• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा


निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज  १ गतेदेखि ५ गते राति १२ बजेसम्म जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई प्रहरीले कारवाही गरेको छ । चाडपर्व नजिकिँदै गर्दा सुर्खेतमा भीडभाड बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको अटेरी गर्ने १२ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताउनु भयो । उहाँले २ महिला र ६३ पुरुष गरी जम्मा ६५ जनालाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिएको बताउनु भयो ।

यसैगरी जुम्लामा पनि १२ वटा सवारी साधन नियन्त्रणमा लिइएको र उलङ्घन गर्ने व्यक्तिहरुलाई भने सम्झाइ बुझाइ छोडिएको जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भीमदत्त जोशीका अनुसार मुगुमा निषेधाज्ञाको पूर्ण पालना भएको छ । तर, साँझ ४ बजेदेखि ६ बजेसम्म अत्यावश्यक सामानका पसलहरु खुल्ने भएकोले पनि कसैले अवज्ञा गरेका छैनन् ।

निषेधाज्ञाको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन गरिरहेका छन् । हरितालिका तीज पर्व सुरु हुनु अगावै मान्छेको भीडभाड बढ्ने र अनावश्यक रुपमा हुने चहलपहललाई रोक्नका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको भनाइ छ ।

निषेधाज्ञाको उलङ्घन गर्नेहरुलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रशासनको भनाइ छ । निषेधाज्ञाको अवधिमा दाहसंस्कार कार्यमा समेत बढीमा १५ जना सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

निषेधाज्ञाको समयमा दमकल, झण्डावाल गाडि, प्रहरी, संचारकर्मी, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन बाहेक अरुलाई आवत जावत गर्न रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा नाममात्रको निषेधाज्ञा, प्रदेश राजधानीको भिड किन देख्दैनन् धनुषाका सिडियो ?
  • २०७७ भाद्र १, सोमबार १८:११
  • In "मधेश प्रदेश"
  • कपिलबस्तु लकडाउन थप
  • २०७७ भाद्र १, सोमबार १८:११
  • In "लुम्बिनी प्रदेश"
  • लकडाउनमा दुर्घटना घट्यो, प्रदेश २ मा १४० जनाको मात्र मृत्यु
  • २०७७ भाद्र १, सोमबार १८:११
  • In "समाचार"

Netramani Singh

सम्बन्धित खबर

मोरङको पाँच स्थानमा बर्डफ्लु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

मुआब्जा विवादले बर्दिबासमा रेल्वे निर्माण रोकियो

रास्वपाको झन्डै दुई तिहाइ बहुमत, नयाँ सरकार गठन प्रक्रिया सुरु

उदयपुरमा हुरीबतासको कहर: दुईको मृत्यु, छ जना घाइते

Next Post

भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

जम्मु-काश्‍मीरमा मुस्लिमद्वारा गैर-मुस्लिममाथि विभेद !

भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

मोरङको पाँच स्थानमा बर्डफ्लु

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

इरान-अमेरिका वार्तामा पाकिस्तानले मध्यस्थता गर्दै

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना

इरानसँग वार्ता भएको ट्रम्पको दाबी इरानद्वारा अस्वीकार

लगातार आक्रमण झेलिरहेका खाडी देशले इरानमाथि जवाफी आक्रमण किन गर्दैनन् ?

इजरायलका धेरै क्षेत्रमा इरानको आक्रमण

महानगरद्वारा शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा

इरानले जापानी जहाजहरूलाई हर्मुजको जलडमरूबाट जान अनुमति दिने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version