चितवन । नेपाल कम्युनष्ट पार्टी नेकपाका आन्दोलनरत पक्षका अध्यक्ष पुष्पकमल दाहालले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने दाबी गर्नु भएको छ ।
चितवनको भरतपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले असंवैधानिक र अलोतान्त्रिक ढंगले निर्वाचन गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने जिकीर गर्नु भएको हो । संविधान भत्काएर हुने निर्वाचन अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उहाँको दाबी छ । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उहाँको भनाई थियो ।
अदालतले संसद पुनःस्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दावी नरहने बताउँदै अध्यक्ष दाहालले प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिने बताउनुभयो । नेपाली कांग्रेस र जसपासँग मिलेर केही समयपछि नै संयुक्त आन्दोलन गर्ने तयारी भएको उहाँको भनाइ छ ।
संसद विघटनको विरोधमा केपी ओली पक्षका ९० प्रतिशत सांसदसमेत रहेको उहाँको दाबी छ ।
