No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वीरगञ्जमा रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालक प्रदर्शनमा

वीरगञ्जमा रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालक प्रदर्शनमा

वीरगञ्ज । वीरगञ्जमा अटो तथा ई-रिक्सा चालकहरुले एक घण्टा विरोध प्रदर्शन गरेका छन् । अटो रिक्सा व्यवसायी संघका अध्यक्ष अफजल अन्सारीको नेतृत्वमा वीरगञ्ज महानगर कार्यालय अगाडि शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेको हो ।

महानगरले ई-रिक्सा दर्ता, रुट परमिटको लागि महँगो शुल्क लिन थालेको भन्दै चालकहरुले विरोध गरेका हुन् ।

यातायात व्यवस्था कार्यालय सवारी शाखामा सवारी दर्ता गरी सञ्चालन गर्दै आएको तर महानगरमा पुनः दर्ता गरी रुट परमिट निर्धारन हुने सूचना प्रकाशित भएपछि दर्ता बिना सञ्चालनमा रहेका ई-रिक्सा चालकहरुलाई समस्या भएको चालकहररुले गुनासो गरेका छन् ।

पर्सामा करिब १५ सय ई-रिक्सा र पेट्रोलबाट चल्ने अटो-रिक्सा सञ्चालनमा रहेपनि वीरगञ्जम महानगरमा मात्र करिब ४ सय मात्र दर्ता गरी सञ्चालनमा छन् । २०७२ सालको नाकाबन्दीपछि वीरगञ्जमा अचानक ई-रिक्साको प्रयोग बढेको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्साले ई-रिक्साको सञ्चालनले वीरगञ्ज शहरको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि वीरगञ्ज महानगरलाई ई-रिक्सा सञ्चालनको लागि अनुमतिसहितको सिफारिस नगर्न निर्देशन दिँदै नयाँ ई-रिक्सा दर्तामा रोक लगाएको थियो ।

प्रशासनले यातायात व्यवस्था कार्यालयलाई नयाँ दर्तामा वीरगञ्ज महानगरमा रुट परमिट नदिन रोक समेत लगाए तपानि अहिले पनि नयाँ दर्ता जारी रहेको छ । वीरगञ्ज महानगरले पनि दर्ता प्रकृया अगाडि बढाउँदै ३२ वटा वडाभित्र १० वटा रुट निर्धारण गरी दर्ता प्रकृया अगाडि बढाएको छ । गत २०७६ सालमा महानगरमा ३४७ वटा ई-रिक्सा दर्ता भई सञ्चालनमा रहेका छन् ।

अधिकांश ई-रिक्सा चालकले वीरगञ्ज महानगरको शहरी क्षेत्रमै सवारी साधन चलाउन खोज्दा विवाद भइरहेको वीरगञ्ज महानगर कार्यपालिका समिति सदस्य अरबिन्द गुप्ता बताउँछन् ।

वीरगञ्जमा ई-रिक्सा सञ्चालनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको र त्यसलाई व्यवस्थित बनाउनु जरुरी रहेको बताए । उनले महानगरले दर्ताको लागि फेरि सूचना प्रकाशत गरेकोमा ५० जनाले निवेदन दिएको र सवारी साधनको क्षमता अनुसार ४ हजारदेखि ९ हजार शुल्क तिरेर दर्ता तथा रुट परमिट दिने तयारी रहेको बताए ।

यातायात व्यवस्था कार्यालय सवारी वीरगञ्जका प्रमुख कुशेश्वर साहका अनुसार अटो रिक्साको दर्ता शुल्क ५ सय रुपैयाँ, वार्षिक कर र आयकर क्रमशः ५ हजार, २ हजार जोडेर ७ हजार र वीरगञ्ज महानगरमा रुट परमिटका लागि ई-रिक्सालाई थप ५ सय लाग्छ भने अटो रिक्सालाई एक जिल्ला भरी ५ सय र दुई जिल्ला भरीमा १००० हजार रुट परमिट शुल्क लाग्ने नियम रहेको बताए ।

माघ २० गते अगाडि दर्ता नगराएका ई-रिक्सा र अटो-रिक्सा दर्ता नगरे नियन्त्रणमा लिने जिल्ला ट्राफिक कार्यालय पर्साले चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
चीनको अघोषित नाकावन्दी विरुद्ध रसुवामा प्रर्दशन

चीनको अघोषित नाकावन्दी विरुद्ध रसुवामा प्रर्दशन

दुई पुरुषले आपसमा यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमै कोर्रा सजाय

दुई पुरुषले आपसमा यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमै कोर्रा सजाय

प्रदेश २ : ९ वर्षीय बालकलाई करणी गरी हत्या गरी फरार भएका महतो पक्राउ

प्रदेश २ : ९ वर्षीय बालकलाई करणी गरी हत्या गरी फरार भएका महतो पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .