No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेकपा सचिवालय बैठक

नेकपा सचिवालय बैठक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गर्नुभएको कार्यदललाई सकारात्मक रुपमा लिँदै अनुमोदन गर्ने निर्णय गरेको हो । पार्टीमा देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वयले दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गर्नुभएको थियो । .राष्ट्रका लागि पार्टी र सरकार सञ्चालनका सवालमा कार्यदलले दिएको सुझावलाई प्रभावकारी ढंगले काम गर्न दृढताका साथ सहयोग गर्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टी र सरकार भित्र देखापरेको समस्याको समाधान र संकटलाई समाधान गर्न कार्यदल गठन गर्नु उपयुक्त भएको र कार्यदलले दिएको सुझावसहित छिटोभन्दा छिटो समस्या समाधान गर्ने निष्कर्ष बैठकले निकालेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
कार्यदलले दिएको सुझावलाई आधार मानि पार्टी एकताको महाधिवेशनमा जाने गरी तयारी गर्ने पनि बैठकले निर्णय गरेको छ । पार्टीभित्रको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो । अध्यक्षद्वयले गठन गरेको कार्यदललाई वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालय बैठकबाट अनुमोदन गर्नुपर्ने बताउदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

Next Post
अमेरिका-चीनबीच

मध्य एसियाको उर्जा करिडोरमा अमेरिका-चीनबीच प्रतिस्पर्धा

जर्मनीमा रहेका बलुच अधिकारकर्मी

बलुचिस्तानमा भइरहेको मानवअधिकार उल्लंघनका घटनाविरुद्ध जर्मनीमा प्रदर्शन

नेपाल – भारत / संवादको सुरुवात मात्रै होइन समझदारीको नयाँ आधार – डा.भेषबहादुर थापा

नेपाल - भारत / संवादको सुरुवात मात्रै होइन समझदारीको नयाँ आधार – डा.भेषबहादुर थापा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .