• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नगर पुलिस लखेट्न आएन, नेपाल बन्द पो रहेछ !


नगर पुलिस लखेट्न आएन, नेपाल बन्द पो रहेछ !

पोखरा । एकाबिहानै उठेर अरुको घरमा काम सकेर फेवा किनार पुगेपछि सुनीता विकले बल्ल थाहा पाइन्, ‘आज नेपाल बन्द रहेछ ।’ झिसमिसेमै उठेर काम गर्ने घरसम्म पुग्दा सधैंझैं पोखराको लेकसाइड सुनसानै थियो ।

आधा रातसम्म जागै रहने लेकसाइड बिहान भने ढिलासम्म जाग्दैन । २/४ घरमा लुगा धुने, भाँडा माझ्नेलगायतको काम सकेर सुनीता ११ बजे घर फर्किन्छिन् ।

खाना खाइवरी धन्दा सकेर चटपटे र पानीपुरीको सरसामान टाउकामा हालेर सुनीता फेवा किनारतिर लम्किन्छिन् । बिहीबार फेवा किनार पुगेपछि पो उनले बल्ल नेपाल बन्दबारे थाहा पाइन् ।

‘बजार खासै खुलेको देखिनँ । यहाँ आएर अरु साथीहरुले पो भने, आज त नेपाल बन्द हो रे । प्रचण्ड कि खै कसले हो बन्द गरेको भन्दै थिए,’ सुनीताले सुनाइन्, ‘नेपाल बन्द भएकै भएर होला, आज नगर पुलिस पनि लखेट्न आएन ।’

सुनीतालाई राजनीतिमा चासो छैन । चासो दिने फुर्सद पनि उनलाई छैन । देशमा अहिले के भइरहेको छ ? किन आन्दोलन चलिरहेको छ ? नेपाल बन्द कसले गरेको छ भन्ने सुनीतालाई थाहा छैन । ‘हाम्लाई त एउटै चिन्ता छ, परिवार कसरी पाल्ने, भोलिको छाक कसरी टार्ने,’ सुनीताले भनिन्, ‘पहिले घर बनाउने काममा जान्थें, त्यो पनि कोरोनाले बन्द गरिदियो । अहिले केही घरमा काम गर्न पाएको छु ।’

सिक्लेसकी सुनीता पोखरा झरेको केही वर्ष भयो । साना छोराछोरीसहित ४ जनाको परिवार पाल्ने जिम्मेवारी सुनीताकै काँधमा छ ।

‘यो देशमा ठूला मान्छेले जे गरे पनि हुन्छ, हामी साना मान्छेलाई त चटपटे नै बेच्दा पनि पुलिसले लखेट्छ, सामान फालिदिन्छ,’ सुनीताले भनिन्, ‘हामीलाई केही चाहिँदैन, गरिखान पाए पुग्छ ।’

पोखरा लेकसाइड क्षेत्रमा खासै पसल नखुले पनि फेवा किनारमा फुटपाथमा बाक्लै मानिसहरु जम्मा भएका थिए । त्यही फुटफाटमा पानीपुरी, चटपटे बेच्ने, मकै पोलेर जिविका चलाउने सुनीताजस्ता धेरैलाई बिहीबार किन नेपाल बन्द भयो भन्ने जानकारी नै छैन ।

‘त्यही भएर हो, पुलिस नआको नत्र त सामान बोकेर भाग्नुपर्थ्यो,’ फुटपाथमै पानीपुरी बेचिरहेकी मधु कार्कीले भनिन्, ‘काम गरेर खान पनि धौ धौ छ । आज पो बन्द भयो र ढुक्क भयो ।’

श्रीमानले अर्की लिएर हिँडेपछि छोराछोरी र मधुको जिउ पाल्ने बाटो भनेकै चटपटे र पानीपुरी हो । ‘ठूला–ठूला भ्रष्टाचार गर्ने नेता नै हुन्छ भन्छन्, यही फेवातालको जग्गा मिचेर कतिले घर बनायो भन्छन्, कसैलाई कारबाही हुँदैन,’ मधुले भनिन्, ‘हामी चटपट र पानी पुरी बेचेर खानेलाई पुलिसले लखेट्छ ।’

कोरोनाअघि होटलमै काम गर्ने गरेकी भीमा कार्की अचेल पोखरा पृथ्वीचोकमा डोकोमा फलफूल बेच्छिन् । नेपाल बन्दका कारणले लेकसाइडबाट गाडी नचलेपछि बदाम लिएर फेवाछेउको फुटपाथमा पुगेकी थिइन् ।

‘जसरी पनि पेलिने हामी सर्वहारा नै रहेछ । राजनीतिबारे केही थाहा छैन, आफ्नै ज्यान कसरी पाल्ने भन्ने पीर छ,’ भीमाले भनिन्, ‘नेताहरु त लड्छन्, मिल्छन् । हाम्रोबारेमा कसले सोच्छ खै ।’

बन्द, हड्ताल पहिले नै धेरै भोगिसकेकाले अब त्यस्तो काम कसैले नगरे हुन्थ्यो भन्ने फेवा किनारमै बदाम, पानीपुरी बेचिरहेकी रामपियारीलाई लागेको छ ।

‘जति भोग्नु, जति दुख पाउनु पहिले नै पाएको हो । अब कम्तीमा हामीले काम गरेर खान पाए हुन्छ,’ रामपियारीले भनिन्, ‘आज बल्ल १ सय ५० (रुपैयाँ) को ३ वटा चटपटे बेचें । अहिले त छाक टर्ने नि उठ्दैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पक्षविपक्षमा देशैभरि आन्दोलन भइरहेको छ । ओली र प्रचण्डको सामानान्तर कार्यक्रम भइरहेको । ओलीको कदमविरुद्ध बिहीबार नेपालमा आम हड्ताल हुँदा फेवा किनारमा पानीपुरी र चटपटे बेचिरहेका सामान्य नागरिक भने राजनीतिबारे बेखबर देखिए ।

उनीहरुको एउटै कामना छ, गरिबलाई झन् गरिब बनाउने अवस्था नआइदिओस् । चुनावताका चाहिँ भोट हाल्न जाँदा नेताहरुले अनेक भने पनि आफूहरुको जीवनमा खासै परिवर्तन नआएको उनीहरुको गुनासो छ । ‘शनिबार पनि नभनेर नगर प्रहरी आउँछ, उस्तै परे कुटपिट गर्छ, सामान खोसेर लैजान्छ,’ उनीहरुको गुनासो छ, ‘नेताहरुलाई जे गरे पनि छुट, हामीलाई गरिखान पनि गाह्रो छ ।’

नेपाल बन्द भएकै कारण प्रहरी नआए पनि अरु बेला प्रहरीले उनीहरुलाई फुटपाथबाट हटाउँछ । फुटपाथमा बस्न नदिने भए अन्य ठाउँमा व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग छ । ‘खान पुग्ने भए सडकमा आउने रहर कसको हुन्छ ? ७ जनाको परिवार यसैबाट चलाएकी छु,’ रामपियारीले भनिन्, ‘हामीलाई व्यवस्था मिलाइदिए को आउँथ्यो र सडकमा ?’

साना मान्छेलाई जीवनमा काम गरेर खान पनि सुख नभएको गुनासो शान्ति थापाको छ । गरिबको जीवनमा अहिले भुइँचालो आउँछ, कहिले कोरोना आउँछ, कहिले नेपाल बन्द आउँछ र दुख दिन्छ,’ शान्तिको मनको अशान्ति पोखियो, ‘कोही आएन भने पनि दिनको दिन नगर प्रहरी आउँछ र दुख दिन्छ ।’

शान्तिले अरुको जग्गामा सानो कटेरो बनाएर बस्छिन् र दिनमा चटपटे बेच्छिन् । बिहीबार नेपाल बन्दका दिन नगर प्रहरी नआए पनि सन्तोषजनक ब्यापार भने नभएको उनको गुनासो छ ।

फेवा किनार र सडक छेउका फुटपाथमा सामान बेच्ने यी केही पात्रहरु हुन् । जसलाई राजनीतिमा खास चासो छैन तर काम गरेर खान पाउँ भन्ने उनीहरुको माग छ । नेपाल बन्दले बिहीबार नगर प्रहरीले दुख दिएन भनेर खुसी भएका उनीहरुले नेपालमा सक्नेलाई चैन र सर्वहारालाई ऐन भएको दुखेसो पोखे ।

‘गरिब, सर्वहारा जनताका लागि भनेर राजनीति हुन्छ तर हामीले नै सधैं दुख पाइरहेका छौं,’ सीता परियारले भनिन्, ‘सडक मिच्नेलाई लखेटियोस्, ताल मिच्नेलाई कारबाही होस्, भ्रष्टाचार गर्नेलाई जेल हालियोस्, हामी निमुखलाई लखेटेर प्रहरीले के पाउँछ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मसँग डिभोर्स गरेरै उनी खुसी हुन्छिन् भने मेरो सहमति छ!
  • २०७७ माघ २२, बिहीबार २०:३०
  • In "जीवनशैली"
  • लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै
  • २०७७ माघ २२, बिहीबार २०:३०
  • In "देश"
  • नेपालीहरु भारतमा किनमेल गर्न जान छोडेपछि नेपाल भारत सिमानाका पसलहरु बन्द
  • २०७७ माघ २२, बिहीबार २०:३०
  • In "थप"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

यस्ता छन् अमेजनका नयाँ सीईओ

संविधान निर्माताको बुझाइ र संविधानको व्याख्या

जसपा नेता नेकपामा प्रवेश गर्ने कुरामा सत्यता छैनः राजकिशोर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version