• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तीन वर्षपछि बी डिभिजनमै झर्‍यो च्यासल


तीन वर्षपछि बी डिभिजनमै झर्‍यो च्यासल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुअघिको तामझाम हेर्दा धेरैलाई लागेको थियो, च्यासल युथ क्लबले यस पटक ठूलै उथलपुथल गर्छ । तर लिगको एक खेल बाँकी हुँदैमा च्यासल रेलिगेसनमा पर्ने पहिलो टिम बन्यो । अर्थात शीर्ष श्रेणीमा तीन सिजन बिताएपछि च्यासल बी डिभिजनमा फर्कने पक्का भएको छ ।

शनिबार फ्रेण्ड्ससंग २-१ को हारपछि पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित च्यासलका टेक्निकल डिरेक्टर लेड मानसनले ए डिभिजन लिग स्ट्याटस गुमायौँ भन्दा निकै निराश देखिन्थे । उनले फ्रेण्ड्सविरुद्ध एक पेनाल्टी गोलले आशा जगाएपनि अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए ।

फ्रेण्ड्सका लागि जमाउल एन्थोनी फ्रान्कोइसले पहिलो हाफमा दुई गोल गरेका थिए । च्यासलका माउसा अबागानाले दोस्रो हाफमा पेनाल्टीबाट एक गोल फर्काए ।

यस पटक ए डिभिजनबाट दुई टिम रेलिगेसनमा पर्ने भएकोले रेलिगेसनबाट जोगिने प्रतिस्पर्धा चर्को थियो । त्यसमा च्यासल खरो उत्रन सकेन । १२औं चरणसम्म च्यासलको नतिजा हेर्ने हो भने त्यस्तै देखिन्छ ।

एक जित तीन बराबरी अनि आठ हार । जारी शहीद स्मारक ए डिभिजन लिगमा सबैभन्दा धेरै खेल हार्ने टिम च्यासल नै हो । अनि च्यासलले १२ खेलमा जम्मा ५ गोल मात्र गरेको छ । त्यसमा पनि रुमेश बर्तौलाले सुरुको तीन गोल गरेका थिए । पछिल्लो दुई गोल माउसा अबागानाले गरेका थिए । दुवै गोल पेनाल्टीबाट सम्भव भएको थियो । यस्तै च्यासलले लिगमा सबैभन्दा धेरै २१ गोल खाएको छ ।

‘सिजनभर समग्रमा हामीले खराब खेल्यौँ । हामीले गोल गर्न सकेनौँ । खेलमा गोल गर्नैपर्छ । कस्तो खेल्छ भन्नेले असर गर्दैन’ टेक्निकल डिरेक्टर मानसनले भने, ‘५ गोल भयो त्यसमा २ पेनाल्टी गोल । यो राम्रो होइन ।’

च्यासलले लिगको दोस्रो चरणमा एपीएफलाई १-० ले हराउनुबाहेक कुनै खेल जित्न सकेन । बी डिभिजनमा झर्ने पक्का भएपछि च्यासलले अब यसै सिजनबाट ए डिभिजनमा डेब्यु गरेको सातदोबाटो युथ क्लबसंग अन्तिम खेल खेल्न बाँकी छ ।

गत सिजनको लिग विजेता टिम मछिन्द्रको कप्तान विराज महर्जन र अर्को चर्चित क्लब मनाङ मर्स्याङ्दीको कप्तान कमल श्रेष्ठलाई च्यासलले भित्र्याएको थियो ।

यस्तै विदेशी खेलाडी राख्नमा पनि च्यासलले कुनै कन्जुस्याईं गरेन । इटलीको उमेर समूहबाट खेलिसकेका युवा फरवार्ड विकास मेराग्लियादेखि घरेलु फुटबलमा राम्रो खेल्दै आएको अफ्रिकन खेलाडीहरु केट्चा यानिक र माउसा अबागानालाई पनि च्यासलले भित्र्याएको थियो ।

यस्तै यू-२३ राष्ट्रिय टिमका गोलकिपर अर्पण कार्कीलाई पनि अनुबन्ध गरेको थियो । दक्षिण एसियाली कोटामा भारतीय वियज पोन्नुरंगमलाई भित्र्याएको थियो । यसबाहेक आशिष राई, राजिव लोप्चनलगायत खेलाडी च्यासलमा थिए ।

गोलकिपर अर्पण पूर्ण पिट नहुँदा सबै खेल्न सकेनन् । १०औं चरणको खेलमा मच्छिन्द्रविरुद्धको खेलमा अर्पणको घुँडामा चोट लागेको थियो । त्यसपछि उनले लिगको बाँकी खेल खेल्न सकेनन् ।

लिग सुरु हुनुअघिको प्रिम्याच कन्फ्रेन्समा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टिममा युवा खेलाडी रहेकोले धेरै अपेक्षा नभएको र शीर्ष ६ मा पर्ने लक्ष्य रहेको बताएका थिए ।

‘विदेशी खेलाडीहरु (दुई जना अफ्रिकन र एक इटलीका) छन् । विकास अनप्रेडिक्टेबल छ । ऊ यहाँ एडजस्ट गर्दैछ । युवा खेलाडी भएकाले एडजस्ट गर्नुपर्छ । टप लेभलमा खेलेको अनुभव छैन । सन्तोष साहुखल पनि आउँछ तर कुन समयमा आउने फिक्स छैन’ प्रशिक्षक साहुखलले भनेका थिए ।

प्रशिक्षकले भनेजस्तै युवा खेलाडी खरो उत्रन सकेनन् । विकास पनि टेक्निकल्ली राम्रो खेल्ने भएपनि यहाँ उनलाई एडजस्ट हुन नै गाह्रो भएको देखिन्छ । लिगमा जम्मा ५ गोल मात्र गर्न सक्नु च्यासलको अर्को समस्या देखियो ।

पहिलो खेलमै च्यासलले ललितपुरको अर्को चर्चित क्लब थ्रीस्टारको सामना गर्दा ३-० को हार बेहोर्‍यो । उक्त खेलमा थ्रीस्टारका तीन डिफेण्डरले गोल गर्दा च्यासलका आशा गरिएका उनै विकास मेराग्लिया पेनाल्टीमा चुके । एक गोलले पछि परेको अवस्थामा विकासले गोल गरेको भए च्यासलको यात्राले अर्कै मोड लिन सक्थ्यो । तर फुटबलमा सोचेजस्तो सधैँ कहाँ हुन्छ र !

त्यसपछि दोस्रो खेलमा पुनरागमन गर्दै च्यासलले एपीएफलाई १-० ले हरायो । तेस्रो खेलमा एनआरटीसंग बराबरी खेल्दा च्यासलको खातामा ३ खेलबाट ४ अंक थियो । जुन नराम्रो थिएन । तर त्यसपछि ९ खेलमा च्यासलले जम्मा २ खेल बराबरी गर्दा बाँकी ७ मा हार ब्यहोर्‍यो ।

स्कटिस नागरिक लेड मान्सनले आफ्नो फुटबल करियरमा पहिलो पटक रेलिगेसनमा पर्नुपरेको बताए ।

‘इमानदार भएर भन्नुपर्दा यो मेरो करियरमा पहिलो रेलिगेट हो’ मानसनले भने, ‘हारले धेरै सिकाउँछ जितले भन्दा । यो पटक राम्रो अनुभव भएन । हामी फेरि एकजुट हुन आवश्यक छ । क्लबले योजना बनाएर अघि बढ्नुपर्छ ।’

उनले यो निकै कठिन समय भएको भन्दै समर्थकलाई खुशी बनाउन नसकेकोमा माफी समेत मागे । ‘हामीले सिजनभर चाहिने जति गर्न सकेनौँ । म धेरै निराश छु । फ्रेण्ड्सलाई बधाई छ । उनीहरुले पछिल्लो ३ खेल राम्रो गरेका छन् । हामीले ए डिभिजन स्ट्याटस गुमायौँ । यो स्वीकार्न धेरै गाह्रो छ’ उनले भने ।

च्यासलको नतिजा

च्यासल ०-३ थ्रीस्टार
च्यासल १-० एपीएफ
च्यासल १-१ एनआरटी
च्यासल ०-२ आर्मी
च्यसाल ०-१ जाउलाखेल
च्यसाल १-३ हिमालयन शेर्पा
च्यासल ०-० संकटा
च्यसाल ०-५ मनाङ
च्यसाल १-२ पुलिस
च्यासल ०-२ मच्छिन्द्र
च्यसाल ०-० ब्रिगेड ब्वाइज क्लब
च्यासल १-२ फ्रेण्ड्स

बाँकी खेल

च्यसलविरुद्ध सातदोबाटो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जिरुड र एम्बाप्पेको कीर्तिमानी गोलले फ्रान्स विश्वकपको क्वाटरफाइनलमा
  • २०७८ फाल्गुन ७, शनिबार १८:५५
  • In "खेलकुद"
  • बायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि
  • २०७८ फाल्गुन ७, शनिबार १८:५५
  • In "अन्तराष्ट्रिय"
  • फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो
  • २०७८ फाल्गुन ७, शनिबार १८:५५
  • In "खेलकुद"

नेपाल एक्सन

सम्बन्धित खबर

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

Next Post

अस्पतालको लापरवाहीले प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ

अमेरिकाका लागि अफगानिस्तानका राजदूत अडेला राजले दिइन् राजीनामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version