No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानमन्त्रीको धम्की : संसद पुनर्स्थापना भए आन्दोलन !

प्रधानमन्त्रीको धम्की : संसद पुनर्स्थापना भए आन्दोलन !

विराटनगर । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासले फैसला गर्नुपूर्व देश निर्वाचनमा गइसकेको सन्देश दिन नेकपा ओली समूहले विराटनगरमा शनिबार सभा गर्‍यो । प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं समूहका अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’

यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले प्रयोग गरेको शब्दको हो- सेटिङ । ओली समूहका नेताहरुले देशभर नै ‘हाम्रो सबैतिर सेटिङ भइसकेको छ, संसद विघटन सदर हुन्छ, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’ भन्दै हिँडेको भन्दै प्रचण्ड-माधव समूहका शीर्षनेताहरुले खबरदारी गर्दै आएका छन् ।

तर, शनिबार बिराटनगरमा ठीक उल्टो सुनियो । चुनाव हुन्छ-हुन्छ भन्ने दाबी गरेका प्रधानमन्त्री ओलीले ‘सेटिङ’मा संसद पुनस्र्थापना भए आन्दोलन गर्ने चेतावनी दिए । ओलीले भने, यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं ।’

अदालतले देशभरको सभा हेरोस्

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भए सांसद किनबेच तथा सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने दाबी गरेका छन् । देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला ।’

ओलीले अगाडि भने, ‘संविधानको मम र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

प्रधानमन्त्री ओली सभास्थलमा पुग्दै गर्दा पूर्वसभामुख समेत रहेका ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको र फागुन ११ देखि १५ गतेभित्र फैसला आउने सुनाइरहेका थिए ।

सिङ जुरो हालिदिएँ

प्रधानमन्त्री ओलीले आफूले सिङजुरो हाल्दिएपछि प्रचण्ड अहङ्कारी बनेको टिप्पणी गरेका छन् । । ‘२-४ सिटमा सिमत हुने प्रचण्डलाई एउटा जुरो हालिदिएको थिएँ । फेरि सिङ हालिदिएको थिए’ उनले भने, ‘लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो । अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन ।’

‘प्रचण्डजीको त मलाई माया लाग्छ, पहिले उहाँसँग बैद्य हुनुहुन्थ्यो,’ उनले अघि भने ‘बैद्यले छाड्नुभयो । त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले पनि छाड्नुभयो । अहिले त झाँक्री लिनु भा’को छ, झाँक्रीले अब बचाउन सक्दैन ।’ उनले झाँक्री भनेर प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कटाक्ष गरेका हुन् ।

कार्यकर्ता आउँदैछन्

शनिबारको सभामा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की प्रदेशसभा सदस्य उषाकला राई आफ्नो समूहमा फर्किएको औपचारिक जानकारी दिइयो ।

तत्कालीन एमालेमा माधवकुमार नेपाल निकट मानिएका तामाङ र राई नेकपा विभाजन हुँदा ओली समूहतिर थिए । तर, केहीदिनमै प्रचण्ड-माधव समूहमा लागे । तामाङ-राई दम्पत्ति शनिबार फेरि ओली समूहतिरै लागेका छन् । प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको पार्टीमा नेता-कार्यकर्ता र्फकने क्रम जारी रहेको बताए ।

सभासभालाई सम्बोधन गर्दै ओली समूहका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादलले अस्थिरता सृजना गर्न खोजिएपछि प्रतिनिधिसभा भङ्ग गरेर ताजा जनादेशमा जाने निर्णय भएको बताए । ताजा जनादेशमा जाने निर्णय अग्रगामी भएको बताउँदै उनले अवसरवादीहरुले अस्थिरता सिर्जना गर्न खोजेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
‘सार्वजनिक स्थानमा जनतालाई रोक्न पाइन्न’

‘सार्वजनिक स्थानमा जनतालाई रोक्न पाइन्न’

कलेज जीवनलाई कसरी बनाउने स्मरणिय ?

कलेज जीवनलाई कसरी बनाउने स्मरणिय ?

गजेन्द्र र सन्तोषीलाई धरान रनमा उपाधि

गजेन्द्र र सन्तोषीलाई धरान रनमा उपाधि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .