काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता जीवनराम श्रेष्ठले गुठी व्यवस्था मास्न सरकारले भूमाफियासँग मिलेर अध्यादेश ल्याएर खोजेको भन्दै विरोध गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै श्रेष्ठले अध्यादेश नल्याउन खबरदारी गरे । यसअघि काठमाडौंमा भएको आन्दोलनकै कारण सरकारले गुठी विधेयक फिर्ता लिएको थियो । उनले अघि भने, ‘फास्ट ट्र्याकका नाममा सभ्यता खत्तम गर्न खोजिएको छ, त्यो सफल हुन दिँनौं ।’