एजेन्सी। चीनले विवादित क्षेत्रमा भुमी मिचेर गाउँ नै बसेलेको खुलासा भएको छ । चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा भारतीय भूमि मिचेर सारी चु नदीको किनारमा चीनले गाउँ बसालेको हो ।
विभिन्न भारतीय सञ्चार माध्यममा जनाइए अनुसार चीनले उक्त गाउँमा १०१ वटा घरहरू निमार्ण गरेको छ। चीनसँगको भारतको सिमानाको करिव ४ दशमलब ५ किलोमिटरभित्र नै उक्त गाउँ अवस्थित रहेको दाबी गरिएको छ ।
यो भू–भाग भारतको सुबनसिरी जिल्लामा पर्छ । यस क्षेत्रमा चीन र भारतबीच सिमानालाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ ।
लद्दाखदेखि एक हजार किलोमिटर पश्चिममा पर्ने यस भूभागमा २०२० को अगस्टसम्म कुनै घर देखिएका थिएनन् ।
