• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गगनको गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ


गगनको गर्जन : हिम्मत छ भने हामीलाई पनि राज्यद्रोहको मुद्दा लगाऊ

विराटनगर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्यद्रोहको मुद्दा लगाउन चुनौती दिएका छन् । विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि घर पठाउनेसमेत बताए ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार विहान पक्राउ गरेको थियो ।

राष्ट्रपतिका विषयमा बोलेकै भरमा रामकुमारी झाँक्रीलाई राज्यद्रोहको मुद्दा लगाउने तयारी गरेको भन्दै उनले आफूले पनि राष्ट्रपतिका विषयमा बोलेको बताए । नेपाली कांग्रेस विराटनगर महानगरसमितिको कार्यक्रममा थापाले भने, ‘राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो । उहाँ (विद्या भण्डारी) ले संस्थाको गरिमा राख्न सक्नुभएन । संसद् पुनर्स्थापना भएपछि राष्ट्रपतिलाई घर फिर्ता पठाउने हो ।’

‘मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ’ उनले अघि भने, ‘महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’

उनले २०६२/२०६३ को जनआन्दोलनका क्रममा आफू लगायतका विद्यार्थी नेताहरुमाथि राज्यद्रोहको मुद्दा लागेको क्षण सम्झिाए ।

राजाविरुद्ध अमर्यादित नारा लगायो भनेर आफूमाथि मुद्दा लागेको भन्दै उनले भने, ‘मेरो मुद्दामाथि बहस हुँदै गर्दा नेपाल विद्यार्थी संघका साथीहरु अदालत परिसरमा आएर त्यही नारा लगाए, जुन नारा लगाउँदा ममाथि मुद्दा लागेको थियो । मेरो वकिलले भन्नुभयो श्रीमान एकछिन अदालतमा मौनता चाहन्छु । अदालतमा सन्नाटा छायो, तलबाट नारा लागिरहेको थियो । मेरो वकिलले भन्नुभयो श्रीमान गगन थापालाई राजद्रोही भन्ने हो भने यी सबैलाई राजद्रोही भन्नुपर्छ ।’

‘त्यसो भन्ने वलिक को हुनुहुन्थ्यो थाहा छ ? सुवास नेम्वाङ हुनुहुन्थ्यो । आज बालुवाटारको दुलोमा लुकेर बस्नुभएको छ’ थापाले अघि भने, ‘श्रीमान्, तपाई बदलिनु भयो होला, हामी बदलिएका छैनौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने नयाँ नियम ल्याउन लागेको बताउँदै उनले त्यसको पनि विरोध गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्रपतिबारे बोल्न पाइन्छ : कांग्रेस नेता घिमिरे
  • २०७७ माघ २९, बिहीबार १७:२०
  • In "कोशी प्रदेश"
  • साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री
  • २०७७ माघ २९, बिहीबार १७:२०
  • In "देश"
  • रामकुमारी झाँक्री पक्राउ
  • २०७७ माघ २९, बिहीबार १७:२०
  • In "समाचार"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री

ज्वाईंले धारिलो हतियार प्रहार गर्दा महिलाको मृत्यु

राष्ट्रपति र प्रधानमन्त्री नै राज्य होइनन् : भीम रावल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version