No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘सार्वजनिक स्थानमा जनतालाई रोक्न पाइन्न’

‘सार्वजनिक स्थानमा जनतालाई रोक्न पाइन्न’

काठमाडौं । कात्तिक २०७६ देखि तीन महिना ‘अकुपाई टुँडिखेल’ अभियान चल्यो । मानव साङ्गोले टुँडिखेल घेर्नेदेखि ‘जनताको डोजर’ लैजानसम्मका कार्यक्रम भए । त्यही दबावसँगै खुलामञ्च अतिक्रमण गर्ने गरी बनाइएका सटरहरुमा काठमाडौं महानगरपालिकाले ५ फागुनमा डोजर लगायो ।

त्यसयता गुमनाम जस्तै भएको ‘अकुपाई टुँडिखेल’ अभियान शुक्रबार ७ फागुनदेखि फेरि ब्यूँतिएको छ । प्रतिनिधिसभा विघटन प्रतिगमन भएको निष्कर्षसहित आन्दोलनरत वृहत नागरिक आन्दोलनले पनि शुक्रबार नै टुँडिखेल मार्च राखेको थियो ।

मार्च सुरु हुनुभन्दा केही घण्टा अगाडि ‘अकुपाई टुँडिखेल’ अभियानले खुलामञ्चमा समीक्षा कार्यक्रम र खुलामञ्चको पूर्वी गेटमा फोटो प्रदर्शनी गरेको छ । लगतै नागरिक आन्दोलन र ‘अकुपाई टुँडिखेल’ अभियानका अभियान्ताहरुले टुँडिखेल मार्च निकालेका छन् ।

यसै सन्दर्भमा ‘अकुपाई टुँडिखेल’ का संयोजक बिजय श्रेष्ठसँग गरिएको छोटो कुराकानी ः

अकुपाई टुँडिखेल अभियान फेरि सुरु भएको हो ?

हाम्रो अभियान कोभिड-१९ का कारण रोकिएको थियो । अहिले त्यसलाई निरन्तरता दिइएको मात्र हो ।

यसअघि दरबार हाईस्कुलका प्रधानाध्यापक र वीर अस्पतालका निर्देशकलाई भेटेर खुलामञ्चमा भएको सामान हटाइदिन अनुरोध गर्‍यौं । आजबाट अलि बृहत रुपमा निस्किएका हौं ।

प्रजातन्त्र दिवसको दिन रोज्नुको कारण ?

नेपालको हरेक राजनीतिक परिवर्तनको उद्घोष टुँडिखेलबाट भएको छ । प्रजातन्त्रको घोषणा पनि टुँडिखेलमा भएको थियो । त्यसले आजको दिनलाई विशेष दिन मानेका हौं ।

खुलामञ्चबाट शुरु गर्नको पनि आफ्नै विशेषता छ । हरेक राजनीतिकर्मीले खुलामञ्चमा भाषण गरेका छन् । धेरै आन्दोलनको शुरुवात खुलामञ्चबाट भएको इतिहास छ । राजनीतिक रुपमा स्थापित व्यत्तित्वहरुले खुलामञ्च नर्बिसिउन भनेर त्यहाँ गरेका हौं । त्यहीँबाट उनीहरुलाई झकझक्याउन खुलामञ्च रोजेका हौं ।

अकुपाई टुँडिखेल र ‘प्रतिगमन’को चाँहि के सम्बन्ध छ ?

दुबै अतिक्रमण नै हो । यद्यपि हामीले सम्बन्ध खोजेर आन्दोलन गरेको होइन । प्रतिगमनविरुद्घ आवाज उठाइरहेको नागरिक समाजले हाम्रो अभियानमा ऐक्यवद्घता जनाएको मात्र हो । यसअघि पनि उहाँहरुले साथ दिनु भएकै हो ।

अब तपाईंहरुको अभियान कसरी अगाडि बढ्छ ?

यो हाम्रो अभियान हो, आन्दोलन होइन । त्यसले यसरी नै अगाडि बढ्छ भन्ने निश्चित योजना छैन । हामी निरन्तर अभियानमा छौं । हाम्रो एउटै मात्रै माग रानीपोखरीदेखि दशरथ रंगशालासम्म जनताको सहज पहुँचमा हुनुपर्छ भन्ने हो । यहाँ अतिक्रमण गरेर निर्माण गरिएका भवनहरु भत्काइनुपर्छ, सेनाले पनि छोड्नुपर्छ । कुनै पनि वाहानामा सार्वजनिक स्थानमा जनतालाई रोक लगाइनु हुन्न । त्यो नभएसम्म अकुपाई टुँडिखेल अभियान चलाउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
कलेज जीवनलाई कसरी बनाउने स्मरणिय ?

कलेज जीवनलाई कसरी बनाउने स्मरणिय ?

गजेन्द्र र सन्तोषीलाई धरान रनमा उपाधि

गजेन्द्र र सन्तोषीलाई धरान रनमा उपाधि

साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता

आइतबार भारतबाट आउँदैछ १० लाख डोज कोरोना खोप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .