• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पिसाब गर्न गएकी बालिकामाथि सामूहिक बलात्कार


पिसाब गर्न गएकी बालिकामाथि सामूहिक बलात्कार

विराटनगर । मोरङमा पिसाब गर्न घरबाट निस्कएकी बालिका सामूहिक बलात्कारमा परेकी छन् । मोरङको जहदा गाँउपालिका– १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

पिसाब गर्न निस्किएकी बालिका नफर्किएपछि अभिभावकले खोजी गर्दा दुई जनाले जबर्जस्ती मोटरसाइकलमा राखेर लगेको खुलेको थियो । गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्रहरीले जानकारी पाएको थियो ।

करिब तीन घण्टापछि सम्पर्कमा आएकी बालिकाले आफू बलात्कारमा परेको बताएकी थिइन् । मोटरसाइकलमा लिएर गएकाहरुले बालिकालाई घर छेउमा ल्याएर छाडेका थिए ।

घटनामा प्रयोग भएको को २२ प १८१६ नम्बरको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय रानी, विराटनगरका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

‘बालिकालाई लगेपछि गाउँलेहरु खोजी गर्न निस्किएछन् । गाउँले निस्कदा हल्ला भयो’ थापाले भने ‘हल्ला भएपछि आरोपीहरु मोटरसाइकल छाडेर भारत भागे ।’ घटनामा संलग्नहरुको पहिचान भइसकेको बताउँदै उनले खोजी कार्य सुरु गरेको बताए ।

घटनास्थल नेपालभारत सीमा क्षेत्रबाट करिब दुई किलोमिटर नेपालतर्फ पर्छ । हल्ला भएपछि उनीहरु राति नै भारततर्फ भागेको प्रहरीको आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई युवकको खोजी गरेको छ । ‘सोमबार दिउँसो उनीहरु मोटरसाइकलमा घुमिरहेका थिए’ बालिकाका छिमेकीले भने ‘दुबैजना छिमेकी टोलका हुन् ।’

समयमा नै थाहा पाउन नसक्दा आरोपी भागेका प्रहरीको भनाइ छ । ‘गाँउलेले सुरुमा जानकारी गराएको भए घटनामा संलग्नहरु राति नै पक्राउ पर्थे,’ प्रहरी निरीक्षक थापाले भने ‘मोटरसाइकल चाहिँ भेटिएको छ, आरोपीको खोजी कार्य जारी छ ।’

बालिकाको तर्फबाट इलाका प्रहरी कार्यालय रानीमा मंगलबार जाहेरी दर्ता भएको छ । बालिकाको स्वास्थ्य परीक्षणका लागि माइती नेपालको सेफहाउसमा राखिएको प्रहरी निरीक्षक थापाले बताए ।

कानेपोखरीमा बलात्कृत किशोरी बेहोस

मोरङको कानेपोखरीमा पनि एक किशोरी बलात्कृत भएकी छन् । १७ वर्षकी किशोरी बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । गत बिहीबार राति भएको उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीलाई पक्राउ गरेको छ ।

चौधरीसँग किशोरीको दुई साताअघि चिनजान भएको थियो । गत बिहीबार किशोरीलाई घरमा बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भोलिपल्ट बिहान चौधरीले युवतीलाई घर पठाएका थिए । तर युवती चौधरीकै घरनजिक बेहोस भएर लडेकी थिइन् ।

त्यसपछि स्थानीय बासिन्दाले उपचारका लागि लगेपछि किशोरीमाथिको बलात्कारको घटना सार्वजनिक भएको थियो । कोसी अस्पताल विराटनगरमा उपचार पछि उनी घर फर्किएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भक्तपुरमा बसभित्रै किशोरीमाथि सामूहिक बलात्कार
  • २०७७ माघ २८, बुधबार १५:०८
  • In "देश"
  • महोत्तरीमा दलित महिलालाई घरबाटै उठाएर लगि सामूहिक बलात्कार गरी हत्या, दुईजना पक्राउ
  • २०७७ माघ २८, बुधबार १५:०८
  • In "मधेश प्रदेश"
  • जनकपुरबाट ४ वर्षीया बालिकालाई अपहरण गरि १५ लाख रुपैयाँ फिरौती माग्नेहरु
  • २०७७ माघ २८, बुधबार १५:०८
  • In "BannerNews"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

दलहरुलाई खनालको आग्रह : आउनुस्, संयुक्त आन्दोलन गरौं

प्रचण्डले भने : केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?

निर्वाचन आयोगलाई माधव नेपालको आग्रह : ४४१ लाई बोलाएर टाउको गने हुन्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version