No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आधा उद्योग-व्यवसायमा अझै कोभिडको असर

आधा उद्योग-व्यवसायमा अझै कोभिडको असर

काठमाडौं । राष्ट्र बैंकले गरेको एक अध्ययनमा झण्डै आधा उद्योग-व्यवसायमा अझै कोभिड-१९ असर बाँकी रहेको देखिएको छ ।

त्यसअनुसार, असारमा ४ प्रतिशत मात्र उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको छ । कोभिड प्रभावित ९.७ प्रतिशत उद्योग-व्यवसाय अझै बन्द अवस्था छन् भने ३६.९८ प्रतिशत आंशिक रुपमा चलेका छन् ।

कोभिडको बढी असर साना तथा मझौला उद्योग, पर्यटन र शिक्षा क्षेत्रमा देखिएको छ । ठुला उद्योगहरुको संचालन अवस्था भने राम्रो रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर बताउँछन् ।

उनकाअनुसार खानी तथा उत्खनन्, विद्युत, ग्यास, पानी, होटल, रेष्टुराँ, रियल स्टेट, पर्यटन सम्बद्व व्यावसाय, घरेलु, शिक्षा, साना र मझौला उद्योग तथा शिक्षा क्षेत्रमा कोभिड असर बाँकी रहेको अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदनअनुसार, खानी तथा उत्खनन् क्षेत्रको एक तिहाई उद्योग-व्यवसाय मात्र पूर्ण सञ्चालनमा छन् । ३३.३३ प्रतिशत आशिंक सञ्चालन र बाँकी ३३.३३ प्रतिशत व्यवसाय अझै बन्द छन् ।

विद्युत, ग्याँस तथा पानी क्षेत्रका ३३ प्रतिशत भन्दा धेरै उद्योग बन्द छन् । कोभिडबाट धेरै प्रभावित अर्को क्षेत्र शिक्षा रहेको अध्ययनको निश्कर्ष छ । असारमा ९५ प्रतिशत असर देखिएको यो क्षेत्र मंसिरमा पनि २९.५५ प्रतिशत बन्द अवस्थामा छ ।

कुल ११.३६ प्रतिशत व्यवसाय पूर्ण सञ्चालनमा आउँदा शिक्षाका ५९.०९ प्रतिशत क्षेत्र आंशिक सञ्चालको अवस्थामा छन् । यस्तै रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापतर्फ २५ प्रतिशत व्यवसाय अझै बन्द खुलेका छैनन् । त्यस्तै, २३. ७६ प्रतिशत होटल तथा रेष्टुराँ खुल्न सकेका छैनन् ।

कोभिड असर पार गरेका उद्योग-व्यवसाय

केही उद्योग तथा व्यवसायले कोभिडको असर तुलनात्मक रुपमा छिट्टै पार गरेको देखिएको छ । औद्योगिक वर्गिकरणअनुसार बिद्युत, ग्याँस, पानी क्षेत्रका ६६.६७ प्रतिशत उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा आएका छन् । कृषि, वन तथा मत्स्यपालन क्षेत्रका पनि ६३.६४ प्रतिशत उद्यम पूर्ण सञ्चालनमा छन् ।

कोभिडको असर पार गर्न लागेको अर्को क्षेत्र थोक तथा खुद्रा व्यापार हो । यस क्षेत्रका ६४.९७ प्रतिशत व्यवसाय पूर्ण र ३१.६४ प्रतिशत आंशिक सञ्चालनमा आएको छ । यस क्षेत्रका ३.३९ प्रतिशत व्यावसाय मात्र अझै बन्द छ ।

५० करोडभन्दा बढी लगानीका ७५ प्रतिशत हाराहारी उद्योग-व्यावसाय पूर्ण सञ्चालनमा आएका छन् । लघु उद्यम पनि ५१.५५ प्रतिशत पूर्ण सञ्चालनमा छन् । १५ करोडदेखि ५० करोडसम्म स्थिर पुँजी भएको ४८.९८ प्रतिशत मझौला उद्योग पूर्ण सञ्चालनमा आएको छ । यस क्षेत्रको ३८.७८ प्रतिशत उद्योग-व्यवसाय आशिंक सञ्चालनमा छन् भने बाँकी १२.२४ प्रतिशत अझै बन्दको अवस्थामा छ ।

उद्योग व्यवसायीका समस्या

कोभिड पिडित उद्योग-व्यवसायलाई पहिलेको अवस्थामा फर्काउन ब्याजदर सहुलियत, कर्जा पुनरतालिकीकरण, सहुलियत कर्जा र पुर्नकर्जा सुविधा प्रदान गरिरहेको राष्ट्र बैंक बताउँछ ।

बजार माग घट्नुले भने उद्योगी-व्यवसायीलाई अझै समस्यामा पारेको राष्ट्र बैंकको अध्ययनको निचोड छ । बजार माग घटेर कारोबारमा ह्रास आएको अध्ययनले देखाएको छ ।

उद्योगहरुलाई सञ्चालन खर्च धान्न मुस्कील परेको छ । कर्जा पाउन पनि कठिनाई भएको छ । व्यवसायीहरुले बैंकबाट यथेष्ट सहयोग नपाएको अध्ययनमा उल्लेख छ ।

उद्योग व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सरकारले कोभिडप्रतिको मनौवैज्ञानिक त्रास हटाउनपर्ने नेपाल चेम्बर अफ कमर्सको धारणा छ । चेम्बरका उपध्यक्ष राजेन्द्र मल्ल कोभिड खोप भित्र्याउनुलाई कोभिडप्रतिको मनौवैज्ञानिक त्रास हटाउने रामवाण मान्छन् । यो काम सरकारको हो ।

उनी भन्छन्, ‘मौद्रीक नीतिमा घोषणा गरिएको महिला, साना र घरेलु उद्योगीहरुलाई राहात दिने नीति कार्यन्वनयन गर्नु अर्को असरदार उपाया हुनसक्छ ।’

मौद्रीक नीतिले काम गर्न थाले पनि केही क्षेत्रगत अन्तरसम्बन्धका उद्योग-व्यवसायमा समस्या कायम रहेको राष्ट्र बैंकको बुझाई छ । राष्ट्र बैंकका प्रवक्ता डा. भट्ट भन्छन्, ‘तरलता र ब्याजदरले समस्या समाधानमा सहयोग गर्नुपर्ने हो, तर अझै मानिसमा त्रासको वातावरण रहेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
नयाँ अपडेटपछि लाखौँले छाडे ह्वाट्सएप

नयाँ अपडेटपछि लाखौँले छाडे ह्वाट्सएप

कन्चनपुरमा भूमी मिचिएको समाचार ‘फेक’

कन्चनपुरमा भूमी मिचिएको समाचार 'फेक'

‘कांग्रेसको दुवै हातमा लड्डु छ, अदालतले धेरै लम्ब्याउनु हुन्न’

‘कांग्रेसको दुवै हातमा लड्डु छ, अदालतले धेरै लम्ब्याउनु हुन्न’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...