No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सवारी लाइसेन्सको सास्ती : एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक

सवारी लाइसेन्सको सास्ती : एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक

काठमाडौं । नक्सालकी सुमित्रा श्रेष्ठले केही दिनअघि चाबहिलको लाइसेन्स कार्यालयबाट दुई पांग्रे सवारीको लाइसेन्स लिन परीक्षाको अनलाइन फारम भरिन् । उनलाई अनलाइन प्रणालीले ‘मार्च’को अन्तिम साताको लागि मात्रै कार्यालयमा उपस्थित भएर परीक्षाका लागि ‘इन्रोलमेन्ट’ गर्ने मिति तोकिदियो ।

तुरुन्तै लाइसेन्स निकाल्ने सोचमा रहेकी सुमित्रालाई ‘त्यति बेलासम्म बल्ल–तल्ल सिकेको स्कुटी चलाउन फेरि बिर्सन्छु कि,’ भन्ने पीर छ । लाइसेन्स नभई स्कुटी चलाउन पनि जोखिम हुने भएकाले मार्चसम्म कसरी अपडेट रहने भन्नेमा उनी चिन्तित छिन् ।

यातायात व्यवस्था विभागका अधिकारीहरुको कुरा मान्ने हो भने मार्चभित्रै परीक्षा दिन पाउने सुमित्रा समेत अब भाग्यमानी सावित हुनेछिन् । किनकी अहिले नै विभिन्न लाइसेन्स कार्यालयबाट परीक्षा दिन चाहनेले ‘मे’ महिनासम्मको मिति पाइसकेका छन् ।

जति पनि फारम स्वीकार्ने व्यवस्था गरेको एक हप्ता नबित्दै धेरैजसो कार्यालयमा करिब ४ देखि ५ महिनाका लागि परीक्षार्थी तय भइसकेका छन्

अहिलेकै गतिमा लाइसेन्सको अनलाइन फारम भर्नेहरु बढ्दै गए भने तत्कालै फारम भर्दा परीक्षाकै लागि करिब ६ महिनाभन्दा बढी कुर्नुपर्ने दिन टाढा नभएको उनीहरुको भनाइ छ । लाइसेन्स लिन मात्रै हैन, त्यसको प्रक्रिया पूरा गर्न पनि अब नागरिकले लामो समय प्रतिक्षा गर्नुपर्ने देखाएको छ ।

पाँच महिनासम्म ‘बुक’

९ महिना बन्द भएको नयाँ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) को वितरण र वर्ग थपको प्रक्रिया गत पुस १४ गतेबाट खुलेको थियो । सुरुमा दैनिक रुपमा कार्यालयको क्षमता अनुसार कोटा तोकेर अनलाइन प्रणालीमा फारम भर्ने व्यवस्था गरिएको थियो ।

तर, एकैपटक ठूलो संख्यामा लाइसेन्स लिन चाहनेहरु अनलाइन फारम भर्न बसेपछि प्रणालीले नै थेगेन ।

गत शुक्रबारबाट दैनिक रुपमा अनलाइन फारम भर्नुपर्ने व्यवस्था हटाएर भरिएका सबै फारम प्रणालीले राख्ने र सेवाग्राहीले छानेको कार्यालयको दैनिक क्षमता अनुसार प्रणालीले नै स्वतः दैनिक कोटा हिसाब गरेर परीक्षार्थी लाइसेन्स कार्यालयमा पुग्नुपर्ने दिन तय गरेर जानकारी व्यवस्था गरिएको छ ।

तर, जति पनि फारम स्वीकार्ने व्यवस्था गरेको एक हप्ता नबित्दै धेरैजसो कार्यालयमा करिब ४ देखि ५ महिनाका लागि परीक्षार्थी तय भइसकेका छन् । अर्थात् एक हप्तामै हजारौं व्यक्तिले परीक्षाको फारम भरेपछि लाइसेन्स कार्यालयहरुले आगामी ४ देखि ५ महिनाका लागि को–को परीक्षार्थी हुनेछन् भन्ने जानकारी पाइसके ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसाल अनलाइन प्रणालीले जति पनि फारम स्वीकार्ने र परीक्षार्थी कार्यालयमा प्रक्रिया पूरा गर्न जाने मिति तोक्ने काम प्रणालीबाटै भएपछि हजारौं परीक्षार्थीले फारम भरेको बताउँछन् ।

ततकालै लाइसेन्स लिन फारम भर्नेले करिब ५ महिनापछि मात्रै परीक्षा दिन पाउने उनको पनि अनुमान छ । काठमाडौंका कार्यालयहरुको तुलनामा मोफसलका कार्यालयमा कम चाप  छ । तर, मोफसलका कार्यालयहरुमा पनि करिब ४ महिनासम्मका लागि परीक्षार्थी तय भइसके ।

परीक्षा लिने क्षमता सीमित हुँदा कार्यालयहरुले दैनिक कोटा तोक्ने गरेका छन् । विभागका अनुसार हप्तामा ४ दिन मात्रै लाइसेन्सको लिखित परीक्षा हुन्छ । देशभर लाइसेन्स वितरण गर्ने १९ वटा कार्यलय छन् । तिनले दिनमा अधिकतम् ५३ सय जनालाई मात्रै परीक्षामा सहभागी गराउन सक्छन् ।

महामारीका कारण ९ महिना लाइसेन्सको वितरण रोकिँदा ७ देखि ९ लाख व्यक्ति अहिले लाइसेन्स लिने र वर्ग थप गर्ने योजनामा रहेको विभागको अनुमान छ ।

प्रवक्ता भुसाल अहिलेको अवस्थामा कुनै व्यक्तिले लाइसेन्स प्राप्त गर्ने योजना बनाएमा करिब ५ महिनासम्म परीक्षाकै लागि कुर्नुपर्ने बताउँछन् । त्यसपछि लाइसेन्स छापिएर हात पार्न अर्को ३ महिनासम्म समय लाग्नेछ ।

यसरी तत्कालै फारम भर्नेले सबै प्रक्रिया पुरा गरेर प्रिन्ट भएको लाइसेन्स प्राप्त गर्नका लागि करिब एक वर्षसम्म कुर्नुपर्ने देखिएको छ । विगतमा प्रक्रिया पुरा गरेर लाइसेन्स हात पार्न दुई वर्ष कुनुपर्ने अवस्था थियो । अहिले मास प्रिन्टर ल्याएपछि अवस्था केही सहज बनेको छ ।

महामारीमा नयाँ लाइसेन्स वितरण नभएपछि छपाइको ‘ब्याकलग’ फुकाएको विभागलाई अब लाइसेन्स परीक्षा कुरिरहेका चालकहरुको चाप घटाउन मुस्किल पर्ने देखिएको छ । लाइसेन्सको परीक्षा दिन नै महिनौं कुर्नुपर्ने अवस्था आउने भएपनि विभाग र सम्बन्धित लाइसेन्स कार्यालयसँग यसको विकल्प छैन ।

‘ट्रायल लिन कार्यालयहरुसँग सीमित, स्रोत, साधन र जशनक्ति छन्,’ प्रवक्ता भुसाल भन्छन्, ‘त्यसैले दैनिक सीमित संख्यामा मात्रै लाइसेन्सको परीक्षा लिन सक्छौं ।’

फेरि ‘ब्याकलग’को डर

विभागसँग अहिले नवीकरणका लागि पेश भएका करिब साढे दुई लाख लाइसेन्स पनि प्रिन्ट हुन बाँकी छ । विभागको मेसिन केही समय बिग्रिएपछि लाइसेन्स छपाइ प्रभावित भएको थियो । तर, विदेशबाट नै प्राविधिक आएर मेसिन मर्मत गरेका छन् ।

विभागसँग अहिले लाइसेन्स छाप्ने कार्ड एक लाख पनि छैन । त्यसैकारण विभागले नयाँ ठेक्का गरेर कार्ड आपूर्ति गर्न एक फ्रान्सेली कम्पनीसँग सम्झौता गरेको छ । सो कम्पनीले १४ लाख कार्ड विभागलाई उपलब्ध गराउनुपर्छ ।

‘बाँकी कार्डमा लाइसेन्स छाप्ने काम भइरहेको छ, अब थप कार्डहरु पनि नयाँ ठेकदारमार्फत आपूर्ति सुरु हुन्छ,’ उनी भन्छन्, ‘अबको एक वर्षको माग १४ लाख कार्डले थेग्छ भन्ने अनुमान छ ।’

विभागले लाइसेन्स छपाइका लागि अर्को नयाँ मेसिन ल्याउने प्रक्रिया अघि बढाउन खोजेको थियो । तर, अहिलेसम्म प्रक्रियामा अलमल भएको छ ।

नयाँ मेसिन नआएमा एउटा मेसिनमा समस्या देखिनासाथ छपाइ प्रभावित भएर विगतकै जस्तै लामो समयसम्म ‘ब्याकलग’ रहने जोखिम पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

Next Post
जसपाले संसद विघटनको विरोधमा वडा तहसम्म विरोध गर्ने

जसपाले संसद विघटनको विरोधमा वडा तहसम्म विरोध गर्ने

गणित विषयको विवाद सकियो, गणित र सामाजिक मध्ये एक पढ्नै पर्ने

गणित विषयको विवाद सकियो, गणित र सामाजिक मध्ये एक पढ्नै पर्ने

गगनलाई विद्यासुन्दरको पत्र-तपाईंले कमलपोखरीमा गरेका कामको विवरण पठाउनुस्

गगनलाई विद्यासुन्दरको पत्र-तपाईंले कमलपोखरीमा गरेका कामको विवरण पठाउनुस्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...