No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानमन्त्रीको ‘शाकाहारी’ भाषण : न उखान, न गाली !

प्रधानमन्त्रीको ‘शाकाहारी’ भाषण : न उखान, न गाली !

काठमाडौं । नेकपा विभाजनपछि आफ्नो समूहले गर्ने हरेक कार्यक्रममा अर्का समूहका नेताहरू विरुद्ध आगो ओकल्दै आएका प्रधानमन्त्री केपी ओली शुक्रबार भने तुलनात्मक रुपमा नरम देखिए । करिब ५० मिनेट बोलेका उनले सभामा कुनै उखान टुक्का पनि सुनाएनन् ।

सरकार पक्षबाट सभा आयोजना गरिनुको मूल उद्देश्य अर्का समूहका नेताहरूले दिएको लल्कारको जवाफका लागि भएको ओलीको प्रष्टोक्ति थियो । तर, यसअघिका कार्यक्रममा जस्तो न ओलीमा उत्साह देखियो, न त कुनै नेताविशेष आक्रमण । जब कि, बितेको डेढ महिनामा ओलीले नामै किटेर क्यारिकेचर गर्नेदेखि विभिन्न उखान टुक्कामार्फत् विपक्षीमाथि खनिने गरेका थिए ।

तर, शुक्रबार बागमती प्रदेश कमिटीले आयोजना गरेको सभालाई सम्वोधन गर्ने क्रममा ओलीले त्यस्तो केही पनि गरेनन् । बरू, मूलतः तीनवटा राजनीतिक विषय प्रट्याउने काम प्रष्ट्याउने प्रयास गरे– संसद् विघटन गर्नुपर्ने कारण । तीन वर्षमा सरकारले काम । र, आम नागरिकमा निर्वाचनको अपिल ।

प्रचण्ड–माधव समूहले माघ ९ मा काठमाडौंमा गरेको जनप्रदर्शनपछि आजको सभाबाट नयाँ सन्देश दिने र एउटा छुट्टै माहौल सिर्जना गर्ने ओली समूहको तयारी थियो । प्रचण्ड–माधव समूहको सभालाई रत्नपार्कतिर दुई÷हजार हजार भेला भएको र वास्तविक सभा कस्तो हुन्छ त्यो २३ गते देखाउने भनेर ओलीले सार्वजनिक उद्घोष गरेका थिए ।

अझ कार्यक्रमको तयारी समितिका संयोजक एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबारको कार्यक्रमलाई रहस्यमय बनाउने काम गरेका थिए । कार्यक्रमबारे आयोजना दिन गरिएको पत्रकार सम्मेलनमा श्रेष्ठले प्रधानमन्त्री नयाँ कुरा भन्ने तयारीमा रहेको मात्रै बताएका थिएनन्, राजावादी अर्थ राख्ने गरी मदन भण्डारीको अडियोसहित सभामा सहभागी हुन अपिल गरेका थिए ।

सभाको तयारीअन्तर्गत बुधबार मोटरसाइकल र्‍याली गर्दै तीन लाख मानिस उतार्ने नेता महेश बस्नेतको घोषणाले पनि आजको सभालाई चासोका साथ हेरिएको थियो ।

तर, सभा शुरु हुनुअघिबाटै सो समूहका नेताहरुमा उत्साह देखिएन । ओलीभन्दा अघि सम्बोधन गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल हडबडमा देखिन्थे । मण्डलले केपी ओली गौतम बुद्धको उत्तराधिकारीजस्तै भएको भन्नुबाहेक अरु धेरै नबोलेर संक्षिप्त सम्बोधन सके । यसको कारण मौसम प्रतिकुल हुनु पनि थियो । पानी पर्ने संकेत देखिएपछि मञ्चमा रहेका नेताहरू चिन्तित देखिएका थिए । प्रमुख वक्ता ओलीले पनि ५० मिनेटमात्रै सम्बोधन गरेकाले कार्यक्रम साढे तीन नबन्दै सकियो ।

गुगल सर्च गरेर इञ्जिनियरको सहयोगमा कार्यक्रमस्थल तय गरिएको भनिए पनि मंसिर २३ मा पानी पर्न सक्ने मौसमको अनुमान चाहिँ कार्यक्रममा आयोजकहरुले विचार पुर्‍याएको देखिएन ।

प्रधानमन्त्रीको अपिल

इतिहासको प्रशंग ल्याउँदै हरेक क्षेत्रलाई गाली गर्ने ओली आज भने शुरुबाटै अपिलको भाषामा बोलेका थिए । इतिहासकै ठूलो जनप्रदर्शन गरेको दाबी गरेका उनले सहभागीहरुलाई धन्यवादबाट भाषण शुरु गरे । ‘इतिहासमा कहिल्यै नभएको, इतिहासकै सबभन्दा ठूलो जनसभा हो’, उनले भने ।

आफूले गरेको काम, सरकारलाई काम गर्न नदिएकाले संसद् भंग र अब समृद्धिको यात्रामा अगाडि बढ्न ओलीले साथ दिन आग्रह गरेका थिए । सभाका कारण असर गरेको भन्दै सबै क्षेत्रसँग माफी माग्दै अर्को समूहको भ्रममा नपर्न आग्रह गरे ।

‘नयाँ पिँढीलाई आग्रह गर्छु, भविश्य तपाइँहरुको हो । भ्रममा परेर देशलाई गलत बाटोमा दिशामा जानु दिनुहुँदैन । जेष्ठ नागरिकहरुले लामो इतिहास देख्नुभएको छ’, ओलीले युवा विद्यार्थी, ज्येष्ठ नागरिक लगायत लगभग सबै तप्काका जनसमुदायसँग अनुनय गरे ।

अघिल्लोपटक चीनतर्फको नाका खोल्दा प्रधानमन्त्रीबाट हटाइएको, यसपटक नक्शा जारी गरेपछि हटाउन खोजिएको र काम गर्न नदिइएको भन्दै अब ताजादेशपछि फेरि प्रधानमन्त्री बनेर देशलाई स्थिरता र समृद्धि यात्रामा लैजान उनको आशय थियो ।

माओवादी जनयुद्वका कटु आलोचक ओली शुक्रबार नरमरुपमा प्रस्तुत भए । द्वन्द्वपीडितहरुलाई सरकारले समिति नै बनाएर विशेष पहल थालेको उनले बताए ।

मध्यावधि चुनाव भएरै छाड्छ भन्ने सन्देश दिन गरिएको सभामा ओलीले सहभागीसँगै नारा लगाए । ‘सबैले एकपटक भन्दिनुहोस् –अस्थिरता होइन, चुनावतर्फ जाऔं, चुनाव चाहियो, चाहियो ।’

तर, यो सभाबाट हिन्दू राष्ट्र घोषणा गर्ने तयारी भइरहेको भन्ने इतर समूहको चर्चाबारे ओलीले आफ्नो लाइनबारे प्रष्टोक्ति दिए । ‘विभिन्न प्रकारका भ्रमहरु फिँजाएका छन्, यहाँ । कहिले केपी ओलीले आजको यो सभा केका लागि ? हिजोसम्म पनि भन्दै थिए’ ओलीले भने, ‘हामीले लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्छु भन्ने नसोचे पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कोरोना#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Next Post
सरकारी वकिललाई हायल कायल पार्ने प्रधानन्यायाधीशको त्यो प्रश्न

सरकारी वकिललाई हायल कायल पार्ने प्रधानन्यायाधीशको त्यो प्रश्न

‘केपी बा ! आई लभ यू’ भन्ने ओलीवादको अवसान सुरु भयो : घनश्याम भुसाल

‘केपी बा ! आई लभ यू’ भन्ने ओलीवादको अवसान सुरु भयो : घनश्याम भुसाल

‘साइबर सेना’ले फैलाएको भ्रमको शिकार बने प्रधानमन्त्री

‘साइबर सेना’ले फैलाएको भ्रमको शिकार बने प्रधानमन्त्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .