जनकपुरधाम । महोत्तरीको औरही नगरपालिकामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ४ कठुवारमा सोमबार बिहान ना ८ ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १९ वर्षीय प्रमोद राम र पछाडि सवार १३ वर्षीय बालक गुड्डु नदाफको मृत्यु भएको महोत्तरी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।