No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आन्दोलन कति कति, फेरिएन दुर्गति !


आन्दोलन कति कति, फेरिएन दुर्गति !

काठमाडौं । सवारीको जाम भइरहने भन्द्रकालीदेखि रत्नपाकसम्मको बाटो शुक्रबार मान्छेहरुले जाम थियो । खुलामञ्चलाई घेरेको सडकमा सवारी गुड्न छाडेर मान्छेहरुको जाम भयो भने बुझ्नुपर्छ – देशमा केही अनिष्ट भइरहेको छ, या हुँदैछ । वा देशमा केही फेरबदल आउनेवाला छ । इतिहासको पाना पल्टाउने हो भने देखिने चित्र यही हो ।

शुक्रबार काठमाडौंका नौ वटा चोकहरुबाट हँसिया हटौडा र सूर्यअंकित रातो झण्डा फहराउँदै हजारौँको संख्यामा निस्किएको आन्दोलन पनि ओलीको कदमकै विरोधको स्वरुप थियो । सत्ता समीकरणमा अलग्गिएर सडकमा आएका माधवकुमार नेपाल र पुष्पकमल दाहालको नेतृत्वमा निस्किएको थियो यो जुलुसमा दशौँ हजारको उपस्थिति थियो ।

जुलसमा काठमाडौंबासी भन्दा बढी उपत्यका बाहिरबाट गाडी रिजर्भ गरेर जनतालाई काठमाडौं ओरालिएको थियो । मधेसबाट एक चौथाइभन्दा बढी मानिसको उपस्थिति देखिन्थ्यो । कोही चप्पल पड्काएर आन्दोलनमा दौडिएका थिए, कोही नानीलाई पिठ्युँमा बोकेर झण्डा उचालिरहेका थिए । कोही सेताम्य फुलेका दाह्री लिएर ७० वर्षको उमेरमा पनि घिकिर-घिकिर गर्दै भनिरहेका थिए – केपी ओली मूर्दावाद ! संसद विघटन गर्न पाइँदैन …।

प्रचण्ड-माधवले घोषणा गरेको एक लाख मानिस उतार्ने योजनामा उनीहरु करिव-करिव सफल भए । यसर्थ शुक्रबारको प्रदर्शन पछिल्लो दशककै सबैभन्दा ठूलो हो ।

तर, कार्यक्रम नसकिँदै केपी ओलीले जुलुसमा उपस्थितहरुलाई निरर्थक सावित गर्दै कार्की व्याङ्क्वेटमा केही सय कार्यकतालाई सम्बोधन गरे – ‘प्रचण्ड माधवको खुट्टी देख्दै पत्याइयो । अलिकति मान्छे उतारेछन् । बास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते देखाउँछौँ ।’

अहिले देशमा अचम्म भइरहेको छ, प्रतिगमनको विपक्षमा प्रदर्शन र पक्षमा पनि प्रदर्शन । आन्दोलनकै हुर्मत लिएजस्तो । प्रदर्शनमा उत्रिएका मानिसहरुले एकपटक घोरिएर सोच्नुपर्ने बेला भएको छ – आखिर प्रदर्शनक कसको पक्षमा ? केका लागि

००० 

जुलुसपछि मानिसहरु घनश्याम भुसाल, माधवकुमार नेपाल र प्रचण्डको भाषण सुन्नका लागि रत्नपार्कको पुलदेखि भद्रकाली मन्दिरसम्म सडकमा पलेटी कसेर बसेका थिए । कोही प्रदर्शनीमार्गमा घरबाट पोको पारेर ल्याएको खजाना खाँदै थिए त कोही भृकुटीमण्डपको खुला चौर घाम ताप्दै बरालिरहेका थिए । तर, पुतलिसडकसम्मै आइरहेका माइकले चर्को आवाजले पुतलीसडकसम्मै गुञ्जायमान थियो ।

त्यही प्रदर्शनमा भेटिए तीन पात्र । जो शुक्रबार विहानै काठमाडौं झरेका थिए । काठमाडौं उनीहरुको आकास्मिक आगमन थियो । र, आकास्मिक रुपमै, त्यही बेलुकी र्फकदै थिए । प्रतिगमनविरुद्ध मुड्की बजार्न आएका उनीहरुको जीवनलाई भने अहिलेसम्मको परिवर्तनले खास छोएको छैन ।

एक हुन, माधव साह । भृकुटिमण्डपको प्राङ्गणमा बरालिएका ६५ वर्षीय माधवका हातमा हँसिया हतौडा अंकित रातो झण्डा छ । सेतो कुर्ता पहिरिएका उनको हिटलर कट जुंगा र मफलरले छेकिनबाट बचेको कपाल पाकेर सेतै भएका छन् । चुँडिएको चप्पललाई धागोले गाँसेर लगाएका छन् । माघको यो ठिहिराउँदो चिसोमा लगाउने उनीसँग जुत्ता छैन । यही चप्पल पड्काउँदै उनी तीनकुनेबाट भृकुटीमण्डपसम्म आइपुगे ।

उनको चप्पलको छेकोबाट देखिने नांगो खुट्टाले उनको परिश्रम छरपस्ट पार्छ । उनका पैतला पट्पटी चिरिएका छन् । हिउँदमा सुख्खा हुँदै गरेको पोखरीजस्तो । किनकि, उनी कृषक हुन् ।

पृष्ठभूमिमा घनश्याम भुसाल जंगिँदै थिए, ‘केपी ओली अब तपाईंसँग साइबर सेना भनिने साइबर स्यालहरु छन् र सेटिङका प्रपञ्चमात्र बाँकी छन् । स्यालहरुले राज गर्ने दन्त्य कथामा मात्र हो ।’

सर्लाहीको चक्रधाराबाट आएका साहलाई हामीले सोध्यौं ‘आन्दोलनमा आएर के बुझ्नुभयो ?’

उनले मैथलीमा जवाफ दिए, ‘के बुझ्नु, नेपाली भाषा नै जान्दिनँ ।’

‘अहिलेका प्रधानमन्त्रीले के त्यस्तो गरे र आन्दोलनमा आउनुभयो ?’

साहले प्रधानमन्त्रीको पूरा नाम जान्दैनन् । जान्दछन् त मात्र ओली ।

‘ओलीले चुनाव गराउँछु भनेका छन् । अहिले चुनाव गरेर पैसा खर्च नगर, बरु हामीले मल देऊ, उखुको पैसा देऊ, महंगी घटाइदेऊ ।’

उनको १९ जनाको परिवार दिनहुँ खेतमा महेनत गर्छ । धान रोप्छ, लखनदेही खोलाको बाढीले खाइदिन्छ । र, तीनपटकसम्म रोप्नुपर्छ । उखु रोप्छन् । तीन वर्षदेखि उखु मिलले पैसा दिएको छैन । भन्छन्, ‘जसोतसो गरेर जीवन धानेका छौँ ।’
उनकै छेउमा उभिएका गगनदेव रायले भने, ‘मेरो पनि ३ लाख रुपैयाँ उखुको पैसा आउन बाँकी छ ।’

गगनदेवलाई आफ्नो उब्जनीले खाना पुग्दैन त्यसैले, साहुबाट पाँच लाख भन्दा बढी ऋण लिएका छन् । तर, कसरी त्यो ऋण तिर्ने, उनलाई थाहा छैन । त्यही ऋणको पीरले उनका आँखाका डिल गहिरिएका छन् ।

यतिबेला आन्दोलन त माधव र गगनदेवहरुको मुद्दामा हुनुपर्ने हो । तर, ओलीको कदमविरुद्ध गाउँको नेताले भनेपछि उनीहरु काठमाडौं आउनुपर्‍यो । गगनदेवले भने, ‘रामेश्वर रायले खानाको व्यवस्था गरेको छ, खाएर साँझ घर र्फकन्छौँ ।’

स्थानीय नेता अवदेश ठाकुरका अनुसार उनको वार्डबाट मात्र ६० जनाभन्दाबढी आन्दोलनमा आएका थिए ।

०००

घडीले दिनको चार बजाइसकेको थियो । घाम डाँडापारि गैसकेको थियो । माधवकुमार नेपालले आफ्नो भाषण टुंग्याइसकेका थिए । प्रचण्डले भन्दै थिए, ‘केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं ।’

प्रचण्डले भाषण टुंग्याउँदै गर्दा प्रदर्शनी मार्गको विश्व भाषा क्याम्पस अगाडि सडकपेटीमा लहरै मधेसी महिलाहरु बसेका भेटिए । कसैले प्लास्टिकमा पोको पारेर ल्याएको चिउरा खाँदै थिए त कतिले एक सुरमा सडकका मानिसको चहलपहल हेर्दै थिए । उनीहरुको अनुहारले बोलेझैं लाग्थ्यो – हामी साह्रै थकित छौँ ।

त्यही लस्करमा थिइन्, भोली पासवान । औरही गाउँपालिका – ५ की वडा सदस्य । बाँच्नका लागि कठिन संघर्ष गरिरहेकी भोलीलाई अहिलेको व्यवस्थाले हुत्याएर वडा सदस्य बनाइदियो । त्यसैले हुनपर्छ, कि उनलाई शुक्रबारको जुलुसका लागि अनिवार्य उपस्थितिको वाध्यता छ ।

भोली आन्दोलनको आकार बढाउने एउटा मोहोरा मात्र हुन् । न उनलाई शासन थाहा छ, न सरकारको कदम, न चलिरहेको औचित्य । बस्, उनी जुलुसमा आइन् । पहिलोपटक काठमाडौं हेर्ने अवसर पाइन् ।

पातलो गुलावी सारी । टाउकोमा घुम्टो । कलेटी परेको अनुहार । अनि नांगा खुट्टा । झट्ट हेर्दा देखिने भोलीको आवरण हो यो । तर, उनको जीवनको आवरणभित्र प्रवेश गर्ने हो भने दुःखको भवसागर छ त्यहाँ । अहिलेसम्मका कुनै आन्दोलन वा परिवर्तनले उनको दुःखको सागरबाट एक अम्खोरा पानीसम्म उघाएर हाल्न सकेको छैन ।

भोलीको १८ जनाको परिवार १० धुरमा अडेको घरमा कोच्चिनुपरेको छ । घर अडिएको जमिनबाहेक उनको एकमुठी माटो छैन । न उनीहरुका साथमा पैसा नै छ । उनका फुटेका हातले पैसा छुने भनेको बृद्धाभत्ता आएपछि हो । साहुको एक विघा जमिनमा गरेको बटैया खेतीले उनीहरुको परिवार बचेको छ ।

वडा सदस्य भएपछि त तपाईको जीवनमा परिवर्तन आयो होला नि ? उनले पनि नेपाली बुझिनन् । मैथलीमै जवाफ दिइन्, ‘कसैले केही दिँदैन ।’

उनी वडा सदस्य हुँदा र नहुँदामा उनको जीवनमा कुनै बदलाव आएको छैन । सायद उनको वडा सदस्य पनि अहिलेको आन्दोलनमै सहभागी भएजस्तै हो । फगत, कोरम पुर्‍याउन ।

उता सञ्चालक पम्फा भुसालले सभा विसर्जनको उद्घोष गरिन् । फराकिलो सोफामा बसेका नेता गणहरु उठेर बाटो लागे । प्रदर्शनीमार्गमा र्फकनेहरुको चहल-पहल बढ्यो । भोली पासवान पनि जुरुक्क उठिन् र उनलाई ल्याइपुर्‍याएको सवारी साधनको पछिपछि कुदिन् ।

हामी उनलाई पछ्याउँदै गर्दा पुतलिसडकसम्म पुग्यौँ । उनलाई एकरत्ति बोल्न रुची छैन । र, फुर्सद पनि छैन । उमेर ६० कटेपछि उनी थप कमजोर भएकी छिन् सायद । उनका दौंतरीले छोडेर अगाडि पुगिसके । भोली भिजेका रित्ता खुट्टा जवरजस्ती फट्कारिरहेकी थिइन् । झिँझिदै भनिन्, ‘कसैले केही दिँदैन । सबैले खानेमात्र हुन् । हामलाई लुट्ने मात्र हुन् ।’

उनका पाइला रोकिएका थिएनन् । बसपार्क पुग्नु छ र गाडी समाएर उही दैनिकीमा फर्किनु छ ।

कहिले आउँला भोलीहरुको जीवन परिवर्तन गर्ने आन्दोलन ? कहिले बन्ला उनको आवाज सुनिने सत्ता ? कहिले सुन्लान् सत्तालिप्सामा सिंगौरी खेल्नेहरुले भोलीको सीमान्त आवाज ?

आन्दोलनमा सहभागी भोली, गगनदेव र माधव यो देशका अथक आन्दोलनकारी हुन् ।

कुना कन्दरामा दबेर बसेका अन्यायी र अत्याचारी सत्ताविरुद्धको स्वर जब खुलामञ्च आसपासमा एकत्रित हुन्छ । तब त्यो शक्तिमा बदलिन्छ र परिवर्तनको शंखघोष गर्छ । त्यही सडकको शक्तिले नै राणा शासनलाई हुत्याएर देशमा प्रजातन्त्र ल्यायो, निर्दलीय शासनलाई घुँडा टेकाएर बहुलीय व्यवस्थाको पुनर्वहाली गर्‍यो । राजतन्त्रको आयु सिध्याएर युद्धले ग्रस्त देशलाई संघीय गणतन्त्रको दिशामा अगाडि बढायो ।

के देशको कोर्ष फेरि पछाडि फर्कन सम्भव छ ? के केपी ओलीले ५ पुसमा गरेको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा संविधानसम्मत छ ? जनताको पक्षमा छ ? यसको निष्कर्ष सुन्न सर्वोच्च अदालततर्फ कान ठाडा पारिरहेका छन् आतुर जनता ।

आफू प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुन चढेको भर्‍याङ नै ठुन्क्याएर केपी ओली प्रतिगमनतर्फ लागेको भन्दै नागरिक समाज र जनताको ठूलो तप्का फेरि उही ०६२/६३ सालकै बाटोमा उभिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
कसरी हुन्छ युरिक एसिड ?

कसरी हुन्छ युरिक एसिड ?

महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

के हो बाइसेक्सुअल ?

के हो बाइसेक्सुअल ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

जेन-जी सहिद सम्झनामा नयाँ बानेश्वरमा दीप प्रज्वलन

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...