• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गृहमन्त्रीको राजीनामा माग्दै दाङमा प्रदर्शन


गृहमन्त्रीको राजीनामा माग्दै दाङमा प्रदर्शन

दाङ । महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा (बादल) को राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सन्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

बालिका र महिलामाथि भैरहेका जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको उल्लेख गर्दै उनीहरुले आइतबार दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा बलात्कारजस्ता जघन्य अपराध गर्नेलाई जोगाउने सबैलाई समेत दण्डित गर्ने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन गर्न, शून्य सहनशीलताको नीतिलाई नागरिकले अनुभूति गर्नेगरी व्यवहारतः लागू गर्न, बलात्कारको कसूर गर्नेलाई सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था गर्न, बलात्कारका अपराधमा देखिएको फितलो अनुसन्धान, असंवेदनशील कार्यशैली, घटनालाई हलुका रुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गर्न माग गरिएको छ ।

बलात्कार पीडितको न्यायका लागि ज्ञापनपत्र बुझाउन जानुअघि घोराहीको तुलसीपुर चोकबाट र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरुले सरकारको विरोधस्वरुप कालो कपडा लगाएका थिए । उनीहरुले ‘महिला हिंसा बन्द गर’, ‘महिला हिंसाविरुद्ध एक होऔं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

महिला मानव अधिकार रक्षक सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नागरिक समाज दाङ, मानव अधिकार सञ्जालको अगुवाइमा भएको खबरदारी र्‍यालीमा पत्रकार महिला मञ्च, महिला पुनस्र्थापना केन्द्र (ओरेक), सक्षम महिला सामदायिक संस्था, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), स्वच्छ नेपाल, मेचीकाली संयुक्त बुहारी आवाज र दाङ महिला जेसीजले ऐक्यबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बटेश्वर गाउँपालिकामा लागूऔषध नियन्त्रण गर्न यूवाहरुको ज्ञापन
  • २०७७ फाल्गुन ३, सोमबार १२:२०
  • In "BannerNews"
  • जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता
  • २०७७ फाल्गुन ३, सोमबार १२:२०
  • In "BannerNews"
  • ‘भ्रष्ट मुख्यमन्त्री राउत राजीनामा दे’ भन्दै जनमत पार्टीका कार्यकर्ताले घेरे कार्यालय
  • २०७७ फाल्गुन ३, सोमबार १२:२०
  • In "मधेश प्रदेश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस

श्रीमद् भागवत पुराणलाई नेपालीमा अनुवाद गर्ने उदयचन्द्र वशिष्ठको निधन

प्रतिगमनविरुद्ध नाटक देखाउन खोज्दा प्रहरीले रोक्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version