No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

साप्ताहिक समीक्षा : बैंकिङमा क्षेत्रले चम्कायो सेयर बजार !


साप्ताहिक समीक्षा : बैंकिङमा क्षेत्रले चम्कायो सेयर बजार !

काठमाडौं । नेपाली उखान छ, दिउँसोको संकेत विहानीले गर्छ । फागुन पहिलो साताको सेयर कारोबारको हकमा भने यो लागू भएन । साताकोमात्रै महिनाकै पहिलो कारोबार आइतबार पहिरो गएको सेयर बजार साताको अन्तिम दिन भने उकालो लाग्यो ।

समग्रमा बजार फागुन पहिलो साता १ सय ४३ दशमलव ०९ अंकले बढेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । साताको पहिलो कारोबार आइतबार ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको थियो ।

नेप्से परिसूचककै हाराहारीमा यो साता बैंकिङ समूहको सवइन्डेक्स बढेको छ । १ सय ४३ दशमलव ०९ अंकले समग्रमा नेप्से परिसूचक बढ्दा बैंकिङ समूहको सबइन्डेक्स १४३.५५ अंकले बढेको छ । यो साता अन्य क्षेत्रको तुलनामा बैंकिङमा धेरै आकर्षण भए ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा पनि गत आइतबारमात्रै नेपाल राष्ट्र बैंकले गरेको थियो । समीक्षाको असर पनि सेयर बजारमा देखिएको छ । आइतबार लघुवित्त समूह घटेर राताम्मे देखिएको थियो । मौदि्रक नीतिको आइतबार साझ सार्वजनिक भयो । त्यसपछि सोमबार खुलेको बजारमा भने उल्लास देखियो ।

अन्य समूहमा निकै ठूलो उतारचढाव आए पनि बैंकिङ समूह भने यो साता सकारात्मक देखियो । सेयर बजारका विश्लेषक प्रकाश तिवारी अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रमा जोखिम कम रहेको बताउँछन् । यसकारण पनि अहिले बजारलाई सकारात्मक असर परेको उनको बुझाइ छ ।

माइक्रोफाइनान्स तथा बिमा कम्पनीहरुमा तुलनात्मक हिसाबले जाखिम धेरै हुन्छ । सेयर परिमाण थोरै हुने हुँदा यी कम्पनीहरुको सेयर मूल्य घटबढ घराउन ठूला लगानीकर्ताहरुको भूमिका हुन्छ । तर बैंकिङ समूहको सेयर मूल्य घटबढ गराउन सहज नभएको विश्लेषक तिवारी बताउँछन् । केही बैंकहरुको सेयर मूल्य अस्वभाविक रुपले बढे पनि समग्रमा बैंकिङ इन्डेक्स राम्रै अवस्थामा रहेको उनको बुझाइ छ ।

अहिले यो समूह बढ्दा पनि थोरै बढ्ने र घट्दा पनि थोरै घट्ने गरेको छ । यो राम्रो पक्ष रहेको उनले बताए । बिचमा मर्जरको हल्ला चलाएर केहि बैंकहरुको सेयर मूल्य बढाइएको थियो ।

‘सिभिल बैंक मर्जरमा जान्छ भनेर हल्ला गरियो, त्यस पछि एनसीसी बैंक’ उनी भन्छन्, ‘त्यस्ता हल्लाले पनि धेरै ठूलो असर गरेको छैन, मूल्य थोरै मात्रै तलमाथि भइरहेको छ ।’ केही बैंकहरुले जग्गा तथा अन्य सम्पत्ति बेचेर धेरै नाफा देखाउने तिर पनि लागेको उनले बताए । जसले गर्दा ति बैंकहरुको सेयर मूल्य निकै बढेको छ ।

‘एनआईसी एशिया बैंकमा जस्तो जग्गा बेचेर नाफा देखाउने काम भइरहेको छ, त्यसले सेयर मूल्य बढेको छ तर समग्रमा बैंकिङ क्षेत्रमा आएको मुभमेन्ट अर्गानिक हो’ विश्लेषक तिवारी भन्छन् ।’ लगानी र प्रतिफलका हिसाबले बैंकिङ क्षेत्र नै राम्रो रहेको उनी बताउँछन् । तर कुनै समूहले चलखेल गर्नसक्ने सम्भावना कम रहेकाले निकै ठूला उछाल नै भने यो क्षेत्रमा नआउने उनी बताउछन् ।

आइतबारको पहिरो, सोमबारको उल्लास

साताको पहिलो दिन आइतबार बजारमा ३३ अंकको पहिरो गयो । पहिरो कारोबारले निराश बनेका लगानीकर्ताको मुहारमा सोमबार भने उल्लास छायो । पहिले आइतबारकै कारोबारको चर्चा गरौं ।

आइतबार म्युचुअल फण्ड बाहेकका सबै समूहहरुको सक-इन्डेक्स घटेर बजार राताम्मे देखिएको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेर २ हजार ४ सय ९३ दशमलव ५९ अंकमा झरेको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.३१ प्रतिशतले ओरालो लागेकोको छ । केहि दिन अघि लगातार १० अर्ब नाघेको कारोबार रकम आइतबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका भएका ५८ हजार ३ सय ९ कारोबारबाट २०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँ भन्दा बढी भएको छ ।

आइतबार धेरै गुमाउनेमा लघुवित्त कम्पनीहरु धेरै देखिए । यो समूहको सब इन्डेक्स १ दशमलव ८३ अंकले ओरालो लागेको थियो । आइतबाररै साझ राष्ट्र बैंकले मौदि्रक नीतिको समीक्षा गर्‍यो । जसको प्रभाव सोमबारको सेयर बजारमा देखियो ।

सोमबार लघुवित्त समूहको सब इन्डेक्स धेरै बढ्दा सेयर बजारमा उत्साह छायो । मौदि्रक नीतिले सेयर धितो कर्जामा कडाइ गर्ने चर्चा चलेको थियो । तर, सेयर धितो कर्जाको विद्यमान व्यवस्था यथावत राखेको छ । यसले पनि बजारलाई सकारात्मक असर परेको हो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ९२.४२ अंकले उकालो लागेर २ हजार ५ सय ८६ दशमलव ०१ अंकमा पुगेको छ ।

कारोबार रकममा उत्साह नै देखिएको छ । दिनभर २ करोड २४ लाख भन्दा धेरै कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ माथि कारोबार पुग्यो । सबैभन्दा धेरै कमाउने कम्पनीहरुमा पनि लघुवित्त वित्तीय संस्थाकै लगानीकर्ताहरु देखिए । सबै समूहका सबइन्डेक्सहरु बढेर हरियाली छाएका छन् । नेप्सेमा सूचीकृत २१५ कम्पनी मध्ये ६ कम्पनीको मात्रै सेयर मूल्य घटेको थियो ।

…त्यसपछि लगातार उकालो

आइतबार एक दिन घटे पनि त्यसपछि भने बजार लगातार उकालो लाग्यो । सबै दिन बैंकिङ समूहमा नै धेरै आकर्षण देखियो । मंगलबार परिसूचक १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकियो ।

कारोबार रकम पनि १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँ पुग्यो । यसदिन बजार बढे पनि अधिकांश कम्पनीहरुको सेयर मूल्य भने घटेको थियो । धेरै कमाउनेमा भने बैंकका लगानीकर्ताहरु देखिए । बैंकिङ समूहको सब-इन्डेक्स ३८ दशमलव ४१ अंकले वृद्धि भएको थियो भने विकास बैंक ६.४७ अंकले बढ्दा व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा कम्पनी तथा लघुवित्त समूहको सब इन्डेक्स पनि घटेको थियो ।

बुधबार पनि बढ्ने क्रम जारी नै रहृयो । यस दिन नेप्से परिसूचक करिब १० अंकले उकालो लागेको छ । बैंकिङ, विकास बैंक र व्यापार समूहका सबइन्डेक्स बढ्दा समग्रमा नेप्से परिसूचक ९.९४ अंकले बढेर २ हजार ६ सय ११ दशमलव ४५ अंकमा पुगेको छ । होटल, हाइड्रोपावर, फाइनान्स, बिमा र लघुवित्त समूहहरुको सबइन्डेक्स भने घटे । कारोबार रकम भने यस ८ अर्ब ३ करोड ५५ लाख रुपैयाँमा सीमित भयो ।

बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण बिहीबार पनि कायमै रहृयो । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा र लघुवित्तहरुको सबइन्डेक्स भने घटेर राताम्मे देखिए । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । बैंकिङ सबइन्डेक्स १.२२ प्रतिशतले बढेको छ । निर्जिवन बिमा समूहको सबइन्डेक्स भने ०.३८ प्रतिशतले घटेको छ भने जीवन बिमाको ०.६२ प्रतिशतले घटेको थियो ।

डेढ अर्बको सेयर थपियो

फागुन पहिलो साता सेयर बजारमा करिब डेढ करोड कित्ता अर्थात डेढ अर्ब अंकित मूल्य बराबरको सेयर सूचीकृत भएको छ । यस साता अपी पावर कम्पनी लिमिटेड, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, हिमालय डिस्ट्रिलरी, अरुण भ्याली हाइड्रोपावर, एनएलजी इनस्योरेन्स र लक्ष्मी लघुवित्तको सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेमा आइतबार अपी पावर कम्पनी लिमिटेडको १७ लाख २० हजार ५६१ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको थियो भने मुक्तिनाथ विकास बैंक लिमिटेडको बैंकको ४८ लाख ६५ हजार ६१३ दशमलब १७ कित्ता बोनश सेयर सूचीकृत भयो ।

यसैगरी कामना सेवा विकास बैंक लिमिटेडको ११ लाख १७ हजार ६८३ दशमलब ७९५७ कित्ता, हिमालय डिस्टि्रलरीको २८ लाख ९२ हजार ३४१ दशमलब २५ कित्ता, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख ९९ हजार १६२ कित्ता, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ लाख १७ हजार २२५ कित्ता र लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडको ४ लाख १७ हजार ४५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
संसद विघटन मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

संसद विघटनमा अब फैसला बाँकी, सर्वोच्चमा दुई महिना के–के भयो ?

मालपोत कार्यालयमा मन्त्री र ‘विचौलिया’को जम्काभेट

मालपोत कार्यालयमा मन्त्री र ‘विचौलिया’को जम्काभेट

मैले सिङजुरो हालिदिएँ, प्रचण्ड अहंकारी बन्नुभयो : ओली

मैले सिङजुरो हालिदिएँ, प्रचण्ड अहंकारी बन्नुभयो : ओली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .