• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत परियोजना निर्माण अलपत्र


भारतीय मिडियासँग ओलीले भने– प्रचण्डका गतिविधि अप्रजातान्त्रिक छन्

राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत परियोजना निर्माण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता पनि आश्वासनमै सिमित हुने प्रदेशबासीले आशंका गरेका छन।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस २४ गते धनगढीमा आयोजना गरिएको नेकपाको जनसभालाई सम्बोधन गर्दै वषौँदेखि अलपत्र पश्चिम सेती जलविद्युत परियोजनामा लगानी जुटाएर छिट्टै अगाडी बढाउने प्रतिबद्धता दोहोर्याएपछि प्रदेशबासीले भने त्यसलाई पत्याएका छैनन्।

सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने नेताहरूले वषौँदेखि चुनावी मुद्दा बनाउँदै आएको पश्चिम सेतीलार्ई प्रधानमन्त्रीले समेत आफ्नै लगानी वा विदेशी लगानी जुटाएर निर्माण गरिने बताएका थिए। तर त्यो प्रतिबद्धता अनुसार कुनै प्रक्रिया अगाडी नबढेपछि आश्वासनमै सिमित हुने आशंका गरिएको हो।

करिब ४ दशकदेखि चर्चामै सिमित पश्चिम सेती प्रभावित क्षेत्रका विकास निर्माणका काम पनि ठप्प रहेका छन्। तर सरकारले भने लगानी जुटाउन कुनै प्रक्रिया समेत थाल्न सकेको नसकेको हो।

नेताहरूले पश्चिम सेती परियोजनालाई सत्तामा पुग्ने भऱ्याङ बनाउँदै गएकाले त्यसैको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीको पछिल्लो भनाई आएको बुझाई प्रभावित क्षेत्र, डोटीको आदर्श गाउँपालिका ५ का स्थानीय डम्बर सिंहको छ। उनले अब पश्चिम सेती बन्ने आशासमेत मरिसकेको बताए।

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको राष्ट्रिय गौरवको पश्चिम सेती परियोजना निर्माणका लागि अभियान नै सञ्चालन गरेर दबाबमुलक कार्यक्रम आयोजना गर्दै आएको बोलन्या थलीले स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने माग राख्दै आएको छ।

तर विगतदेखि चुनावी एजेण्डा बन्ने गरेको पश्चिम सेती नीतिगत र प्राविधिक रुपमा पहल नगरिँदा ओझलमा परेको आम बुझाई छ। बोलन्या थलीका संयोजक यादव जोशीले लगानी बोर्डले पश्चिम सेती परियोजनालाई प्राथमिकतामा नराख्दा कुनै प्रक्रिया अगाडि बढ्न नसकेको बताए।

उनले सरकारले अब स्वदेशी लगानीमै परियोजना निर्माण गर्नुपर्ने मागसहित विभिन्न दबाबमुलक कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाए। परियोजनाको काम सुरु नहुँदासम्म बोलन्या थलीको संघर्ष जारी रहने उनी बताउँछन्।

अहिले लागनी बोर्डको कार्यकारी निर्देशक रहेका सुशिल भट्ट सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने भएकाले धेरैले उनको कार्यकालमा परियोजना अगाडी बढ्छ कि भन्ने आशा गरेका छन्। तर भट्टसँग पश्चिम सेती परियोजनाबारे प्रतिक्रिया माग्न खोज्दा उनी सम्पर्कमै आएनन्।

७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत परियोजना एक खर्ब ६० अर्ब रूपैयाँको लगानीमा निर्माण हुने मेगा प्रोजेक्ट हो। सुदूरपश्चिम क्षेत्रको विकासको ढोका खोल्ने परियोजनाका रूपमा हेरिएको पश्चिम सेतीबाट उत्पादित बिजुली भारतलाई बेच्ने योजना बनाइएको छ।

परियोजनाबाट उत्पादित बिजुली भारतले खरिद गर्ने सुनिश्चित हुनुपर्ने र सो क्षेत्रका प्रभावित स्थानीयलाई उचित मुआब्जा दिनुपर्ने माग पनि वषौँदेखि गरिएको छ।

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्टारसमेत रहेका प्राध्यापक डा. हेमराज पन्त अब विदेशी लगानीका अतिरिक्त प्रदेश सरकार, संघीय सरकारको समेत संयुक्त लगानीमा परियोजनाको निर्माण थाल्नुपर्ने बताउँछन्।

पश्चिम सेती परियोजनाबाट अष्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन कर्पोरेसन स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेज गरि चार कम्पनीले हात हाल्दै लगानी अयोग्य भन्दै छाडेपछि लगानी जुटाउन कुनै प्रक्रिया थालिएको छैन। दिनेशखबर
सरेन जैरू, धनगढीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पश्चिम सेती र एसआर ६ आयोजना भारतीय कम्पनीले पायो
  • २०७७ माघ ७, बुधबार १८:३३
  • In "BannerNews"
  • पश्चिम सेतीमा विदेशी लगानी भित्र्याउने तेस्रो प्रयास पनि असफल
  • २०७७ माघ ७, बुधबार १८:३३
  • In "देश"
  • पश्चिमसेती नेपालको ऊर्जा विकासमा कोशेढुंगा सावित हुने थप सामग्री
  • २०७७ माघ ७, बुधबार १८:३३
  • In "राजनीति"
Tags: #अपराध#आर्थिक#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अमेरिकामा बाइडन : नेपाल नीतिमा के परिवर्तन आउला ?

नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै

सर्लाहीमा बस दुर्घटना : दुई जनाको मृत्यु, १७ घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version