No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बद्लिदो राजनीतिक अवस्थाबारे श्वेतपत्र जारी गर्छौं : अध्यक्ष दाहाल

ओलीलाई प्रचण्डको प्रश्न : भारतले भनेर संसद भंग गरेको हो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशको बद्लिदो राजनीतिक अवस्थाबारे श्वेतपत्र जारी गर्ने भएको छ ।

शुक्रवार ललितपुरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष पुष्पकमल दाहालले २०७४ सालको आम निर्वाचानबाट जनताको दुई तिहाइ जनमत प्राप्त गरेदेखि प्रतिगमनविरुद्ध आन्दोलनसम्मका विषय समेटेर श्वेतपत्र जारी गर्ने योजनामा नेकपा रहेको बताउनुभएको हो ।

समान सोच र संकल्प भएकाले निर्वाचनका समयमा आफ्नै प्रस्तावमा वाम गठबन्धन गरेको बताउँदै उहाँले पार्टी एकताको प्रस्तावक समेत आफै रहेको दाबी गर्नुभयो । तर बहुमत जनताले दिएको जनादेश अनुसारको काम गर्न नसकेकोमा आत्मलोचना गर्नुपर्ने उहाँको भनाइ थियो । त्यसैले आत्मालोचनासहित यस बीचमा के के भए ? भन्नेबारे देश र जनतालाई जानकारी गराउन छिट्टै श्वेतपत्र जारी गरिने अध्यक्ष दाहालले बताउनुभयो ।

उहाँले नेकपाले अहिले जारी राखेको प्रतिगमनविरुद्धको आन्दोलन लोकतन्त्र र संविधानवादको भएको जिकिर गर्दै यसमा सफल र असफल भन्ने कुरा नहुने तर्क गर्नुभयो । प्रतिनिधिसभा विघटन गर्ने र संवैधानिक निकायहरुमा बलजफ्ती नियुक्तिको सरकारको निर्णय प्रतिगमन र लोकतन्त्रमाथिको घात भएको उहाँको भनाइ थियो । ओली सरकारले निरंकुशता लाद्न खोजेपछि अहिले जनता जागेको अवस्था रहेको उहाँले दाबी गर्नुभयो । केपी शर्मा ओली एकजनाले सबै नीति,नियम र सिद्धान्तलाई हातमा लिएर गुण्डराज गर्न खोजेपछि तुरुन्त प्रतिकार गर्न विहीवार आमहड्ताल गरिएको उहाँले प्रष्ट पार्नुभयो । जनताको स्वस्फूर्त साथले बन्द सफल भएको उहाँको दाबी थियो । बन्दप्रति सबै जनताको असहमति रहेको अवस्थामा फेरि बन्द जस्तो अलोकप्रिय कार्यक्रम हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नको जवाफमा अध्यक्ष दाहालले भविष्यमा पनि आमहड्ताल हुनसक्ने बताउनुभयो । तर हरेक हड्ताल नितान्त जनताको हुने बताउदै उहाँले नेकपा पार्टी एक्लैले अब उपरान्त हड्ताल नगर्ने बताउनुभयो ।

माधव,प्रचण्ड र ओली गौण :

अध्यक्ष दाहालले अहिलेको आन्दोलन कुनै पार्टी वा व्यक्तिको नभएको प्रष्ट पार्नुभयो । माधवकुमार नेपाल,पुष्पकमल दाहाल वा केपी शर्मा ओली गौण हुन् देश,जनता,लोकतन्त्र,संविधान,विधि र विधान मूख्य कुरा रहेको अध्यक्ष दाहालको भनाइ थियो ।

नेकपाको आन्दोलनमा प्रमुख प्रतिपक्षी काँग्रेसको समर्थन किन नभएको भन्ने अर्को प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो–हामीलाई काँग्रेसको पूर्ण समर्थन छ जस्तो लाग्छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति नै जारी गरेर प्रतिगमनको विरोध गर्नुभएको छ । तर जहाँसम्म सभापति शेरवहादुर देउवाजीको कुरा छ, शायद उहाँको आफ्नै टेक्निकल समस्या होलान् ।

पत्रकार भेटघाटमा अध्यक्ष दाहालले जनताबाट लोभलाग्दो जनादेश पाए लगत्तै देश र जनतासँग गरेका संकल्प अनुसार सरकार सञ्चालन गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विमति भएको बताउनुभयो । त्यही विषयमा पार्टीभित्र अल्पमतमा परे पनि ओलीले सरकार छोड्न नमानेपछि उहाँँको त्यही निरंंकुश शैली र अहंकारविरुद्ध पार्टीभित्र अन्तरसंघर्ष गर्नुपरेको अध्यक्ष दाहालको भनाइ थियो । अन्तरसंघर्षमा पनि ओली एक्लो परेपछि प्रतिगमनको निर्णयमा पुगेको दाहालको दाबी थियो ।

देशमा कयामत हुन्छ :

प्रतिगमनको निर्णयविरुद्ध अदालतमा वहस जारी रहेको र निर्वाचन आयोगमा दलको नाम र चुनाव चिन्हको विषयमा रहेको विवादको प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो–हामीलाई सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति पूर्ण भरोसा छ । हाम्रो भरोसामा तलमाथि भयो भने कयामत हुन्छ ।

अध्यक्ष दाहालले अहिले जारी प्रतिगमनविरुद्धको आन्दोलनको विशेषता युवा सहभागीता रहेको बताउनुभयो । अहिलेको आन्दोलनमा युवा पुस्ता बढी जोडिएका छन् । अर्थात बहुमत युवा फेरि एकपटक लोकतन्त्र र देशका लागि जागेको छ । हामीले गर्न चाहेको पनि युवाकै निम्ति हो । हामी आफू पनि युवा बन्ने कोशिसमा छौं । त्यसैले युवासँग काँधमा काँध मिलाएर सडक र धर्नामा सँगसँगै छौं ।

देशको पछिल्लो परिस्थिति हेर्दा देशमा कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने खतरा बढेको बताउदै उहाँले विभाजनको मतियार ओली नै रहेको दाबी गर्नुभयो । तर यति हुँदा हुँदै पनि मुलुकमा फेरि पनि कम्युनिस्टको बहुमत सम्भव छ । यसका लागि पहलकदमी लिन र वातावरण सिर्जना गर्न सक्छौं भन्ने आत्मविश्वास छ,अध्यक्ष दाहालले बताउनुभयो ।

ओलीले गृहयुद्ध चाहेका छन्

अध्यक्ष दाहालले ओलीले फेरि देशमा गृहयुद्ध चाहेको दाबी गर्नुभयो । जनताले बनाएको संविधान कुल्चनु जनताको छातिमा कुल्चनु जस्तै रहेको बताउदै उहाँले यसबाट शान्ति भंग हुने धारणा राख्नुभयो । शन्ति भंग भए देश दुर्घटनामा जाने र त्यसबाट अतिवाद जन्मिने उहाँको तर्क थियो ।

अब तेस्रो जन आन्दोलन हुन्छ कि हुँदैन भन्ने कुरा ओलीमा निर्भर रहेको अध्यक्ष दाहालको भनाइ थियो । प्रतिगमन सचिन्छ कि सचिदैन ? लोकतन्त्र र शान्तिको रक्षा हुन्छ कि हुँदैन ? त्यसैमा अर्को जनआन्दोलनको भविष्य निर्भर रहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

Next Post
असंवैधानिक नियुक्तिको विरोधमा नागरिक अगुवाको ‘मार्च पास’

असंवैधानिक नियुक्तिको विरोधमा नागरिक अगुवाको ‘मार्च पास’

काठमाडौंमा सुरु भयो नेकपा ओली समूहको र्‍याली

काठमाडौंमा सुरु भयो नेकपा ओली समूहको र्‍याली

प्रदेश २ मा सञ्चार क्षेत्रमा तीन पदाधिकारी नियुक्त

प्रदेश २ मा सञ्चार क्षेत्रमा तीन पदाधिकारी नियुक्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .