No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संविधानवादलाई कायम गर्नुपर्ने आवश्यकता छ : नेता लाल


संविधानवादलाई कायम गर्नुपर्ने आवश्यकता छ : नेता लाल

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि देशमा राजनीतिक संकट उत्पन्न भएको आंकलन भइरहँदा विभिन्न राजनीतिक दलहरुले ओली नेतृत्वको सरकारको यस कदमविरुद्ध विभिन्न बिरोधका कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथी गरिएको गम्भीर प्रहार भन्दै जनता समाजवादी पार्टी, नेपालले सशक्त आन्दोलन एवं जनसंघर्षलाई अगाडी बढाउनका लागि चरणबद्ध रुपमा विभिन्न बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सोहि अनुरुप पुष २७ गते सोमबार वीरगञ्ज, नेपालगञ्ज र जनकपुरधाममा पनि विरोध प्रदर्शन गरिनेछ ।

जनकपुरधाममा हुने बिरोध प्रदर्शनमा सहभागी हुन जनता समाजवादी पार्टीका नेता समेत रहेका राष्ट्रियसभाका पूर्वसदस्य वृषेश चन्द्र लाल अहिले जनकपुर आएका छन् । उनीसँग समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहि सहकर्मी दिपक कर्णले गरेको कुराकानी :

–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरि दुई चरणमा मद्ययावधि निर्वाचनमा जाने घोषणा समेत गरिसकेको अवस्थामा प्रधानमन्त्रीको यस कदमलाई जनता समाजवादी पार्टीले कुन रुपमा लिएको छ ?

प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम एकदमै असंवैधानिक छ । संविधानले कहिंपनि यसरी संसद विघटनको अनुमति दिएको छैन् । त्यस्तो प्रावधान पनि छैन् । व्यवस्था पनि छैन् । त्यसो भएको हुनाले प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम असंवैधानिक हो । र सबभन्दा महत्वपूर्ण कुरा के छ भने लोकतन्त्र र गणतन्त्रको निम्ति संघिय संरचनालाई अझ मजबुत गर्दै संघियताको प्रतिस्थापनका लागि सबभन्दा पहिले संविधानवादको पालना हुनु जरुरी छ ।

अर्थात संविधानलाई मान्ने प्रतिबद्धता सबै ठाउँबाट हुनुपर्दछ । संविधानलाई नै मान्दिन, संविधान अनुकुल चल्दिन भनेपछि कुनैपनि संविधानको अर्थ रहदैन् । संविधानको अर्थ रहेन भने देशको मूल कानूनको अर्थ रहदैन् । देशको कुनैपनि कानूनको अर्थ रहदैन् र साथै विधिको शासनको पनि कुनै अर्थ रहदैन् । त्यसकारण यो संविधानवाद विरुद्धको कदम हो । यो असंवैधानिक कदम हो । त्यसैले जनता समाजवादी पार्टी यसको बिरोध गर्छ ।

–संविधान जारी भइरहँदा तपाईंहरुले बिरोध जनाउनुभयो । जारी भएपश्चात असन्तुष्टि जनाउँदै संविधानलाई जलाउनुभयो । अहिले फेरि त्यहि संविधानप्रति यस्तो मोह कसरी जाग्यो ?

यो संविधानमा हाम्रो असहमति छ । यो संविधानमा हामी संशोधन चाहन्छौं । त्यसको अडान हाम्रो यथावत नै छ । यहाँ यो संविधानलाई मान्ने र नमान्ने सवाल छैन् । यहाँ सवाल के छ भने, जुन कदम उठाइएको छ त्यसले यो मानसिकतालाई अगाडी बढाएको छ कि संविधानलाई नै मान्दिन, संविधानलाई मान्नुपर्ने कुनै बाध्यता छैन् ।

सरकारले, राजनीतिक दलहरुले वा भनौ नागरिक समाजले संविधानलाई नै मान्दैन भने कुनैपनि संविधानको अर्थ रहदैन् । र हाम्रो लडाईको पनि त्यसपछि कुनै अर्थ रहदैन् । त्यसैले जनता समाजवादी पार्टी यसमा स्पष्ट छ कि संविधानवादको पालना हुनुपर्यो र संविधान सबैको संविधान कायम हुनुपर्यो । त्यसकारण हामी यो असंवैधानिक कदमको विरोध गरिरहेका छौं ।

–नेपालमा यसअघि पनि संसद विघटन गरिएको थुप्रै उदाहरणहरु छन् । तर, प्रधानमन्त्री केपी ओलीको मात्रै यो कदम किन असंवैधानि नि ?

हो, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा लगायतका प्रधानमन्त्रीहरुले समेत संसद विघटन गरेको उदाहरणहरु छन् । तर त्यतिखेरको संविधानमा प्रधानमन्त्रीको यो विशेषाधिकारको व्यवस्था थियो । प्रधानमन्त्रीले आवश्यक ठानेको बखत संसद विघटन गरेर निर्वाचनमा जानसक्ने र जनताको नयाँ जनादेश लिनसक्ने व्यवस्था थियो ।

त्यसलाई वेस्टमिनिस्टर संसदिय प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार मानिन्थ्यो । र यो हुनु पनि पर्छ । म पनि मान्छु कि यो हुनुपर्छ । तर यो कुन अवस्थामा हुन्छ कि जनताद्धारा निर्वाचित बहुमतको प्रधानमन्त्रीलाई संसदले नीति तथा कार्यक्रम लागू गर्न दिएन् । देशमा आर्थिक र सामाजिक सुधारका निम्ति कुनै कुरामा संसद र प्रधानमन्त्रीको गतिरोध भयो भने त्यसपछि संसदलाई विघटन गरेर नयाँ जनादेश अर्थात जनताको अधिकार प्राप्त गर्ने अधिकार प्रधानमन्त्रीलाई प्राप्त गर्ने अधिकार हुन्छ ।

र यो कुन अवस्थामा हुन्छ भन्दाखेरि जब प्रधानमन्त्रीलाई विश्वास हुन्छ कि मेरो कार्यक्रम र मैले चाहेको नीतिको कार्यान्वयन जनताको निम्ति हुन्छ र जनता पनि त्यसलाई समर्थन गर्छ । त्यस्तो अवस्थामा जनताको जनादेश प्राप्त गर्ने अधिकार प्रधानमन्त्रीलाई हुन्छ । यो संविधान निर्माण गर्ने बेलामा यस बारेमा लामो छलफल भएको थियो । तर बामपन्थीहरुले यसलाई स्वीकार गरेन ।

उनीहरुको बुझाईमा के थियो कि यसले गर्दा अस्थिरता हुन्छ र देश स्थिर भएर आर्थिक समृद्धि तर्फ अगाडी बढदैन् । उनीहरुले यसकारण यो नराखौं भनेर आग्रह गरेपछि यो व्यवस्था यस संविधानमा राखिएन । यो विशेषाधिकार त संसदिय प्रणालीमा मान्य छ तर, यस्तो व्यवस्था त संविधानमा हुनुपर्छ नि । संविधानमा नै नराखिएपछि त्यो अधिकारको प्रयोग गर्न पाइदैन् । त्यसकारण अहिले केपी ओली जीले जुन काम गर्नुभएको छ त्यो संविधानसम्मत छैन् ।

–जनता समाजवादी पार्टीको माग चाँहि के ? यदि संसद पुनर्स्थापना हो भने संसद पुनर्स्थापनामा मात्रै समस्याको स्थायी समाधान छ त ?

हाम्रो माग मुख्य रुपमा के हो भने संविधान भनेको देशको मूल कानून हो । संविधान सबैको संविधान हुनुपर्छ । हामीले सुरुदेखि भन्दै आएका छौं कि यो संविधानमा संशोधनको आवश्यकता छ र यसलाई संशोधन गर्नुपर्छ । र अर्को सबैले मान्नुपर्ने कुरा के छ भन्दाखेरि जुन संविधान छ त्यो संविधान अनुसार नै सरकारले आफ्नो काम अगाडी बढाउनुपर्दछ ।

त्यो प्रतिबद्धता आवश्यक छ । त्यो प्रतिबद्धता भएन भने लोकतन्त्र र संघिय संरचना रहदैन् । गणतन्त्रको पनि कुनै अर्थ रहदैन् । यो सर्वसत्तावाद तिर जान्छ । जनता समाजवादी पार्टी सर्वसत्तावादको पक्षमा छैन् ।

–ताजा जनादेशका लागि निर्वाचन नै सहि विकल्प हो भन्छन् त धेरै नेताहरुले ! काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि निर्वाचनको तयारीमा जुट्न आफ्ना नेता कार्यकर्ताहरुलाई निर्देशन दिसक्नुभएको अवस्था छ । यसलाई कुन रुपमा लिनुहुन्छ ?

एउटा कुरा के देखियो भने दुई तिहाईको मत बामपन्थीहरुले प्राप्त गरेका थिए । त्यो दुई तिहाईको प्रयोग देशमा स्थिरताको लागि हुनुपथ्र्यो । देशको समृद्धिको लागि हुनुपथ्र्यो । तर के देखियो भने नेकपाको सरकारले एकदलिय शासन व्यवस्था कायम गर्ने तर्फ त्यो दुई तिहाईको बहुमतलाई प्रयोग गर्न थाले । संविधानमा आफुलाई लागेको हिसाबले संविधानलाई ब्याख्या गर्ने, त्यसमा ऐन कानूनहरु पनि त्यस्तै बनाउँदै जाने र सत्ता कस्दै जाने भन्ने वहाँहरुको धारणा देखियो ।

एकदलिय शासन व्यवस्थाको लागि एकल तानाशाही सबभन्दा बढि जरुरी हुन्छ । नेकपामा यसैको लागि संघर्ष भयो । मेरो नेतृत्व चल्छ त मेरो नेतृत्व चल्छ । आफ्नो पार्टी भित्रको आन्तरिक विवादमा वहाँहरुले यो कदम उठाउनुभएको छ । ताजा जनादेशबाट हामी पछि हटदैनौं, जनताको बिचमा जान हामी तयार छौं । तर, अहिले सबभन्दा पहिले संविधानवादलाई कायम गर्नुपर्ने आवश्यकता देखिन्छ ।

–देशको वर्तमान राजनीतिको सहि निकास के छ ?

बडो जटिल अवस्था छ । प्रधानमन्त्री र राष्ट्रपतिको यो घोषणाले जटिल परिस्थिती बढाइदिएको छ । एकातिर संविधानवादको सवाल छ भने अर्कोतिर हामी यहि घोषणालाई मानेर जनादेशमा गयौं भने संविधानवाद खण्डित हुन्छ । एउटाले संविधानको उल्लंघन गर्यो भने अर्को आउने नेतृत्वले पनि त्यहि मानसिकता र प्रवृतिमा काम गर्छ । हामी यो कदापी चाहँदैनौं ।

अर्को कुरा यदि हामी यसको बिरुद्धमा जनआन्दोलन गर्यौं, जनतालाई सडकमा आउन आह्वान गर्यौं र त्यसले स्थिती अराजक बन्यो भने फेरि अर्को विषम परिस्थिती आउनसक्ने सम्भावना देखिन्छ । त्यसले गर्दा संघियता, गणतन्त्र र लोकतन्त्र सबै खतरामा पर्नसक्ने स्थिती हुनसक्छ । त्यसकारण यस सवालमा गम्भिरताका साथ परिपक्व रुपमा हामीले अगाडी बढनु पर्दछ ।

मलाई के लाग्छ भने अहिले यो सर्वोच्च अदालतमा विचाराधिन छ र अदालतले न्यायको निरुपन गर्ने, अदालतले संविधानको ब्याख्या गर्ने तथा अदालत स्वतन्त्र र तटस्थ छ भन्ने कुरा समेत सावित गर्न पनि अदालतलाई समेत एउटा ठुलो अवसर प्राप्त भएको छ । अदालतले संविधानलाई टेकेर फैसला गर्नुपर्दछ । अदालतले जे निर्णय गर्छ त्यसलाई सबै पक्षले मान्नु नै अहिलेका लागि राम्रो निकास हुन्छ ।

–भनेपछि सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको मुद्दालाई सर्वोच्चले जे निर्णय गरेपनि जसपाले त्यसलाई मान्छ ?

अदालत स्वतन्त्र र निष्पक्ष रहेन भने लोकतन्त्रको एउटा खम्बा समाप्त हुन्छ । अदालतले पनि संविधानलाई टेकेर सहि निर्णय गर्नुपर्दछ । हाम्रो मान्यता पनि केछ भने अदालतले जे निर्णय गर्छ त्यसलाई हामी सबैले मान्नुपर्छ । अदालतको तटस्थता र स्वतन्त्रतालाई हामीले सम्मान गर्नुपर्दछ ।

लोकतन्त्रका लागि यो आवश्यक कुरा हो । त्यस कारणले जनता समाजवादी पार्टी अदालतको निर्णय मान्ने पक्षमा छ । तर, अदालतले पनि संविधानलाई टेकेर अगाडी बढ्नुपर्ने नितान्त आवश्यकता छ । अदालतको निर्णय मान्नुको अर्थ अदालतको निर्णयसँग सहमति वा असहमति व्यक्त नगर्नु चाँहि होइन् । अदालतको निर्णय माथि पनि टिकाटिप्पणी हुनुपर्छ । अदालतको निर्णय हुनुभन्दा पहिले जनता के चाहन्छन् त्यो पनि प्रष्ट रुपमा आउनु राम्रो कुरा हुन्छ त्यसले अदालतलाई सहयोग नै पुर्याउँछ ।

–नेपालप्रतिको चिनको चासो र भारतको चिन्तालाई कुन रुपमा हेर्नुहुन्छ ?

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको खेलको एउटा मैदान हो । देशलाई यसबाट बचाउनुपर्छ । यसको जिम्मेवारी राजनीतिक दलका नेताहरुका साथै सरकारले पनि गम्भीर रुपमा लिनुपर्छ । अहिले नेकपाको सरकारले देशलाई एकातिर ढल्काउन खोजिरहेको छ । भारतसँग सम्बन्ध हदैसम्म बिगार्यो ।

जुन कुराहरु आपसी कुराकानीको आधारमा वार्ताबाट समाधान गर्न सकिन्थ्यो त्यसलाई नेपाल सरकारले ठुलै मुद्या बनाएर अगाडी ल्यायो । त्यसकारण भारतसँगको नेपालको सम्बन्ध अहिलेसम्मकै सबभन्दा खराव स्थितीमा पुगेको छ । नेपालको भू–राजनीतिक परिस्थितीमा भारतसँग विशिष्ट सम्बन्ध छ ।

जसलाई हामी अलग गर्न सक्दैनौं र त्यस वास्तविकतालाई स्विकार गरेर नै भारतसँग विशिष्ट सम्बन्ध राखेर नेपाल अगाडी बढनुपर्ने हो । तर, नेकपाको अत्यधिक बहुमतको सरकार बनेपछि यसमा अवरोध खडा गरियो र यसलाई भारतको बिरुद्धमा ढल्काउने प्रयास गरिएपछि अहिले यो अवस्था आएको छ । नेपालको चिन, भारत र अन्य देशसँगको वर्तमान सम्बन्ध एकदमै बिग्रेको छ ।

वन बेल्ट वन रोडको समिकरण र एमसिसि सम्झौतालगायतका कुराहरुलाई मध्यनजर गर्दै नेपालका लागि हितकारी हुने विदेश नीतिलाई सरकारले अगाडी बढाउनुपर्नेमा त्यस्तो केहि देखिएन । फलस्वरुप नेपालका लागि अहिले त्यसको परिणाम देखापरिरहेको छ । सरकारको सानो गल्तीले देशलाई ठुलो नराम्रो परिणाम भोग्नुपर्यो ।

–देशभित्र अहिले राजावादीहरुको गतिविधिलाई कुन रुपमा मुल्याङ्कन गर्नुहुन्छ ?

देशमा अराजक स्थिती आएपछि जुन उपलब्धि हामीले प्राप्त गरेका छौं त्यसलाई संस्थापन गर्नुपर्नेमा त्यसमा नै विडम्बना खडा गरिएपछि प्रतिक्रियावादी शक्तिहरुले त्यसबाट लाभ उठाउने कोशिष पक्कै पनि गर्छन् । नेपालको अहिलेको वर्तमान अवस्थाको जिम्मेवार मध्येका एक राजतन्त्र पनि हो ।

२००७ सालको परिवर्तन पछि राजतन्त्रको भूमिका बेला बेलामा तानाशाही खडा गर्ने तथा एकलौटी शाषण व्यवस्था लागु गर्ने स्थिती सिर्जना गरिएकै हो । २०४६ सालको आन्दोलन पछि लोकतन्त्र स्थापना भईसक्दा समेत राजाले प्रतिगमन गर्ने प्रयास गर्यो । यी सबै कारणहरुले गर्दा पनि नेपालको स्थिती खराब भएको हो । राजावादीहरुले गर्दा नै नेपाल अगाडी बढ्न सकेन । तर, नेपाल अब गणतन्त्रमा गईसक्यो राजतन्त्र आउने सम्भावनाको कुरा पनि नगर्नुस ।

–आगामी निर्वाचनमा जसपा पनि दुई खेमामा विभाजित हुन्छ, भन्छन् त धेरैले ?

त्यस्तो स्थिती त अहिले छैन् । कहिलेकाहिं विचारमा मतभिन्नता हुनसक्छ तर, जसपा एकताबद्ध नै रहन्छ भन्ने कुरामा म विश्वस्त छु ।

–अन्त्यमा थप केहि भन्नुहुन्छ ?

बडो जटिल परिस्थिती छ । यसमा परिपक्वताका साथ जसपाका नेताहरुले पनि र नेपाली काँग्रेसका नेताहरुले पनि आपसमा छलफल गरेर लोकतन्त्र, संघियता र गणतन्त्रलाई मजबुत बनाउन हामी एउटै रणनितीमा अगाडी बढ्नुपर्दछ । नेपालमा बामपन्थीहरुलाई समर्थन गर्दा देश जटिल परिस्थितीमा पुग्यो भन्ने कुरालाई आम नागरिकले पनि महशुस गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#विचार#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
आमा राष्ट्रपतिलाई तथानाम भन्ने रामकुमारी झाँक्रीलाई मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीको भावुक पत्र

आमा राष्ट्रपतिलाई तथानाम भन्ने रामकुमारी झाँक्रीलाई मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीको भावुक पत्र

प्रचण्ड अप्ठेरोमा, उनी विरुद्ध अदालतमा पर्यो यस्तो मुद्दा

प्रचण्ड अप्ठेरोमा, उनी विरुद्ध अदालतमा पर्यो यस्तो मुद्दा

वडाध्यक्ष मियाँ विरुद्ध जिप्रका र वीरगंज महानगरपालिकामा ज्ञापन

वडाध्यक्ष मियाँ विरुद्ध जिप्रका र वीरगंज महानगरपालिकामा ज्ञापन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .