काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने उद्घोष गर्नुभएको छ ।
विहीवार आमहड्ताल सफल पार्न ललितपुरको सातदोबाटोको प्रदर्शनमा सहभागी हुनुभएका अध्यक्ष दाहाले पत्रकारहरूसँग कुरा गर्दै माघ २८ गते विशाल प्रदर्शनपछि पनि प्रतिगमन नसच्चिए फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताउनुभयो ।
संयुक्त आन्दोलनमा राजनीतिक दल, नागरिक समाज लगायताके सहभागीता रहने उहाँले जानाकरी दिनुभयो । त्यसपछि केपी शर्मा ओली सरकारको आयु सकिने अध्यक्ष दाहालले दाबी गर्नुभयो ।
अध्यक्ष दाहालले नेपाल बन्द गर्नु रहर नभइ बाध्यता भएको जिकिर गर्नुभयो । मण्डलेवाद अन्त्य गर्दै गणतन्त्रको रक्षाका लागि सडकमा आउनुको विकल्प नभएको उहाँको भनाइ थियो ।
