकारात्मक असर पर्दैन्, ग्रहबाधाबाट मुक्त भइन्छ । जीवनमा आइलाग्ने आकश्मिक दुर्घटनाबाट जोगिन सकिन्छ । कसैले हत्या गर्ला कि भन्ने डर रहँदैन, मनमा कहिल्यै पनि अत्माहत्या गर्ने विचार उत्पन्न हुँदैन्, निरोगी भइन्छ र जीवन भयमुक्त बन्दछ भन्ने धार्मिक विश्वासले भक्तजनहरु जाने गर्दछन् ।

यही आस्था र विश्वास लिएर मन्दिर गएका महिलाहरु माथि हातपात, जबरजस्तीकरणी, बलात्कार,बलात्कारको प्रयास हुने गरेको घटना सार्वजनीक हुन थालेका छन् । वडा सदस्य समेत रहेका मन्दिर गुफाका पुजारी माझीले यस्तो हर्कत देखाएको स्वयम् पिडित महिलाहरु बताउँछन् । माझीले पुजारीको वाहानामा मन्दिर पुजा गर्न गएका नारिको अस्मिता लुट्ने गरेको तथ्य बाहिरिएको छ ।

साउन महिनाको ३० गते शनिवार तीन घण्टाको पैदल यात्रा गरेर जलेश्वर महादेव स्थान पुगेका २५ र ३८ बर्षका महिला,पुजारी भनिने माझीबाट बलात्कृत भएसंगै यस्तो घटना सार्वजनिक हो । बलात्कार प्रयास गर्दा प्रतिकार गर्दागदैँ पनि स्वास्थ्य निरोगी र सुख प्राप्त हुन्छ भन्दै जबरजस्ती गरेको पिडित महिलाले बताएका छन् ।

मन्दिर परिसर पुगेपछि कोरोना संक्रमणको जोखिम हुने भन्दै पालैपालो पुजा गर्न पुजारीले आग्रह गरे । ‘पहिला एक जना मात्र आऊ’ भनेपछि अगरबत्ती, फूल र अक्षता लिएर गुफाभित्र भएका देवताहरुको पूजा गर्न गए । पुजारीले रुद्राक्षको माला लगाईदिए । गुफाभित्र पुजा पनि गरेँ । त्यसपछि पूजा गर्न छुट्टाउनै नहुने भगवान माथि हुनुहुन्छ भन्दै पुजारीले जंगल तिर देखाए । आफु विरामी मान्छे, बाटो अफ्ट्यारो रहेछ । जान सक्दिन भनेपछि पुजारीले नै तानेर लगे । पीडित ३८ बर्षिय महिलाले भनिन्, ‘जान्न भनेर हात फुत्काउन खोजे सकिन । त्यहाँ लगेर मलाई नाङगो बनायो ।’

पढेको छैन, बोल्न त्यति जान्दिन, पीडित महिलाले थपिन्, पुजारीले शरीरको रोग यहाँबाट निकाल्नु पर्छ भन्दै मेरो योनीमा दुख्ने गरि हात पसायो । स्तन खेलाए र दुख्ने गरि चिमोटोे ।’ घटना भएदेखि भोक, निन्द्रा हराएको छ । न्याय खोज्दै सिन्धुलीमाढी आइपुगेकी पीडित महिलाले सुनाईन् ।

यस्तै २५ बर्षिय पीडित महिलाले पुजारी भनिने जंग बहादुर माझीले आफुलाई पनि बलात्कार गरेको बताईन् । उनलाई पनि ३८ बर्षिय महिलालाई जस्तै व्यवहार भयो । मन्दिरका पुजारीबाट । साथी पूजा गरेर बाहिर निस्किएपछि पूजा गर्ने पालो मेरो थियो । उनिसंग बोल्दैनबोली पूजा गर्न म पनि पसे । पुजारीले सिकाउँदै गए । मैले पुजा  गदँै गए । गुफा मन्दिर भन्दा अलि माथि खोल्सामा ढुङगाका देउता रहेछन् । पीडित महिलाले भनिन्,‘ढुङगाका देउतालाई पूजा गर्न बाँकी छदैँ पुजारीले मेरो अस्मिता लुटे ।’

तिम्रो बुढालाई सम्झेर अंगालोमा बाँध भन्यो । मैले मानिन्, उनले थपिन्,‘सुरुवाल खोल्यो र मुखमा उसको जिव्रो नचायो ।’

पुजारीले आफुले गरेको गल्ती कसैलाई नभन्न भनेका थिए । पीडित महिलाले सुनाईन्,‘कसैलाई भन्यो भने महादेवको शक्तिले ज्यान जाने,परिवारमा संकट पर्ने हुन्छ भनेका थिए ।’ पुजारीले ।

पुजा गर्न गएका थुप्रै महिलालाई पुजारीले यस्तो गरेको रहेछ । हामीलाई यो कुरा अगाडी नै थाहा हुन्थ्यो भने,त्यसरी जाने थिएनौ । उनिहरुले भने । आफुहरुले पनि घटना  सार्वजनीक नगरे अरु महिला,बालिकाहरु पनि बलात्कृत हुन सक्छन् । त्यसैले बलात्कारीलाई कानुनी सजाय हुनुपर्छ भनेर जिल्लामा आएको पिडित महिलाले बताए ।

पुजारीले गरेको गल्ती स्विकारेका छन् । गाउँमा नै मिलाईदिन आग्रह गरेको पनि स्थानीयबासिन्दाले बताए । पिडित पक्षले गाउँमा नमिल्ने÷नमिलाउने भनेर भदौ १ गते सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएका छन् । बलात्कारको आरोप लागेका पुजारी जंग बहादुर माझीलाई पक्राउ गरिसकिएको प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रिले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, अहिले पिडित,पिडक दुवै पक्ष प्रहरी कार्यालयमै छन्,पिडितले जाहेरी दिएका छन् ।’

घटनाका बारेमा थप अनुसन्धानपछि मात्रै बोल्ने नायव उपरीक्षक खत्रिले बताउनु भयो । पिडक माझीलाई सम्पर्क गर्दा उनको फोन अफ भएको पाईयो । himalayatimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रदेश सदस्य रिता यादव आमाको निधनले गाउँ नै शोकमा
  • २०७७ भाद्र १, सोमबार १८:०७
  • In "मध्य पूर्व"
  • स्थानीय श्रमदान र समर्पणले चन्द्रघण्टा देवी मन्दिर निर्माणको सपना साकार
  • २०७७ भाद्र १, सोमबार १८:०७
  • In "BannerNews"
  • धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम
  • २०७७ भाद्र १, सोमबार १८:०७
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

सिन्धु देशको माग गर्दै पाकिस्तानमा प्रदर्शन

निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा

भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version