• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मसँग डिभोर्स गरेरै उनी खुसी हुन्छिन् भने मेरो सहमति छ!


मसँग डिभोर्स गरेरै उनी खुसी हुन्छिन् भने मेरो सहमति छ!

‘थकाइ मारेर हिँड्ने बेलामा आधा घन्टा बसेको चौतारीको त माया लाग्छ। वर्षौंसँगै बिताएको मान्छे। सीमाजी केहीदिन राम्रोसँग सोच्नुहोस्। आवेगमा आएर सम्बन्धविच्छेद गरेर कति मान्छेहरू भित्रभित्र पछुताउँदै बाहिर बाहिर खुसी भएको अभिनय गरेर हिँडेका छन्। तपाईंले श्रीमानसँग सम्बन्धविच्छेद गर्न चाहाने कारण सुन्दा त श्रीमानभन्दा पनि घरपरिवारसँग चित्त नबुझिएको देखियो। यो समस्या समाधान गर्न त डिभोर्स गर्न पर्दैन नि!’ अदालतकी कर्मचारीले सम्झाउँदै भनिन्।

‘जुन बन्धनको लहराले सम्बन्ध जोड्यो, त्यही लहरा चुँडाइदिए टेन्सन साफ! विवाहअगाडि कलेज जाने आउने मात्र काम गरेकी मैले बिहेपछि पहाड नै मेरो थाप्लामा। अफिसको काम,घरको काम, बच्चा बच्चीको स्याहारसुसार, पाहुनाको सत्कार, सासूससुराको सेवा हुँदा हुँदा नन्ददेवर समेत मलाई पैल्ने! बुढा बिहान जुरूक्क उठेर पसल। जहिले आधा रातमा आउने  न त घरपरिवारलाई न त मलाई समय दिने? त्यसैले सबैको पेलाइमा मनै पर्छु। कतिन्जेल माइतीको इज्जत भनेर सहेर बस्ने। व्यवहारिक टेन्सन त कति हो कति! ओ माई गड! म त सम्झिन पनि चाहन्नँ।’ मैले अलि चर्को स्वरमा भनेँ।

‘सीमाजी मैले सहेर बस्नुपर्छ भनेको होइन तर व्यवहार सुधारेर अगाडि बढ्न सकिन्छ। विवाह अगाडि तपाईंको भूमिका छोरीको मात्र थियो अहिले छोरीको, आमाको, श्रीमतीको, बुहारीको, भाउजूको निर्वाह गर्नुपरेको छ। भूमिका धेरै हुँदा काम पनि व्यवहार पनि टेन्सन पनि धेरै हुनु स्वाभाविकै हो सबैलाई सम्हाल्दै अगाडि बढ्नु पर्छ।’

‘विचार गर्नुस् त! यो सम्बन्धविच्छेद तपाईंहरू दुई जना बीचकोमात्र  विषय होइन  यसले अन्य विभिन्न पक्षलाई पनि असर गर्छ। बुवा आमा जीवित छँदाछँदै छोराछोरी टुहुरा हुन्छन्। तपाईंहरूका बुवा आमाले ज्वाइँ  र बुहारी गुमाउनु हुन्छ। भाइ बहिनीहरूको भिनाजु हराउँछन्।’

‘भयो मेडम सम्झाउनु पर्दैन सबै  कुरा विचार गरेरमात्र यहाँ आएकी हुँ। यो निवेदन दर्ता गरेर आजै प्रक्रिया अगाडि बढाउनु होस्।’

‘तर सीमाजी तपाईंको श्रीमानको सहमति छ कि छैन?,’ती कर्मचारीले फेरि सोधिन्।

‘मेरो सहमति छ। श्रीमतीलाई समय नदिएको होला तर सहमति नदिएको कुनै कुरा पनि छैन। उनी मसँग डिभोर्स गरेरै खुसी हुन्छिन् भने मेरो सहमति छ।’सोफाको पल्लो कुनामा बसेका मदन बल्ल बोल्नुभयो।

‘श्रीमान र श्रीमतीको सहमति भए त डिभोर्सको प्रक्रिया दुई दिनमै सकिन्छ भनेको सुनेको छु हाम्रो पनि दुई दिनमै टुंगाइदिनुहोस्’मैले निवेदन टेबुलमाथि राख्दै भनेँ।

‘तर म दस दिन अफिसको कामले बाहिर जानुपर्ने छ। त्यसैले दस दिनपछि आउनुहोला। दुई तीन दिनमै काम टुंगाउँला,’उनले भनिन्।

मदन र म घर फर्कियौं। सदाको दिन त्यो दिन त्यतिकै बित्यो। तर राति एक बजेसम्म पनि मलाईं पटक्कै निन्द्रा लागेन।

सम्बन्धविच्छेदको निर्णय ठिक गरेँ कि बेठिक मनमा निकै कुरा खेले।

भोलिपल्ट बिहान उठ्दा त आठ बजिसके छ। अरू दिन त पाँच बजेमा पाँच मिनेट ढिला भयो भने मैले सासूको निन्द्रा पैंचो लिएर सुतेजस्तो ढोका छेउ आएर हाम्रो पालो म त चारै बजे उठेर ढिकी जातो गर्नु पर्थ्यो भनेर पाँच पटक प्रवचन सुनाउने सासूलाई आज के भयो?

हतार हतार नुवाईधुवाई सकेर भान्सामा पसेँ।

सासू भान्सामा खाना पकाउँदै हुनुहुन्थ्यो। सधैं वेड टिको आशा गर्ने  श्रीमान तरकारी काट्दै। भाउजूलाई त हाम्रो घरको काम गर्ने केटीको रूपमा हेर्ने नन्द देवर सरसफाइमा व्यस्त। घरका सदस्यहरूको व्यवहारमा आएको परिवर्तनले म छक्क परेँ।

‘आमा हिजो राति निन्द्रा नै लागेन बिहानीपख भुसुक्कै निदाएछु’ डराई डराई सासूको नजिकै गएर सानो स्वरमा भनेँ।

‘कहिलेकाहीँ यस्तो हुन्छ। उमेरमा निन्द्रा पनि त लाग्छ। हामी बुढी मान्छेको जस्तो त कहाँ हो र? तिमीलाई अफिस जान ढिला हुन्छ होला। तयार भएर आऊ। खाना मै पकाउँछु।’

सासूले मुस्कुराउँदै भन्नुभयो।

म अलिकति ढिलो उठ्दा रिसले चूर हुने सासूको अनुहार आज कसरी प्रफुल्ल? अचम्मै भयो।

हामीले डिभोर्स गर्न लागेको कुरा घरकाले पक्कै थाहा पाएछन्। बिहानै उठेर मदनले सबैलाई भन्नुभएछ कि?  कि मैले नै कुरै कुरैको सूरमा कुरा फुत्काएँ! कतै म अफिस गएको बेलामा घरकाले निवेदनको खेस्रा पो भेटेछन् कि? फूलमाथि भवँरा घुमेझैं शंकामाथि दिमाग घुम्न थाल्यो। आ… थाहा पाए पाऊन् जति व्यवहार राम्रो गरून्। पर्सिसकेको बोको सयौंपटक म्या गरे पन मन पग्लिन क्यारे।

खाना खाइवरी अफिस गएँ। साँझ म अफिसबाट फर्कंदा मदन पनि पसलबाट फर्किसक्नु भएको रैछ।

‘व्यापार गर्ने मान्छे दिनभर पसलमा व्यस्त भएर साँझमा साथीहरूसँग नबस्ने हो भने कसरी ‍व्यापार सम्भव हुन्छ भनेर आधा रातमा आउने मान्छे आज कसरी छिटो र सामान्य अवस्थामा? अब हामीसँगै बस्ने थोरै दिन मात्र हो भनेर तपाईंको व्यवहार परिवर्तन हुनु स्वाभाविकै हो तर  घरका सदस्यहरू निकै सहयोगी बन्न खोज्छन् त निभ्ने बेलाको दीयो चम्किएकोजस्तो। हामी अदालत गएको कुरा तपाईंले घरमा भन्नुभएको हो र?’

मैले एकान्त कोठामा मदनलाई सोधेँ।

‘अहँ छैन एक त तिमीले नभन्नु भनेर वाचा गराएकी छौ। अर्को यस्तो टेन्सनको कुरा कसरी भन्नु’

‘तपाईंले कसैलाई नभन्नु होला किनभने मलाई सम्झाउन नि:शुल्क मोटिभेसनल स्पिकरहरूको संख्या बढ्न सक्छ। हलभरि मान्छे जम्मा पारेर धन सम्पत्ति केही होइन भनेर प्रवचन दिने मान्छे पनि हलबाट निस्कँदा पैसै बुझेर निस्किन्छ। मान्छेले सम्झाउन सजिलो हुन्छ तर समस्या जसलाई पर्छ उसैले भोग्छ।’

श्रीमान,सासू,ससुरा,नन्द,देवर सबैको व्यवहार दिनप्रति असल हुँदै गइरहको थियो भने हाम्रो डिभोर्स हुने दिन नजिकिँदै।

उनीहरूको राम्रो व्यवहारको प्रतिक्रिया पनि मैले राम्रो नै दिएकी थिएँ।

सधैंजसो चिढचिढ हुने मेरो मुड फ्रेस भएको जस्तो हुन थाल्यो। अनुहार पनि उज्यालो भएको छ भनेर अफिसका स्टाफहरूले पनि भन्न थाले। कतै मेरो मन पग्लिने त होइन। नो नो जे निर्णय गरेँ गरेँ सकियो। फेरि मन सम्हालें।

‘अबको तीन दिनमा हामी छुट्टिँदै थियौं। भोलि साँझ स-परिवार बाहिर डिनर गर्न जाने इच्छा छ। जाम है। कतै घुम्न जाउँला। बच्चाहरू पनि रमाउँछन्।’ मैले राति सुत्नभन्दा अगाडि मदनसँग इच्छा व्यक्त गरेँ।

‘हुन्छ, सीमा! हाम्रो जिन्‍दगीको सहयात्रा यति छोटो हुन्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ। आजसम्म म र परिवारको तर्फबाट तिमीलाई जति दु:ख भयो त्यसको लागि सबैको तर्फबाट क्षमाप्रार्थी छु। जीवन साथीको रूपमा सम्बन्ध सकिए पनि साथीको रूपमा  नबिर्सिए है। मैले सम्बन्धविच्छेद गरे पनि मन विच्छेद गर्न सक्दिनँ।’

बोल्दा बोल्दै मदनको गला अबरूद्ध भयो। आँखाभरिको आँसु लुकाउन गर्ल्याम्म शिरकले टाउको ढाकेर कोल्टे फेर्नुभयो।

भोलिपल्ट साँझ स-परिवार बाहिर डिनर खान गयौं। शनिबार बच्चाहरूलाई लिएर फन पार्क गयौं। असाध्यै रमाइलो भयो।

आइतबार मदनले बिहान उठ्ने बित्तिकै अदालन जाने तयारी गर्दै हुनुहुन्थ्यो म भान्सामा पसेँ। सासू निन्याउरो मुख लाएर मेरो छेउमा आउनुभयो।

‘बुहारी तिमीहरू आज डिभोर्स गर्नको लागि आज अदालत जाँदै छौ भन्ने त्यही दिन अदालतको मेडम आएर भन्नु भएको थियो। उहाँले नै सम्बन्धविच्छेदबाट हुनसक्ने नराम्रो असरबारे बुझाएर हाम्रो व्यवहार परिवर्तन गर्नुपर्ने कुरा सम्झाएर जानुभएको थियो। माफ गर बुहारी मैले आफू बुहारी हुँदा सासूबाट पाएको बुहार्तन तिमीबाट पैंचो तिराउन खोजेँ मेरो यही गल्ती भयो। तिमीहरूको कुरा डिभोर्ससम्म पनि पुग्छ भन्ने कुरा मैले कहिल्यै पनि सोचिनँ। त्यसदिनदेखि जुन वातावरण हाम्रो घरमा भयो त्यही वातावरण सधैंभरि बनाइरहने मैले प्रतिबद्धता व्यक्त गरेँ भने तिमीले साथ दिन्नौं र ?’

‘फूलले हान्ने शत्रुलाई त ढुंगाले हान्न सकिन्न भने हजुरहरू त मेरो आफन्त। मैले अस्ति अदालत गएर निवेदन फिर्ता ल्याइसकेँ। वास्तवमा अदालतको मेडममा काजमा जानुभएकै रहेनछ आवेगमा आएर सम्बन्धविच्छेद नहोस् भनेर हामीलाई समय दिनुभएको रहेछ।’ मैले झोलाबाट निवेदन निकालेर सासूलाई देखाएँ।

परिवारको अनुहारबाट बादल फाट्यो। सबैले खुसीले ताली पिट्नु भयो।

‘एकछिन एकछिन हजुरहरूले असल व्यवहार गरे मैले पनि जिन्दगीभरी साथ दिइरहन्छु तर विगत दस दिनदेखि परिवर्तित हजुरहरूको व्यहार सधैं रहिरहन्छ भने के ग्यारेन्टी विचार गर्नुहोस् है मैले निवेदन फिर्ता मात्र गरेकी हुँ च्यातेकी छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काजलको दर्दनाक पीडा– बोक्सी भनेर कुटे, रातभर श्मशानघाट राखे
  • २०७८ फाल्गुन ७, शनिबार १८:४२
  • In "BannerNews"
  • लक्ष्मीको जीवनशैली : मेकअप गरेर नहिँड्ने, ड्रेसअपमा औसत
  • २०७८ फाल्गुन ७, शनिबार १८:४२
  • In "जीवनशैली"
  • कुवेतमा यसरी ठगिए सिरहाका राजकुमार, न्याय अझै नपाएको गुनासो
  • २०७८ फाल्गुन ७, शनिबार १८:४२
  • In "मधेश प्रदेश"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अष्ट्रेलियाको पर्थमा नेपाली महिला आफ्नै कोठामा मृत फेला

जाडोयाममा कस्तो सौन्दर्य सामग्री प्रयोग गर्ने ?

तीन वर्षपछि बी डिभिजनमै झर्‍यो च्यासल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version