No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शिक्षक हत्या प्रकरण : विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान

शिक्षक हत्या प्रकरण : विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव विप्लव पनि छन् । शिक्षक श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका विकलाई न्यायाधीश कपिलमणि गौतमको इजलासले सोमबार थुनामा राख्न आदेश दिएको थियो ।

प्रहरीले माघ ७ गते विकलाई मोरङको बूढीगंगाबाट हतियारसहित पक्राउ गरेको थियो । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न कम्पनीका मोबाइल, एक दर्जन सिमकार्ड बरामद भएको थियो ।

हतियार भेटिएपछि सरकारी वकिलको कार्यालयले उनीविरुद्ध हातहतियार खरखजाना, अपहरण र कर्तव्य ज्यान मुद्दा चलाएको थियो । हातहतियार खरखजाना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको थियो । दोस्रो मुद्दामा पनि थुनामै राख्ने आदेश भएको हो ।

शिक्षक हत्या प्रकरणमा घटनामा ४२ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो । तीमध्ये ३५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

विप्लव समूहले सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको थियो । घटना भएकै दिन विप्लव समूहका मेची–कोसी ब्यूरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए ।

विप्लव फरार प्रतिवादी

पछिल्लो समय नेत्रविक्रम चन्दले शान्तिपूर्ण राजनीतिमा आउनका लागि सरकारसँग वार्ता गर्न तयार रहेको विज्ञप्ति जारी गरेका थिए । सरकारसँग वार्ता गर्न तयार रहेको बताएका विप्लवसहित ३४ जना अपहरण र हत्याको घटनाका फरार प्रतिवादी हुन् ।

जिल्ला अदालत मोरङमा कपिलवस्तु शिवराज नगरपालिका–९ का ५३ वर्षीय नेत्रविक्रम चन्द (विप्लव), कालिकोट नरहरीनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), रोल्पाको थवाङ गाउँपालिका– १ का ५२ वर्षीय विशम भनिने सन्तोष बुढामगर, जाजरकोटका ४२ वर्षीय दीपक चलाउने, संखुवासभाको मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विक, मोरङ केराबारी गाउँपालिका–६ का ४५ वर्षीय प्रताप भनिने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका–१ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी र झापा गौरीगञ्ज–१ का २६ वर्षीय सञ्जय राईविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता हुने अन्यमा भोजपुर षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भनिने पुष्पलाल चौलागाई, धनकुटा शहिदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भनिने नवीन राई, धनकुटा पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भनिने विशाल मगर, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भनिने माधव गौतम, संखुवासभा चैनपुर–४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भनिने युवराज राई, भोजपुर ट्याम्केमयुङ–७ का ४१ वर्षीय भीम भनिने कुमार राई छन् ।

यसैगरी खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर, सोलुखुम्बु महाकुलुङ–१ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुंगा लिखु–७ का ३१ वर्षीय अमृत सागर भनिने योगेन्द्र बस्नेत, गोर्खाको अजिरकोट गाउँपालिका–३ का ४१ वर्षीय शिलु भनिने उमा भुजेल, झापा दमक–२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ–१ का ३५ वर्षीय बालकुमार राई भनिने राकेश राई, भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका २५ वर्षीय चाम्स भनिने मिलन राई, संखुवासभा चैनपुर–४ मैदानेका २२ वर्षीय नाति भनिने बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भनिने मनोज भुजेल, ताप्लेजुङ मिक्वाखोला–१ का २३ वर्षीय लुङ्गा भनिने सुदम लुङखिम्बा (लिम्बू) पनि सो मुद्दाका प्रतिवादी हुन् ।

भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री अधिकारी, ताप्लेजुङ मिक्वाखोला–५ का २९ वर्षीय संग्राम भनिने पूर्णबहादुर लिम्बु, धनकुटाका २४ वर्षीय आशिष भनिने विक्रम राई, मोरङ मिक्लाजुङ–१ का २२ वर्षीय बिर्जुम भनिने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला–१ का २५ वर्षीय विशाल लुङखिम्बा लिम्बू, ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का २५ वर्षीय संगम आङदम्बे, भोजपुर पौवादुङमा–४ का २४ वर्षीय अनुस्का राई, ताप्लेजुङका २५ को हेतु साउदेन लिम्बु, इलाम देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौसम भनिने जितमान राई, ४५ वर्षीय अविनाश भनिने डम्बर मगर र मिक्लाजुङ–८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरा फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
डा. बाबुराम भट्टराई अस्पताल भर्ना

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

दुर्घटनाका घाइतेको प्रदेश प्रमुखले गरे उद्धार

दुर्घटनाका घाइतेको प्रदेश प्रमुखले गरे उद्धार

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .