संजय यादव, गोलबजार, सिरहा
फागुन ५, बुधबार
सिरहा जिल्ला गोलबजारका एक हस्ती राधेश्याम अग्रवाल सदाकोे लागि अलविदा भएको छ । गोलबजार नगरपालिका वार्ड नम्बर ४ आफ्नै निबासमा गोलबजार विकासको लागि अहोरात्र खटिने समाजसेवी राधेश्याम अग्रवालकोे बुधबार बिहान निधन भएको छ । लामो समयदेखि ब्रेनह्याम्रेजबाट पिडित गोलबजार उद्योग व्यापार संघका संस्थापक उपाध्यक्ष समेत रहेका अग्रवालको बिहान खाजा खाने बेलामा असजिलो महसुस भई बेहोस भएसंगैै सदाको लागि हामीबाट बिदा भएको पारिवारिक स्रोतले जनाएको हो । अग्रवाल गोलबजारका अग्रज व्यवसायी मात्र थिएन, अधिकार र पहिचानकोे आन्दोलनमा सधै सक्रिय रही गोलबजारबाट नेतृत्वदायी भूमिका निभाउँदै आएको उनी निकट स्रोतले बताएका छन् । मधेशका मसिहा भनेर चिनिएका तत्कालीन नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको विश्वासपात्र रही अग्रवाल मधेस र मधेसीको अधिकार र पहिचानको लागि अहोरात्र खटदैै निरंकुश शासकहरूको निशाना बनी रहेको गोलबजार नगरपालिका वार्ड नं ८ निवासी मुकुन्द यादवको भनाई रहेको छ । नेपाल सदभावना पार्टीमा रहँदै मधेश र मधेशीको हकअधिकारको लागि लड्दै संगठन विस्तार गर्नुको साथै व्यवसायलाई पनि नरिन्तर अगाडि बढाउँदै आएकोे उनी निकट स्रोतले बताए । अग्रवाल राजनीतिमा सक्रिय हुँदै तत्कालीन असनपुर गाविसका निर्वाचित वडा अध्यक्ष समेत भएको बुझिएको छ । अग्रवालको निधन ले पुरै गोलबजार शोकमग्न भएको र गोलबजारको एक हस्ती सदाकोलागि अस्ताएकोले ठूलो क्षती र अभाव खट्किएको स्थानीय व्यवसायीहरूको कथन रहेको छ ।
यता स्व. अग्रवालको कान्छा छोरा उद्योग ब्यापार संघ गोलबजारका अध्यक्ष एवं सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेका भरत अग्रवालले बुवाको निधनले अत्यन्तै मर्माहित भएको बताए । बुवाको कुशल अभिभावकत्वले नै आज हामी यहाँ सम्म सफलतापूर्वक आउन सकेको बताए । गोलबजारको व्यावसायिक विकासमा पनि स्व. अग्रवालको उच्च योगदान रहेको बुझिएको छ । गोलबजारका स्थानीय ब्यापारीहरुले एक स्वरमै भावुक भई भने, आफुहरुले एक कुशल अभिभावक गुमाएको र सधै उहाँको अभाव महसुस भईरहने बताउँछन् । स्व. अग्रवालको एक पत्नी सत्यवाला अग्रवाल तीन छोरा राजेश अग्रवाल, आनन्द र भरत अग्रवाल छोरी प्रेमलता अग्रवाल रहेको बुझिएको छ । स्व. अग्रवालको हिन्दु परम्परा अनुसार मैनावती नदीको घाटमा अन्तिम संस्कार गरिएको छ ।