No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फैसला आउने दिन नजिकिएपछि ओली अत्तालिएका छन् : रामचन्द्र पौडेल

फैसला आउने दिन नजिकिएपछि ओली अत्तालिएका छन् : रामचन्द्र पौडेल

सप्तरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउने दिन नजिकिँदा प्रधानमन्त्री केपी शर्मा ओली अत्तालिन थालेको बताएका छन् ।

आइतबार राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले अदालतले संविधान अनुसार फैसला गर्न लागेको आभास ओलीलाई भइसकेको बताए । ‘संविधानमा भएको व्यवस्थालाई टेकेर सर्वाेच्च अदालतले संसद पुनर्स्थापना गर्न लागेको ओलीले थाहा पाइसके’ उनले भने, ‘त्यही भएर उनी अत्तालिए ।’

शनिबार विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए ।

‘ओलीले तिमीहरु मेरो पक्षमा फैसला गर्दैनौं भने आन्दोलन गर्छु भनेका छन् । केपी ओलीले प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने ?, प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलन गर्नुस् ।’

पौडेलले जस्तोसुकै सेटिङ गरेपनि सर्वाेच्चले संविधानको धारा नटेकीकन फैसला नगर्ने दावी गरे । संसद विघटनसम्बन्धी मुद्धा अहिले पनि अदालतमा विचाराधीन रहेकाले कांग्रेसले ठूलो आन्दोलन नगरेको पौडेलले बताए ।

उनले अदालतले संविधानको धारा हेरेरै फैसला गर्ने धारणा राखे । ‘केपी ओलीले भने जस्तो संविधान–संविधान छोडिदेऊ, राजनीतिक निर्णय हो यसलाई सदर गर भनेर हुँदैन’ उनले भने, ‘सर्वाेच्चले हेर्ने भनेको संविधानको धारा हो ।’

पौडेलले संसद विघटन मुद्धामा बहस सकिएकाले अब केही दिनमै पुनर्स्थापना हुने दावी गरे । प्रधानमन्त्री ओलीले अदालतले संसद पुनर्स्थापना गरे आन्दोलन गर्ने भनी दिएको अभिव्यक्ति आपत्तिजनक रहेको पौडेलले बताए ।

‘ओलीले तिमीहरु मेरो पक्षमा फैसला गर्दैनौं भने आन्दोलन गर्छु भनेका छन् । केपी ओलीले प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने ?’ उनले भने, ‘प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलन गर्नुस् ।’

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेल अहिले बुझ पचाएर बोलिरहेको नेता पौडेलले बताए । संविधान बनाउने बेला संसद बिघटनको व्यवस्था नराख्न सहमत भएका उनीहरु अहिले प्रधानमन्त्रीको अन्तरनिहीत अधिकार भनी तर्क गरिरहेको भन्दै उनले विरोध जनाए । ‘प्रधानमन्त्रीको अन्तरनिहीत अधिकार भनेका छन्’ उनले भने, ‘अहिलेको संविधानले त्यस्तो अधिकार दिएको छ ?’

पुनर्स्थापनालगत्तै ओली सकिन्छन्

कांग्रेसले प्रतिनिधिसभाको विघटन असंवैधानिक हो भनी निर्णय गरेको र वडास्तरसम्म आन्दोलन गरेको भन्दै पौडेलले यसमा भ्रम नराख्न आग्रह गरे । ‘असंवैधानिक भनेपछि संवैधानिक बनाउनुपर्छ भन्ने हो । सच्चिनुपर्छ भन्ने नै हो । सच्याउनु भनेको पुनर्स्थापना नै हो’ उनले भने, ‘यसबारे कसैमा भ्रम नहोस् ।’

उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि केपी ओलीको दिन सकिने बताए । ‘सकिन लागेँ भनेर नै अदालतलाई धम्क्याउनेतर्फ लागेका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

Next Post
विप्लवले वार्तामा आउँछु भन्दा केहीलाई छटपटी भयो : प्रधानमन्त्री

विप्लवले वार्तामा आउँछु भन्दा केहीलाई छटपटी भयो : प्रधानमन्त्री

शासक पागल जस्तै हुन सक्छन्, रोक्ने काम अदालतको हो : सिटौला

शासक पागल जस्तै हुन सक्छन्, रोक्ने काम अदालतको हो : सिटौला

मामाको बिहेमा आएका बालकको नालामा डुबेर मृत्यु

मामाको बिहेमा आएका बालकको नालामा डुबेर मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

कांग्रेस संसदीय दल नेताको निर्वाचन बुधबार

महाधिवेशन कार्यतालिकाबारे कांग्रेस बैठकमा जुटेन सहमति

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .