No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो नयाँ भेरियन्ट

नेपालमा सोमबार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बेलायतबाट आएका ५ जनामा १३ पुसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो ।

यो नेपालका लागि खतराको संकेत थियो । किनकी बेलायतमा कोरोनाको नयाँ भेरियन्ट (बी.१.१.७) पुष्टि भएर लकडाउन थियो । अन्य युरोपियन देशहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराएका थिए ।

कोरोनाको नयाँ भेरियन्ट भेटिँदा बेलायतले जसरी गम्भीरताका साथ दिएर काम गर्‍यो, नेपालले ठीक उल्टो काम गरेर आफ्नो लापरबाही फेरि दोहोर्‍यायो । संक्रमण पुष्टि भएकाहरुमा देखिएको भाइरस नयाँ भेरियन्ट हो कि होइन भन्ने पत्ता लगाउन तत्कालै आनुवांशिक अध्ययन (जिन सिक्विनिङ) गरेन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) तत्कालीन निर्देशक डाक्टर वासुदेव पाण्डेको तर्क थियो, ‘नेपालको पीसीआर किटले नयाँ भेरियन्टको कोरोना देखाउन्न । त्यसैले नयाँ भेरियन्टको भनेर अत्तालिनु पर्दैन ।’

बेलायतबाट आएका थप एक जनामा संक्रमण देखिएपछि बल्ल २७ पुसमा ६ जनाको नमुना बेलायत पठाइयो । त्यसमध्ये तीन जना २८ वर्षीया महिला, ३२ वर्षीय पुरुष र ६७ वर्षीय पुरुषमा यूके भेरियन्ट (बी.१.१.७) पुष्टि भएको छ ।

अनौठो त के भने सोमबार हङकङको ल्याबले नयाँ भेरियन्ट पुष्टि हुँदा २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष पीसीआर रिपोर्ट नेगेटिभ आएर बेलायत फर्किसकेका छन् । ६७ वर्षीय पुरुषको पीसीआर पोजेटिभ नै छ, तर उनमा पनि लक्षण देखिएको छैन ।

ईडीसीडीका निर्देशक डाक्टर कृष्ण पौडेल भन्छन्, ‘पुष १३ गते ५ जनामा पोजेटिभ आएपछि गरिएको कन्ट्रयाक ट्रेसिङमा परेका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

किन भयो जिन सिक्विनिङ ढिलो ?

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जिन सिक्विनिङको जिम्मा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिएको थियो । प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाका अनुसार संक्रमण पुष्टि भएको सुरुवाती दुई दिन जिन सिक्विनिङबारे छलफलमै थित्यो । त्यसपछि द्रूत गतिमा काम भएको भन्दै उनले भनिन्, ‘हामीले भन्ने बितिकै स्वाब पठाउन सम्भव हुन्न, सुरुवातको केस भएकाले जिन सिक्विनिङ कहाँ गर्ने भनेर विश्व स्वास्थ्य संगठनसँग परामर्श गर्नुपर्छ ।’

उनका अनुसार जिन सिक्विनिङको लागि सुरुमा प्रयोगशालाले डब्ल्यूएओलाई पत्र पठायो, डब्लुएचओले हङकङस्थित ल्याबमा । ल्याबसँगै सम्बन्धित देशको पनि स्वीकृति लिनुपर्छ । यो सबै पूरा गरेपछि मात्र नेपालबाट नमुना पठाउनुपर्ने भन्दै निर्देशक झाले भनिन्, ‘अरु गिफ्ट पठाएजस्तै सबै कुरियरले बायोलोजिकल स्याम्पल लैजाँदैन, सुरक्षाको कारण सबै विमानले पनि बोक्दैनन् ।’

नेपालमा बायोलोजिकल स्याम्पल बोक्ने एक मात्र कुरियर हुनु र विमानको रुट नमिल्दा पनि केही दिन ढिलो गरेको उनले सुनाइन् । बुधबार कुरियरलाई स्वाब पठाएपनि फ्लाइटको कारण सोमबार मात्र पुग्यो,’ झाले अनलाइनखबरसँग भनिन्, ‘यावत प्रशासनिक प्रकियाका कारण स्वाब पठाउन ढिलो भएको हो ।’

नयाँ भेरियन्ट कति खतरा ?

यो भाइरस (बी.१.१.७) लाई यसअघिको कोरोना भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक भनिएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको ‘इम्प्लिकेसन्स अफ इमर्जिङ सार्स कोभिड–टू भेरियन्ट’ नामक अध्ययनमा भाइरसको संरचनामा परिवर्तन (म्युटेसन) भएसँगै छिटो फैलिन सक्ने पाइएको हो । तर हालसम्म यसले एकदम सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्नेमा प्रमाणित भइसकेको छैन ।

साथै यसअघिको कोरोना भाइरसको तुलनामा यसले पार्ने असर, हाल विकास भइरहेका भ्याक्सिनले काम गर्ने नगर्ने जस्ता विषयमा पनि अध्ययन भइरहेको छ ।

यो भाइरसको कारण मृत्युदर बढेको हालसम्म नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर बेलायतका जनस्वास्थ्यविद्हरुले भने यो भाइरसको असर बालबालिका र युवाहरुलाई बढी देखिएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती

खुल्न थाले काठमाडौंका विद्यालय : सुरक्षा मापदण्डमा आ–आफ्नै बन्दोबस्ती

‘ऐन संशोधन नहुँदा द्वन्द्व पीडितको विश्वास जित्न सकिएन’

‘ऐन संशोधन नहुँदा द्वन्द्व पीडितको विश्वास जित्न सकिएन’

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानमा हिन्दु धर्मस्थल असुरक्षित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .